पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

काठमाण्डौ:  नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडीका लागि देशका विभिन्न ठाउँमा निर्माण गरेको ५१ वटा अत्याधुनिक फास्ट चार्जिङ स्टेशनको एकै पटक उद्घाटन भएको छ ।   ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र सचिव दिनेशकुमार घिमिरेले संयुक्तरूपमा काठमाण्डौको नेपाल पुलिस क्लब भृकुटीमण्डपमा स्थापना गरिएको फास्ट चार्जिङ स्टेशनको उद्घाटन गर्नुभयो ।   प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलीयतपूर्ण ऋण तथा नर्वे सरकारको प्राविधिक सहयोगमा विद्युतीय गाडी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत सात प्रदेशका मुख्य राजमार्ग, बसपार्क र ठूला सहरहरूमा विद्युतीय गाडी छिटो चार्ज गर्न मिल्ने ५१ वटा चार्जिङ स्टेशन निर्माण भएको हो । झन्डै ४० करोड रुपैयाँ लागतमा निर्माण गरिएका चार्जिङ स्टेशनमध्ये २६ वटामा ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार र २५ वटामा सानारठूला कारहरू चार्ज गर्न मिल्नेछ ।    उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले ५१ वटा चार्जिङ स्टेशन सञ्चालनमा आउनु विद्युतीय गाडीको यात्रा हरित, स्वच्छ ऊर्जा खपतमार्फत कार्बन उत्सर्जन तथा जलवायु परिवर्तनका प्रभावहरू न्यूनीकरणमार्फत देशको दिगो विकासमा महत्त्वपूर्ण पाइला भएको बताउनुभयो । विद्युतीय गाडीको प्रवर्धनमा नीतिगत तथा कानुनी व्यवस्थाका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै बस्नेतले विद्युतीय गाडी नेपालमै उत्पादन गर्नका लागि लगानीकर्तालाई आकर्षित गर्न काम भइरहेको बताउनुभयो ।    आन्तरिकरूपमा विद्युत् खपत बढाउने महत्त्वपूर्ण क्षेत्र यातायात भएको उल्लेख गर्दै ऊर्जा सचिव घिमिरेले विद्युतीय गाडीको प्रयोगले प्रतिव्यक्ति ऊर्जा खपत बढाउन सहयोग पुग्ने बताउनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडीको प्रयोगलाई प्रवर्धन गर्न चार्जिङ स्टेशन स्थापना गरिएको बताउनुभयो ।   विद्युतीय गाडी पेट्रोलियम पदार्थबाट चल्नेभन्दा १५र२० गुणा सस्तो पर्ने उल्लेख गर्दै घिसिङले यसबाट देशको वैदेशिक मुद्रा सञ्चितिमा पनि सकारात्मक योगदान पुग्ने बताउनुभयो । उहाँले प्राधिकरणले देशभर थप पाँच सय वटा चार्जिङ स्टेशन स्थापना गर्न लागेको उल्लेख गर्नुभयो । एसियाली विकास बैंककी दक्षिण एसिया ऊर्जा महाशाखा प्रमुख सुजाता गुप्ताले कार्बन उत्सर्जन घटाउने यातायात महत्त्वपूर्ण क्षेत्र भएकाले विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने पूर्वाधार निर्माणमा जोड दिनुभयो ।   चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभीहरूमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रतिकिलोमिटर खर्च लाग्ने छ । नेपालमा उपलब्ध गाडीहरूमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ ।   आन्तरिकरूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय गाडी प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेशन स्थापना गरिएको हो । हरेक चार्जिङ स्टेशनमा १४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत् आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेशनमा छिटो चार्ज गर्न मिल्ने ६० र ६० किलोवाटका डीसी र २२ किलोवाटका एसी चार्जरहरू राखिएका छन् । यसबाट ठूला बससहित तीन वटा गाडी एकसाथ चार्ज गर्न सकिने छ ।    चार्जिङ स्टेशन निर्माण आपूर्ति, जडान, परीक्षण, सञ्चालन र मर्मतका लागि चीनको वाङवाङ डिजिटल इनर्जी कर्पोरेशन लिमिटेडसँग ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको थियो ।

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने छ ।   अद्यावधिक नभएका कुनै पनि सङ्गठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने छैन ।  केन्द्रीय समिति महाधिवेशन आयोजक भए पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ ।   केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभागका प्रमुख पूर्ण बस्नेतका अनुसार फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा सङ्गठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्नेछ ।   सङ्गठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले तीनमहिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ ।   सङ्गठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्नेछ।

काठमाडौं:    राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११÷१२) ले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिवार र ७ गते आइतवार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा असोज ९ गते मङगलवार र १० गते बुधवार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने सूचनामा जनाइएको छ ।  विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापत प्रति विद्यार्थी छ सय रुपैयाँका दरले हुन आउने रकम बुझाइसक्न पनि जनाइएको छ। यसैगरी त्यस अवधिभित्र रकम जम्मा गर्न छुटेका  विद्यार्थीले यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकम प्रति विद्यार्थी एक हजार दुई सय रुपैयाँ बुझाइ सम्बन्धित विद्यालयमार्फत् भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत सूचनामा उल्लेख गरिएको छ ।

पोखरा:  पोखरा १ कस्केरीका मनध्वज तामाङ भदौं ६ गते माछा मार्न सेती नदीमा बल्छी हानिरहेका थिए ।   माछामा नजर लगाइरहेका मनध्वजले अचानक दाई सन्तोष तामाङ सेती नदीमा बगिरहेको देखे ।   आफ्नो दाई नदीमा बगिरहेको देखेपछि उनले नजिकै रहेका सादा पोशाकका प्रहरीलाई उद्धार गर्न सहयोग मागे तर सहयोग पाएनन् । ति सिआइडीको टोलीले ३ जनालाई पक्राउ गरेर वडा प्रहरी कार्यालय बगरको भ्यानमा राखे । त्यसपछि लागुऔषधको कारोबार भएको कुरा मनध्वजले चाल पाए । त्यही समूहमा सन्तोष तामाङ पनि थिए ।   सिआइडीले लागुऔषध कारोबारीलाई खेदेपछि सन्तोष डराएर सेती नदीमा हाफ फालेको स्थानीयको भनाइ छ ।   एसपी खनालको नेतृत्वमा छानबिन समिति   सन्तोष तामाङको फोन साथीले प्रयोग गरेर अर्को साथीलाई सम्पर्क गरिरहेका थिए । साथीले कस्केरीतिर जाऔं भनेपछि त्यहाँ गएको र लागुऔषधको कारोबार बारे सन्तोष बेखबर रहेको स्थानीयहरुको तर्क छ । तर प्रहरीले त्यो कुरालाई स्वीकार गरेको छैन ।    गल्ती नभए सन्तोष सेती नदीमा हाम नफाल्ने प्रहरीको जिकिर छ । त्यसैले सत्यतथ्य पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय गण्डकीले छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएको छ ।   ‘बेपत्ता सन्तोषको अझैपनि अवस्था अज्ञात नै छ । खोजीकार्य भइरहेको छ र परिवारलाई पनि समन्वय गरिरहेकै छौ, जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले भने, ‘घटनाको सत्यतथ्य पत्ता लगाउने गरी प्रदेशबाट एसपी साबको नेतृत्वमा अनुसन्धान भइरहेको छ ।’   उनका अनुसार गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्रहरी उपरीक्षक केदार खनालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ ।    अझै भेटिएनन् सन्तोष   सेतीमा पसेका सन्तोषको खोजीकार्य तिब्र पारिएपनि अझै पनि उनको अवस्था अज्ञात छ ।    उनी सेतीमा बगेको भाई मनध्वजले पुष्टि गरेपछि खोजी गर्न वडा प्रहरी बगरमा सन्तोषका परिवारले निवेदन दिएका थिए ।   त्यतीमात्र नभइ आफ्नो दाई सिआइडीले लखेटेकै कारण सेतीमा हाम फाल्न बाध्य भएको आरोप लगाउदै दुई वटै सादा पोशाकका प्रहरी (सिआइडी) लाई कारवाही गर्नुपर्ने तामाङ परिवारको माग छ ।     परिवारको माग अनुसारनै सशत्र प्रहरी बलको टोलीसँगको सहकार्यमा खोजी कार्य जारी रहेको डिएसपी श्रवण कुमारले बताए ।    ‘खोजी कार्यका लागि परिवारले प्रहरी कहाँ निवेदन दिएको छ, परिवारले निवदेन नदिएपनि यस्तो अवस्थामा प्रहरीले खोजी कार्य गर्नु कर्तव्य नै हो, उनले भने, ‘हामीले व्यापक खोजी गरिरहेका छौ ।'    उनले सो घटनामा जोडिएका २ जना सादा पोशाकका प्रहरीलाई छानबिन समितिको प्रतिवेदन नआउन्जेल जिम्मेवारीबाट हटाइएको बताए ।    ‘अनुसन्धानका लागि छानबिन समिति नै गठन भएको छ । उहाँहरुको प्रतिवेदन नआएसम्म कारवाही स्वरुप अहिले जिम्मेवारीबाट हटाइएको छ,’ डिएसपी श्रवण कुमारले भने ।   तीनजनामाथि अनुसन्धान जारी   गत ६ गते लागुऔषधसहित पक्राउ परेका तीनैजनामाथि अनुसन्धान जारी रहेको डिएसपी श्रवण कुमारले बताए ।   ‘छानबिन समितिले आफ्नो तरिकाले काम गरिरहेको छ । बेपत्ता सन्तोषको खोजी कार्य पनि जारी छ, उनले भने, ‘यता लागुऔषधसहित पक्राउ परेका तीन जनामाथि पनि अनुसन्धान भइरहेको छ । उनीहरु हाम्रो नियन्त्रणमै छन् ।’    लागुऔषध कसुरमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानूनी प्रावधान रहन्छ ।    वडा प्रहरी कार्यालय बगरको टोलीले गत भदौ ६ गते पोखरा १ जौबारी मुनी सेती नदीको तिरबाट लागुऔषधसहित पोखरा २५ का विरेन्द्र शर्मा, सोही स्थानकै सविन आलेमगर र एक जना नाबालगलाई पक्राउ गरेको थियो ।  

रुकुमपश्चिम:    रुकुमपश्चिममा सर्पको टोकाइबाट एक सुत्केरी महिलाको मृत्यु भएको छ । चौरजहारी नगरपालिका–१३ की २२ बर्षीया विनीता विष्टको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो ।  मंगलबार दिउँसो घरनजिकै बारीमा गाईबस्तुलाई घाँस काट्नेक्रममा विष्टलाई सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनलाई गाउँकै घरेलु उपचारले ठीक हुने झारफुक गरेर राखिएको थियो ।  आज बुधबार बिहान २ बजे नवजात शिशुलाई जन्म दिएकी विष्टलाई रक्तस्राव समेत भइरहेको थियो । उनलाई उपचारका लागि बिहान ५ बजे चौरजहारी अस्पताल ल्याइएको र उपचारको क्रममा मृत्यु भएको चौरजहारी अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए ।  उनका अनुसार सर्पको विष शरीरमा फैलिएको थियो भने रक्तस्राव पनि रोकिएको थिएन । समयमै अस्पतालमा ल्याएको भए उनको ज्यान बचाउन सकिने अवस्था रहेको प्रशासक गिरीले उल्लेख गरे । अन्तिम अवस्थामा मात्र सुत्केरीलाई अस्पताल ल्याइएको थियो ।  सर्पले टोकेपछि व्यथा नलाग्दै बच्चा जन्मेको थियो । अस्पतालका अनुसार बच्चा जन्मने समयावधि पनि कात्तिक महिनामा रहेको थियो । समय नपुगेर जन्मेको नवजात शिशुको अहिले अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ । शिशुको शरीरमा पनि सर्पको विष फैलिएकाले एन्टिस्नेक भेनममार्फत उपचार सुरु गरिएको चिकित्सकको भनाइ छ । बच्चाको अवस्था पनि गम्भीर रहेको छ ।   रुकुमपश्चिममा बर्सेनि सर्पदंशका बिरामीले उपचार अभावमा ज्यान गुमाउँदै आइरहेका छन् । चौरजहारी अस्पतालका अनुसार गत साउन महिनामा पनि सानीभेरी गाउँपालिकाका एक बालकको सर्पको टोकाइबाट मृत्यु भएको थियो ।  कर्णाली प्रदेशको रुकुमपश्चिमलाई सरकारले विषालु सर्प नपाइने जिल्लाको सूचिमा राखेका कारण सर्पदंशबिरुद्ध लगाइने एन्टीस्नेक भेनम सरकारी कोटाबाट पाइँदैन । सर्पदंशबिरुद्धको खोप अत्यन्तै महँगो हुने र सरकारीस्तरबाट यस जिल्लामा सप्लाई नहुने भएकाले समयमै उपचार नपाउँदा बिरामीको ज्यान जाने अवस्था छ । सर्पले टोकेका बिरामीलाई जिल्ला बाहिर सुर्खेत, नेपालगन्ज पठाउँदा कतिपय बिरामीको बाटोमा नै ज्यान जानसक्ने जोखिम समेत हुनेगरेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ । 

काठमाडौं:    आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल समूह ‘ए’ बाट उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।  मलेसियामा आज नेपाल र युएईबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएसँगै नेपाल उपविजेता बन्यो । आजको खेलमा विजेता टोली समूह ‘ए’ को विजेता बन्ने समीकरण रहेको थियो । तर, खेल हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडेका छन् । दुई देशको समान ९/९ अंक भए पनि युएई नेटरन रेटमा अघि रहेकाले समूह विजेता भयो । यसअघि लगातार चार खेल जितेका दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका थिए । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, दोस्रो खेलमा बहराइनलाई १० विकेट, तेस्रो खेलमा भुटानलाई ३ विकेट र चौथो खेलमा कतारलाई ८ विकेट हराएको थियो । प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन् । यो खेलको फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्वहरू हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दतको धरोहर भएको उल्लेख गरेका छन्।   श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको उल्लेख गरेका छन्।   यी पर्वहरूले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको उनले बताएका छन्।   नेपाल विभिन्न चाडपर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो। विभिन्न पर्वमध्ये श्रीकृष्ण जन्माष्टमी पनि हाम्रो एक महत्वपूर्ण पर्व हो। यस दिन भगवान श्रीकृष्णको पूजाअर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउँछौँ।   सभापति देउवाले भगवान् श्रीकृष्ण जन्मनु भएको पावन दिनको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा कांग्रेस र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

कालिकोट:     कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा माटोको ढिस्कोले च्यापिएर एक महिलाको मृत्यु भएको छ । घर पोत्ने माटो लिन नजिकैको जङ्गल गएर माटो खन्ने क्रममा ढिस्कोले च्यापेर वडा नं ४ की २७ वर्षीया मीना शाहीको मृत्यु भएको हो ।  वीरेन्द्र शाहीकी धर्मपत्नी मीना शाहीको घुगाने भीरमा माटो खन्न गएका बेला पुरिएर मृत्यु भएको स्थानीय वडाध्यक्ष देवनाथ योगीले बताए ।  

समाजवादी मोर्चा नेपालले बाँकी रहेका तीन प्रदेशमा पनि सन्देश सभा गर्न मिति तय गरेको छ।    मोर्चाको पूर्वघोषित कार्यक्रमअनुसार बागमती, कोशी र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा गर्न बाँकी छ। तीमध्ये भदौ २४ बागमती प्रदेशमा, भदौ २५ गते कोशीमा तथा भदौ २६ गते सुदूरपश्चिममा सन्देश सभा गर्न कार्यतालिका तय गरिएको मोर्चाका सदस्यसचिव प्रमेश हमालले जानकारी दिए।   मोर्चाले यसअघि गण्डकी, मधेस, लुम्बिनी र कर्णालीमा प्रदेशस्तरीय सभा सम्पन्न गरिसकेको छ। बागमतीको हेटौँडामा र सुदूरपश्चिमको धनगढीमा हुने सभाको संयोजन नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले गर्ने छ।   कोशीको विराटनगरमा गरिने कार्यक्रमको संयोजन जनता समाजवादी पार्टीले गर्ने तालिका छ।   मोर्चामा नेकपा ९माओवादी केन्द्र०, जनता समाजवादी पार्टी, नेकपा  (एकीकृत समाजवादी) र  नेपाल कम्युनिष्ट पार्टी आवद्ध छन्।