पोखरा:   पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

पोखरा:   सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को अफिसियल एयरलाइन्स पार्टनरमा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको छ ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने मिस मगर नेपालको अफिसियल एयरलाइन्समा यति एयरलाइन्स र ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स रहने भएको हो ।  निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको अफिसियल एयरलाइन्स पार्टनरको रुपमा यति एयरलाइन्सका प्रतिनिधि राम लामिछाने र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  यस्तै मिस मगर नेपालको ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालि रहने भएको छ ।  मिस मगर नेपालको अफिसियल ट्राभल पार्टनरमा लिटिल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ प्रालिका निर्देशक फरेन्द्र थापामगर र मिस मगर नेपालका अध्यक्ष एमबी आस्था मगरले सम्झौता पत्रमा हस्ताक्षर गरे ।  पोखरा–१७ स्थित होटल ग्राण्डमा भोलि (शनिबार) फिनाले हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिईन् ।  टिम संयोजक गर्बुजामगरका अनुसार निट डेन्टल केयर प्रिजेन्ट्स सातौ संस्करणको मिस मगर नेपालको फिनालेका लागि अन्तिम ११ प्रतिस्पर्धीहरुले प्रशिक्षण लिइरहेका छन् । उनका अनुसार भोलि हुने मिस मगर नेपालको सातौं संस्करणको फिनालेमा खुस्माका नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको समेत सहभागिता हुनेछ ।  असोक थापा मगरले निर्माण गरेको चलचित्र खुस्मा असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी अनुसार भोलि हुने मिस मगर नेपालको फिनालेमा उनीहरुले रुकुम मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।  एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको निर्देशक सुरज थापामगरले जानकारी दिए ।  मिस मगर नेपालका टिम संयोजक गर्बुजामगरका अनुसार अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ ।   सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् । उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् । सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङव्येज , सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ । यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ । सातौ संस्करणको मिस मगर नेपाल–२०२४ को फिनाले ग्राण्ड होटलमा भोलि शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ । 

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । महाधिवेशनबाट नयाँ नेतृत्व आउने भएकाले अध्यक्षमा उम्मेदवारी दिएका अर्जुन पोखरेल प्यानलसहित व्यवसायीको घरदैलोमा पुगिरहेका छन् ।  पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण काकी चुनावी मैदानमा छन् ।  पोखरेल प्यानलको १६ बुँदे प्रतिबद्धता पत्रमा केः छ ?  पोखरा उद्योग वाणिज्य संघको ३५ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएकाले अध्यक्षका उम्मेदवार अर्जुन पोखरेल प्यानलसहित १६ बुँदे प्रतिबद्धता पत्रसहित व्यवसायीको घरदैलोमा पुगीरहेका छन् ।  पोखरेल प्यानलले १६ बुँदे प्रतिबद्धता पत्रमा पोखरा उद्योग वाणिज्य संघको छविलाई उठाउने, आर्थिक मन्दीका समयमा समस्यामा परेका व्यवसायीको हितबमोजिम काम गर्ने, उद्योग र कृषि क्षेत्रका समस्यालाई समाधान गर्न पहलकदमी गर्ने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्न पहलकदमी गर्ने उल्लेख गरेका छन् ।   यस्तै पोखरा भित्रिने जीर्ण राजमार्गलाई छिटो निर्माण गर्न समन्वयकारी भूमिका खेल्ने, यातायात व्यवसायी र सर्वसाधारणका समस्यालाई समाधान गर्न समन्वय गर्ने, पर्यटकीय राजधानी पोखराको पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन पहलकमी गर्ने, ऋण तिर्न नसकेर कालो सूचीमा परेका व्यवसायीहरुको समस्या समाधानमा पहलकदमी गर्ने प्रतिवद्धता जनाएका छन् ।  पोखरेल प्यानलले कर र ऋणको ब्याजमा छुट दिन सरकार र बैँकलाई तोकता गर्ने, उद्यमशीलताको विकास गरी युवालाई स्वरोजगार बनाउने बाटोमा पहलकदमी गर्ने, व्यवसायी संघसंस्थासँग समन्वय गर्दै समस्याको समाधान गर्न नेतृत्वदायी भूमिका खेल्ने, तीनै तहको सरकारसँग समन्वय गर्दै व्यवसायीमैत्री नीति निर्माणमा पहलकदमी गर्ने व्यवसायी समक्ष प्रतिवद्धता जनाएका छन् ।  यस्तै घरबेटीले बहाल पाउने र व्यवसायीले तिर्न सक्ने समन्वयकारी भूमिका खेल्ने, फेवातालको मापदण्डको समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने, पार्किङको समस्या समाधान गर्न महानगरसँग समन्वय गर्ने र शिक्षा, स्वास्थ्य लगायत सेवामुलक व्यवसायीमा देखिएका समस्या समाधान गर्न अग्रणी भूमिका खेल्ने प्रतिबद्धता जनाएका हुन् ।  पोखरेल प्यानलका तीन उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्विरोध  पोखरेलको प्यानलमा रहेका उत्तममान बुद्धचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष, वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) मा निर्विरोध बनिसकेका छन् ।  यस्तै पोखरेल प्यानलमा नै रहेका कार्यसमिति सदस्यमा बन्दना केसी (कर्पोरेट सदस्य), एकनारायण गौतम (औद्योगिक सदस्य), राम कँडेल (कर्पोरेट सदस्य)मा निर्विरोध बनिसकेका छन् । निर्विरोध भएका उनीहरुलाई निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ ।  पोखरेलको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) पदमा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) पदमा बलराम आचार्य, महासचिव पदमा शोभा गौतम, कोषाध्यक्ष पदमा मनोज कुमार श्रेष्ठ, उपमहासचिव पदमा बालकृष्ण कोइराला रहेका छन् ।  यस्तै कार्यसमिति सदस्यहरुमा क्रमशः भीम गौतम, जीवन प्रकाश श्रेष्ठ, प्रेम प्रसाद सुवेदी, सौगात थापा, लेखनाथ सुवेदी, देवेन्द्र प्रजु, टिकाराम सुवेदी (माधव), ललित बहादुर कुँवर, दुधमान (आशिष) गुरुङ, यादव प्रसाद पोखरेल रहेका छन् ।    

गण्डकी:    विकासमा आयोजनामा हुने ढिलासुस्ती र लापरबाहीबारे जान्न बागलुङ बसपार्क र पोखरा बसपार्क हेरे पुग्छ । निर्माण प्रकृया सुरु भएको २३ वर्षपछि बागलुङ बसपार्कको मङ्गलबार गण्डकी प्रदेशका मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको थियो ।  सहरी पूर्वाधार र व्यावसायिक योजनाको अभावमा उक्त बसपार्क नियमित सञ्चालन हुनेमा भने अझै संशय नै छ । उद्घाटन भएको भोलिपल्ट बुधबारदेखि नै बसपार्क सुनसान बनेको स्थानीयवासीले जनाएका छन् ।  नगर विकास कोषको ऋण सहयोगमा बागलुङ नगरपालिका–४ उपल्लाचौरमा रु ११ करोड खर्चेर बसपार्क निर्माण गरिएको हो । ऋण लिएबापत बागलुङ नगरपालिकाले वार्षिक रु एक करोड २७ लाख सावाँब्याज नगर विकास कोषलाई तिर्दै आएको छ ।  जग्गा व्यवस्थापन विसं २०५७ मा भएपनि बसपार्क निर्माण विसं २०७८ मा भएको थियो । विसं २०६१ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रेमनारायण शर्माले शिलान्यास गरेको उक्त बसपार्क निर्माणले गति नलिएपछि पुनः विसं २०७५ फागुनमा तत्कालीन सहरी विकासमन्त्री मोहम्मत इस्तियाक राईले बसपार्कको शिलान्यास गर्नुभएको थियो । स्थानीयवासीले बसपार्क बनाउन ५९ रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएका थिए । जसमध्ये १७ रोपनीमा बसपार्क निर्माण भएको छ भने बाँकी जग्गामा धनीलाई नै फिर्ता गराइनेछ ।  नगर विकास कोषको ऋण लगानीसँगै दुई दशकदेखिको बसपार्क बनाउने बागलुङ नगरपालिकाको योजनाले सार्थकता पाएपनि बसपार्क सञ्चालनमा आउन भने सकेको थिएन ।  बसपार्क जोड्ने पहुँच मार्ग निर्माणलगायत कतिपय पूर्वाधार निर्माण समयमा नहुँदा बसपार्क सञ्चालनमा ढिलाइ हुँदै आएको थियो । बसपार्क निर्माणमा आर्थिक अनियमितता गरेको भन्दै तत्कालीन जनप्रतिनिधिसहित कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि बसपार्क सञ्चालन थप अन्यौलमा परेको थियो ।  निर्माण पूरा भएको तीन वर्षसम्म पनि बसपार्क सञ्चालनमा नआउँदा जनस्तरबाट नगरपालिकाको तीव्र आलोचना हुँदै आएको थियो । जग्गाधनी पनि निराश र आक्रोशित थिए ।  ढिलै भएपनि बसपार्क उद्घाटन भएर सञ्चालनमा आउने वातावरण बन्नुलाई सुखद् मान्नुपर्ने बसपार्क जग्गा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारीले बताउनुभयो ।  “हामीले बसपार्कलाई निःशुल्क जग्गा दियौँ, उद्घाटनका लागि वातावरण पनि बनायौँ, हाम्रो दायित्व पूरा भएको छ”, उहाँले भन्नुभयो, “बसपार्कलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्ने जिम्मा अब नगरपालिकालगायत अन्य सरोकार भएका पक्षको हो ।” बसपार्कका लागि दिइएको जग्गाबाहेकको १२ रोपनीमा बस्ती नक्साङ्कन, सडक, ढल, नाली, पानी, बिजुली जस्ता पूर्वाधार निर्माण अझै बाँकी रहेको उहाँले बताउनुभयो ।  “नगरपालिकासँग हाम्रो १२ बुँदे समझदारी भएको छ, त्यसमा उल्लेख गरिएका प्रतिबद्धता नगरपालिकाले पूरा गर्नुपर्छ, जग्गाधनीको माग नै यही छ”, उहाँले भन्नुभयो, “अबपनि बसपार्क नचलाउने हो भने नगरपालिकाको अक्षम झल्किन्छ, बसपार्कलाई नियमित सञ्चालन गर्न सबै पक्षको सकारात्मक सहयोगको खाँचो छ ।” बसपार्कमा ५० वटा ठूलो बस र १० वटा मिनी बस अट्ने क्षमता छ ।  टर्मीनल भवन, व्यापारिक भवन, टिकटकक्षलगायतका संरचना बनाइएको छ । नयाँ बसपार्क नबन्दा बागलुङ नगरपालिका–३ मा रहेको अस्थायी बसपार्कबाट बस सेवा सञ्चालन हुँदै आएको थियो । प्रदेश राजधानी पोखरा पनि ५० वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ ।  पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित बसपार्कको दूरावस्थाले पर्यटकीय राजधानीसमेत रहेको पोखरालाई नै गिज्जाएको महसुस हुन्छ । बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा उल्टो अतिक्रमणमा परेर खुम्चदै गएको छ ।  अव्यवस्थित घरटहरा । फोहोरको दुर्गन्ध । बिजुलीका जीर्ण पोल । लत्रिएका तार । हिलाम्मे सडक । पानी जमेका खाल्डाखुल्डी । आँखा बिझाउने यी दृश्य पोखरा बसपार्कका हुन् । न व्यवस्थित टिकट काउण्टर न बस राख्ने ट्रयाक । अस्तव्यस्त पार्किङ । किनारामा थन्काइएका थोत्रा बस आदिले पनि बसपार्कको बेहाल अवस्थालाई दर्शाइरहेको छ । झण्डै आधा शताब्दी बित्न लाग्दासमेत बसपार्क बन्ने कुनै टुङ्गो छैन ।  पोखरा उपत्यका नगर विकास समितिले उहिले देखेको सुविधासम्पन्न बसपार्कको सपना अझै अधुरै छ । जीर्ण र कामचलाउ बसपार्कबाट पोखराले कहिले मुक्ति पाउँछ रु चित्तबुझ्दो जवाफ कुनै निकायसँग छैन । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्र केसीले बसपार्कले पर्यटनको राजधानी सहर पोखराकै बदनाम गरेको बताउनुभयो । “नेपाललाई अन्र्तराष्ट्रिय जगतमा चिनाउने पोखरामा स्तरीय बसपार्क बन्न नसक्नु दुर्भाग्य हो, बसपार्कको बेहाल देख्दा हामीलाई पनि पीडा हुन्छ”, उहाँले दुःखेसो पोख्नुभयो, “राजनीतिको दुश्चक्रमा बसपार्क फस्यो, राज्यका निकायले पनि बसपार्क बनाउन इच्छाशक्ति देखाएनन् ।” अध्यक्ष केसीका अनुसार सो बसपार्क भएर दैनिक झण्डै तीन सय गाडी देशका विभिन्न गन्तव्यमा गुड्छन् । गण्डकी प्रदेशको राजधानी पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको उहाँको भनाइ छ । “पोखरा एकातिर प्रदेशको राजधानी सहर हो, अर्कातिर पर्यटनको केन्द्र”, अध्यक्ष केसीले भन्नुभयो, “बसपार्कसहित यहाँका सहरी पूर्वाधारले प्रदेशकै चिनारी दिइरहेको हुन्छ, अब पनि बसपार्क नबनाउने हो भने पोखराकै बेइज्जत हुन्छ ।” उहाँले बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष निर्माण, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको बताउनुभयो ।  यातायात व्यवसायीले पटकपटक बसपार्क स्तरोन्नतिको माग गर्दै आएपनि पोखरा महानगर र प्रदेश सरकारबाट कुनै सुनुवाइ नभएको अध्यक्ष केसीले गुनासो गर्नुभयो । बसपार्क अस्तव्यस्त भएपछि गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन् । टिकट काउण्टर पनि बाहिरी सडकमा छन् । हिलाम्मे बाटो र भित्र उभिने ठाउँ पनि नभएकाले यात्रुहरु बसपार्क छिर्नै चाहँदैनन् ।  अहिलेसम्म बसपार्कलाई चाहिने कुनै पनि पूर्वाधार बन्न सकेको छैन । तीव्र सहरीकरण र सवारीसाधनको चापलाई दृष्गिगत गरेर पोखरामा आधुनिक सुविधायुक्त बसपार्क बनाउनुपर्ने आवाज उठ्दै आएको छ । जिल्ला ट्राफिक कार्यालय, कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले बसपार्क नबन्दा ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको बताउनुभयो ।  “व्यवस्थित बसपार्क नहुँदा बस सडकबाटै अवस्था छ, पृथ्वीचोकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदै गइरहेको छ”, उहाँले भन्नुभयो, “बसपार्क निर्माणमा पोखरा महानगरपालिका र प्रदेश सरकारको विशेष ध्यान जानु जरुरी छ, पोखरा जस्तो पर्यटकीय सहरमा बसपार्क नहुनु दुर्भाग्यको विषय हो ।” उहाँले पोखरा–मुग्लिन सडक विस्तार हुँदै आएकाले अहिले पृथ्वीचोक क्षेत्र छेउछाउको पार्किङस्थल सडकमा परिणत हुने उहाँले बताउनुभयो ।  महानगरपालिकाले भुइँमा ग्राभेल बिछ्याएर हिलो र खाल्डाखुल्डी पुर्ने काम गरेपनि वर्षात्का बेला बसपार्क फेरि पुरानै अवस्थामा फर्कने गरेको छ । जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने÷ओराल्ने गर्दा पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ । यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन् । माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ । ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ ।   सुरुमा दुई सय पाँच रोपनी जग्गा अधिग्रहण गरिएकामा अहिले बसपार्कका लागि करिब ६० रोपनी मात्र जग्गा बाँकी रहेको महानगरले जनाएको छ । बसपार्क बनाउने भनिएको जग्गामा स्थानीयवासी, पुरानो विमानस्थल बनाउँदा सारिएका र सुकुम्बासी परिवारको बसोबास छ ।  पोखरा महानगरअन्तर्गत पोखरा उपत्यका नगर विकास समितिका नाममा रहेको उक्त जग्गा पटकपटक अतिक्रमणमा पर्दै आएको छ । कति जग्गा घडेरीका रुपमा बिक्री भयो, कति अतिक्रमणमा प¥यो भन्ने यकिन तथ्याङ्क कुनै निकायसँग छैन । दुई सय पाँच रोपनीमध्ये केही जग्गा पृथ्वी राजमार्गमा पर्दा पछि बसपार्कका नाममा एक सय ८७ रोपनी कायम भएको थियो । उक्त जग्गा पनि अहिले घट्दैघट्दै ६० रोपनीभन्दा पनि कममा सीमित भएको छ ।  जग्गाकै कारण पृथ्वीचोकमा ठूलो बसपार्क बन्ने सम्भावना नरहेको भन्दै महानगरले ‘सिटी’ बसपार्कको योजना अघि बढाएपनि त्यसले सार्थकता पाउन सकेको छैन ।  पोखरा–३२ लामेआहालमा प्रादेशिक बसपार्क बनाउने गण्डकी प्रदेश सरकारको प्रस्ताव पनि अलपत्र परेको छ । दुई सय ७३ रोपनी क्षेत्रफलमा बनाउने भनिएको उक्त बसपार्कका लागि लगानीको स्रोत जुट्न नसकेको प्रदेश सरकारले जनाएको छ । 

पोखरा:  निट डेन्टल केयर प्रिजेन्ट्स सातौं मिस मगर नेपाल–२०२४ को ग्राण्ड फिनालेमा चलचित्र खुस्माका नायक तथा नायिका आउने भएका छन् ।   पोखरा १७ स्थित होटल ग्राण्डमा यही शनिबार (२२ गते) हुने  फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी सहभागि हुने टिम संयोजक प्रियंका गर्बुजामगरले जानकारी दिइन्  ।   उनका अनुसार उक्त दिन उनीहरुले रुकुमको मैकोटमा निर्माण भएको चलचित्र खुस्माको प्रचारप्रसार गर्नेछन् ।   अशोक थापामगरले निर्माण गरेको सो चलचित्रलाई असोज ३ गतेदेखि प्रर्दशनमा ल्याउने तयारी छ । उक्त कार्यक्रममा मिस मगर नेपालका अन्तिम ११ प्रतिस्पर्धीमध्येबाट एक जनाले ताज जित्नेछिन् ।   अहिले प्रतियोगीहरु अन्तिम प्रशिक्षणमा छन् ।   एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना हुने कार्यक्रमको तयारी अन्तिम चराणमा पुगेको निर्देशक सुरज थापाले जानकारी दिए ।    उनका अनुसार कार्यक्रम ग्राण्ड होटलमा यही २२ गते शनिबार दिउँसो २ बजेबाट शुभारम्भ हुनेछ ।   यि हुन्, अन्तिम ११ प्रतिस्पर्धी   अन्तिम प्रतिस्पर्धीहरुले करिब १ महिनासम्म सिकेका कुराहरुलाई ग्राण्ड फिनालेमा प्रस्तुत गर्दैछन् । त्यसैको आधारमा मिस मगर नेपाल चुनिनेछ ।   सुस्मिता पुनमगर, विनु रानामगर, दिवा पाइजामगर, कविता थापामगर, दिक्षा थापामगर र उमा पुनमगरको कोरियोग्राफी रहने मिस मगर नेपाल २०२४ को अन्तिम प्रतिस्पर्धीका रुपमा दिपिका आलेमगर (रामेछाप) आशिका गर्बुजामगर (बेगखोला, म्याग्दी), अनुजा पुनमगर (तंग्राम, बाग्लुङ) नरिशा पुनमगर (मुदी, म्याग्दी), सरिता थापामगर (मन्थली, रामेछाप), माया दर्लामीमगर (वालिङ, स्याङ्जा), रश्मि आलेमगर (गौशाला, महोत्तरी), जानकी राजकोटीमगर (बर्दीबास, महोत्तरी), अश्मिता बुढामगर (जेल्बाङ, रोल्पा), कृष्टीना पुनमगर (दग्नाम, म्याग्दी) र जेरुशा सारुमगर (काठमाण्डौं) रहेका छन् ।   कार्यक्रमलाई विभिन्न संस्थाको साथ   उक्त कार्यक्रमलाई सफल बनाउन विभिन्न संघ तथा संस्थाहरुले साथ दिएका छन् ।   सो संस्थाहरुमा निट डेन्टल केयर प्रा.लि, आइवा एजुकेशन कन्सलटेन्सी, लिटल पोखरा ट्राभल्स एण्ड ट्रेकिङ्ग प्रा.लि, युमे जापानिज ल्याङ्व्येज, सोल फेशन, परिचय एड्भटाईजिङ्ग, त्रिपुरा लाउन्च, मुग्लान रेण्टुरेन्ट लगायतको सहयोग रहेको छ ।   यस्तै मिडिया पार्टनरमा सुनगाभा न्यूज, फेवा टेलिभिजन र सोसल मिडिया पार्टनरमा मगर संसार फोटो ग्यालरी रहेको छ ।   

पोखरा:    निजामती सेवा दिवस २०८१ का अवसरमा कर्मचारी मिलन केन्द्र कास्की र जिल्ला प्रशासन कार्यालय कास्कीको संयुक्त संयोजनमा आज पोखराको सहिदचोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको छ ।          कार्यक्रमको शुभारम्भ गर्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले निजामती कर्मचारीले सार्वजनिक सेवा प्रवाहका साथै सामाजिक उत्तरदायित्व बहनगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।          कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सरसफाइप्रति समाजमा सचेतना अभिवृद्धिका लागि पनि यस किसिमका कार्यक्रमलाई अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।           कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रको संयोजनमा प्रत्येक महिनाको ५ गते पोखरा क्षेत्रमा सम्पदास्थलमा सरसफाइ गरिँदै आइएको बताउँदै निजामती सेवा दिवसका अवसरमा सहिद चोकसहित आसपासका कार्यालय क्षेत्रमा सरसफाइ गरिएको जानकारी गराउनुभयो ।       कार्यक्रममा नागरिक समाजका संयोजक रामबहादुर पौडेल, नागरिक अभियानका सदस्यहरू, सुरक्षा निकायका प्रतिनिधिसहित राष्ट्रसेवक कर्मचारीको उपस्थिति थियो । मानवसेवा आश्रममा भोजनका लागि सहयोग           कर्मचारी मिलन केन्द्र कास्कीले निजामती सेवा दिवस २०८१ कै अवसरमा आज मानवसेवा आश्रम छोरेपाटनमा त्यहाँस्थित आश्रित व्यक्तिहरूलाई भोजनका लागि सहयोग गरेको छ ।           केन्द्रका तर्फबाट संरक्षक एवं कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रु २६ हजार नगद आश्रमका सञ्चालकलाई हस्तान्तरण गर्नुभयो ।      कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले सडक मानवलाई आश्रममा ल्याएर सम्मानपूर्वक सेवा प्रदान गरिरहेको मानवसेवा आश्रमको काम प्रशंसनीय भएको बताउनुुभयो । पर्यटन राजधानी पोखरालाई सडक मानवमुक्तका साथै मठमन्दिरमा पनि मगन्ते मुक्त बनाउने प्रयास थालिएको उहाँले बताउनुभयो ।      केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले मानवीय भावनाका साथ आश्रममा आश्रित व्यक्तिको भोजनका लागि सहयोग गरिएको बताउँदै समाजिक एवं मानवीय भावनाका साथ सञ्चालित यस्ता संस्थामा सबैको साथ र सहयोग आवश्यक हुने धारणा राख्नुभयो । 

पोखरा:   पोखरा महानगरपालिका–११ स्थित मेडिपल्स हस्पिटल पछाडि कार पार्किक गर्ने क्रममा सेती नदीको खोँचमा खसेको छ ।  आज साँझ हस्पिटलको पछाडि ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा खोँचमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  कारसँगं खोँचमा खसेका पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने कार चालक ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय सितल आचार्यको सकुशल उद्धार गरेको कास्की प्रहरीले जनाएको छ ।  कार पार्किङ स्थलबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।   

पोखरा:   पोखरा उद्योग बाणिज्य संघको ३५ औं महाधिवेशनको सरगर्मी छ । अध्यक्षमा अर्जुन पोखरेल र गोकर्ण कार्की भिड्ने भएका छन् ।  यस्तैमा गोकर्ण कार्की र उपमहासचिव पदका उम्मेदवार सुदिप प्रधानाङ्गको फेसबुक पोस्टलाई लिएर अर्जुन पोखरेल प्यानलले विज्ञप्ती नै निकाली आपत्ति जनाएको छ ।  खासगरी पोखरेल प्यानलका ५ पदाधिकारी सहित ८ जना निर्विरोध भएपछी कार्की र प्रधानाङ्गले आफ्नै टीमको जसरी फेसबुकमा पोस्ट गरिएको सामाग्रीलाई तोडमोड गरि प्रचार गरेको प्रति पोखरेल समुहले आपत्ती जनाएको हो ।  टीमलाई भाड्न खोजिएको पोखरेल समुहको तर्क छ । विज्ञप्तीमा निर्विरोध भएका पदाधिकारीहरु उत्तममान बुद्दाचार्य (वरिष्ठ उपाध्यक्ष), दिनेशचन्द्र बास्तोला (उपाध्यक्ष,उद्योग), बलराम आचार्य (उपाध्यक्ष , वाणिज्य), शोभा गौतम (महासचिव) र मनोजकुमार श्रेष्ठ (कोषाध्यक्ष) ले हस्ताक्षर गरेका छन् ।    ूप्रजातान्त्रिक अभ्यास अनुसार चुनावी प्रक्रियालाई आत्मसात् गर्दै हामीले एउटा बलियो टीम गठन गरेको छौँ । हामीलाई निर्बिरोध निर्वाचित गराउन अथक प्रयास गर्नुहुने हाम्रो समुहका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेल, उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला र अन्य साथीहरुप्रति आभार व्यक्त गर्दछौं ।ू,  विज्ञप्तीमा भनिएको छ ।   अर्जुन पोखरेल प्यालनबाट निर्विरोध भएको जानकारी हुँदाहुँदै पनि आफ्नै टीमको जसरी गरि प्रतिस्पर्धी गोकर्ण कार्की र सुदिप प्रधानाङ्गले सामाजिक संजाल फेसबुकमा हाम्रो टीमले तयार पारेको बधाई तथा शुभकामनाका सामाग्रीलाई तोडमोड गरी आफ्नै टीमको जसरी प्रचार गरेकोमा हामी खेद प्रकट गर्दछौं भन्दै विज्ञप्तीमा उल्लेख गरिएको छ ।  निर्विरोध भएका ५ पदाधिकारीले हाम्रो फोटोलाई प्रयोग गरी सामाजिक संजालमा भ्रम फैलाउने प्रयत्न भईरहेको र भ्रममा नपर्न सम्पूर्ण साधारण सदस्यलाई आग्रह गरेका छन् । अर्जुन पोखरेल प्यानललाई अत्याधिक मतले विजयी गराउन उनीहरुको अनुरोध छ । आफुहरु निर्विरोध भए पनि टीम प्रति बफादार र प्रतिबद्ध रहेको उनीहरुको भनाई छ ।  

पोखरा:    युनाइटेड क्लब पोखराको अध्यक्षमा लोक बहादुर थापा निर्वाचित भएका छन । क्लबको १५ औं साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि लोक बहादुर थापालाई अध्यक्ष पदमा  सर्वसम्मत चयन गरेको हो ।  क्लबको वरिष्ठ उपाध्यक्षमा गणेश तिमिल्सिना, प्रथम उपाध्यक्षमा शान्त बहादुर थापा, द्धितिय उपाध्यक्षमा सुर्य बहादुर बानियाँ, महासचिवमा दिनेश सुनार, कोषाध्यक्षमा जयराम आचार्य, सचिवमा सन्तोष कार्की र सह कोषाध्यक्षमा सीमा गुरुङ निर्वाचित भएका छन । यस्तै कार्यसमिति सदस्यहरुमा विष्णु कुमार गुरुङ, पुुर्ण कुमार श्रेष्ठ, शिव थापा, पदम बहादुर कार्की(बिजय), शान्ति सुवेदी, बुद्ध कार्की, रिम बहादुर क्षेत्री, गणेश खडका र सुरेश थापा निर्वाचित भएका छन ।  युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल निर्वाचन संयोजक, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ र पूर्व अध्यक्ष सुक बहादुर गुरुङ सदस्य रहेको निर्वाचन समितिले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पद तथा सपथ ग्रहण गराएका थिए । यसैविच अधिवेशनको उद्घाटन गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति प्राज्ञ सरुभक्त श्रेष्ठले युनाइटेड क्लवले सामाजिक कामको माध्यामबाट आफुलाई अब्बल बनाउन सक्षम भएको बताउदै युवाहरुले चाहेको खण्डमा कुनैपनि काम सफल हुने बताए ।  युनाइटेड क्लबमा आवद्ध युवाहरुले एकीकृत भइ सामाजिक काम गरेकै कारण क्लब १५ औं साधारण सभा सम्म आइपुुगेको समेत बताए ।  पोखरा महानगरपालिका वडा नं १० का अध्यक्ष राजेश गुरुङले युनाइटेड क्लब र समाजसेवा एक अर्काबीच पर्यायबाची शब्द रहेको वताउदै युनाइटेड क्लव पोखरामा स्थापना भएतापनि नेपाल भर सामाजिक काम मार्फत आफुलाई अब्बल बनाउन सफल भएको बताए । विगतमा पनि युनाइटेड क्लब संग सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य गरेरै आफुहरु अगाडी वढ्ने उनको भनाइ रहेको थियो । क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले लिएको मुख्य एजेण्डा खुल्ला चिडियाखानाले चिडियाखानाको रुपमा नभइ उद्धार केन्द्रको रुपमा बिकास भइरहेको बताउदै त्यस तर्फ सम्बन्धित निकाय प्रति ध्यानाकर्षण गराए ।  क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटनमा उल्लेख्नीय काम गर्दै आइरहेको भएतापनि क्लबले शिक्षाको क्षेत्रमा देशकै नमुनाको रुपमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी प्राविधिक विद्यालयको थालनी गर्ने र उक्त योजनाको लागि क्लबले ८ रोपनी जग्गा खरिद गरी योजनालाई अगाडी विस्तृत परियोजना प्रतिवेदन निर्माण सम्पन्न गरी योजनालाई मूर्त रुप दिनेतर्फ लाग्ने बताए ।  युनाइटेड क्लबका निवर्तमान अध्यक्ष लालकाजी गुरुङले युनाइटेड क्लबमा आवद्ध सम्पुर्ण एकजुट भएर अगाडी वढेकै कारण आज सम्म सफलता पाइरहेको वताउदै आगामी दिनमा पनि सम्पूर्ण एकजुट भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । सो अवसरमा युनाइटेड क्लबको सुरुवातका दिनहरुमा महत्वपूर्ण भुमिका रही क्लबको उन्नतीलाई सधै आत्मासाथ गर्दै हाल सम्म साथ सहयोग गर्दै आएका क्लबका पूर्व सल्लाहकार विश्व प्रकाश लामिछाने र आजीवन सदस्य शंकर मानन्धरलाई सम्मान गरिएको थियो ।  सो अवसरमा क्लबका अध्यक्ष राजु श्रेष्ठले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँले कोषाध्यक्षको प्रतिवेदन र महासचिव दिनेश सुनारले महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कास्की:   पोखरामा वरिष्ठ संस्कृतिकर्मी चलचित्रक निर्देशक निर्माता, गीतकार, संगितकार तथा तमु संसार त्रैमासिक पत्रिकाका प्रधान सम्पादक स्व. लोकबहादुर गुरुङको दशौं स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ ।   लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठानले उनको सम्झनामा आज (बुधबार) लोक सर स्मृतिग्रन्थको विमोचन र शिक्षण पेशामा क्रियाशिल एक शिक्षकलाई सम्मान गर्दै स्व. लोकबहादुर गुरुङको स्मृति दिवस मनाएको हो ।   कार्यक्रमका प्रमुख अथितिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले उक्त स्मृतिग्रन्थको विमोचन र लमजुङको सिङ्दीस्थित हिमालय माविका शिक्षक युवराज गुरुङलाई नगद रु ५१ हजार, दोसल्ला, फेटा तथा सम्मानपत्र अर्पण गरिन् ।   सो अवसरमा बोल्दै प्रदेश सांसद गुरुङले स्वर्गीय लोकबहादुर गुरुङ बहुआयामिक व्यक्तित्व भएको स्मरण गरिन् ।   गुरुङको असामयीक निधनले परिवारलाई मात्रै नभई सिंगो तमु समुदाय र देशलाई नै अपुरणीय क्षति भएको धारणा राखिन् । लोकबहादुर उनको आफ्नो पनि प्रेरणाको स्रोत भएको उल्लेख गर्दै सांसद गुरुङले उनको मार्गनिर्देशनलाई सधै शिरोपर गर्ने बताइन् ।   यस्तै सम्मानित व्यक्तित्व युवराज गुरुङले विगत २ दशकदेखि शिक्षण पेशालाई कर्मक्षेत्र बनाउदै आएको स्मरण गर्दै यसको पछाडि स्व. लोकबहादुरको देन रहेको बताए ।     ‘लोक सरकै प्रेरणाकै कारण आज म यो स्थानमा छु । उहाँ हेडसर भएकै कारण मैले उहाँको आचरणलाई अनुसरण गरेको थिए, उनले भने, ‘म आज जुन ठाउँमा छु त्यो उहाँकै कारणले छु ।’ उनले आफुले पाएको सम्मानले शिक्षण क्षेत्रमा थप काम गर्न हौसला मिलेको बताए ।   यस्तै प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) ले स्वर्गीय लोकबहादुरको गुणलाई शब्दले बयान गर्न नसकिने बताए ।   उनले गुरुङ समुदायको सांस्कृतिक पक्षलाई उजागर गर्न स्व. लोकबहादुर गुरुङको योगदान महत्वपूर्ण रहेको बताउदै बिर्सन नहुने बताए ।   ‘हाम्रो समुदायको लोक संस्कृतिलाई जगेर्ना र  उजागर गर्न उहाँको ठुलो योगदान छ । त्यसैले उहाँ एउटा समयले जन्माएको पात्र हुनुहुन्थयो । उहाँको देनलाई हामीले कहिल्यै बिर्सनु हुदैन,’ गुरुङले भने  ।    उनले प्रतिष्ठानको कोषमा हाल ४७ लाखभन्दा बढी रकम रहेकोसमेत जानकारी दिएका थिए ।   वरिष्ठ संस्कृतिकर्मी स्व. लोकबहादुरको विगत १० वर्ष अघि निधन भएको थियो ।    प्रतिष्ठानका अध्यक्ष तथा गण्डकी प्रदेश सभाका सदस्य वेद बहादुर गुरुङ (श्याम) को सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानकी सदस्य गौरी तमुले गरेकी थिइन् भने, कार्यक्रम सञ्चालन सचिव रोशनी गुरुङले गरेकी थिइन् ।