पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

इटहरी:   सुनसरीको धरानमा गोली प्रहारबाट एक जना युवकको हत्या भएको छ।   शुक्रबार साँझ गोली प्रहारबाट विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको सुनसरी प्रहरी प्रमुख एसपी प्रभु ढकालले जानकारी दिए।   गोली प्रहारबाट घाइते चौधरीलाई तत्काल उद्धार गरी विपि कोइराला धरानमा लगिएको थियो। उनको उपचारकै क्रममा ज्यान गएको एसपी ढकालले बताए।   चौधरी मोटरसाइकलमा धनकुटाबाट विराटनगरतर्फ जाँदै थिए। उनको पछाडि एक युवती पनि थिइन्।   ढकालका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले गो?ली प्रहार गरेका थिए।   गोली प्रहार गरेर उनीहरु फरार भएका छन्। तर प्रहरीले उनीहरुको हुलिया पत्ता लगाइसकेको जनाएको छ।   युवतीले दिएको जानकारीका आधारमा प्रहरीले ती व्यक्तिहरूको हुलिया पत्ता लगाएको हो।   धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको हो। मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको छ।   घटनाको थप अनुसन्धान भइरहेको एसपी ढकालले बताए।

धरान:   कोशी राजमार्गकाे धरान इटहरी सडक खण्डमा पर्ने सेउती पुलमा मोटरसाइकलमा सवार युवायुवतीलाई लुटपाट गरी गोली प्रहार भएको छ।   हतियारी समूहले विराटनगर घर भएका २८ वर्षीय रोहित चौधरी र सुमना खत्रीलाई लुटपाट गरी गोली प्रहार गरेको हो।   गोली प्रहारबाट रोहित गम्भीर घाइते छन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा उपचार भइरहेको छ। चिकित्सकहरुका अनुसार छातीमा गोली लागेका रोहितको अवस्था ज्यादै चिन्ताजनक छ।   रोहित र सुमना प्रेमी प्रेमिका भएको बताइएको छ। दुवै धनकुटा घुमेर मोटरसाइकलमा विराटनगर फर्कने क्रममा यो घटना भएको हो।   सुमनाका अनुसार सेउती पुल कटेपछि दक्षिणतर्फ मोटरसाइकल रोकेर पानी पिउँदै गरेका थिए। सोही बेला पैदल आएका ३ जनाको समूहले लुटपाट गरी गोली प्रहार गरेका हुन्। उनीहरुको साथबाट सुनको सिक्री, पर्स, मोबाइललगायत उक्त समूहले लुटेर लगेका छन्।   हतियारधारी समूहमा २ जनाको साथमा खुकुरी र एक जनाको साथमा पेस्तोल भएको पनि सुमनाले प्रहरीलाई प्रारम्भिक जानकारी दिएकी छिन्। घटना दिउँसो साढे ५ तिर भएको हो। सुमनाको अवस्था सामान्य भएपनि मानसिकरुपमा उनी विक्षिप्त छिन्। घाइते अवस्थामा रहेका रोहितलाई सुमनाले नै एम्बुलेन्स रोकेर उपचारको लागि वीपी प्रतिष्ठानमा ल्याएकी हुन्।

पोखरा:  पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अबको ४ वर्षभित्र पोखरामा व्यवस्थित बसपार्क बन्ने बताएका छन् ।   महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को सार्वजनिक सुनुवाई कार्यक्रममा आज (शुक्रबार) उठेको प्रश्नमा जवाफिदै मेयर आचार्यले यस्तो प्रतिवद्धता जनाएका हुन् ।   कार्यक्रममा सहभागी स्थानीयले ‘पोखरामा व्यवस्थित बसपार्क कहिल्यै नबन्ने हो मेयर साब ?’ भन्ने प्रश्न गरेका थिए । सोही प्रश्नको प्रतिउत्तर दिदैं मेयर आचार्यले भने, ‘यो चार वर्षमा बसपार्क बन्छ, त्यो नोट गरिराख्नुहोला ।’   उनले व्यवस्थित बसपार्कका लागि शहरी नगर विकास कोषसँग सम्झौता भएको बताए ।     ‘पुरानो बसपार्कलाई पूर्ण र व्यवस्थित बसपार्क बनाउनका लागि शहरी नगर विकास कोष (टाउन प्लानिङ फण्ड) सँग साझेदारीसहित सम्झौता गरिसकेका छौ र त्यसको गुरुयोजना (फुल फेजको डिपिआर) तयार हुदैछ,’ उनले भने ।   उनले विगत ३०/४० वर्षदेखि बसोबास गर्दै आएका बासिन्दाको वैकल्पिक व्यवस्थापन गर्ने तयारी भइरहेको बताए । ‘भूमी आयोगसँग मिलेर हामीले उहाँहरुलाई निस्सा पनि दिइसकेका छौ, मेयर आचार्यले भने, ‘उहाँहरुलाई समुचित व्यवस्थापन गरेर बसपार्क निर्माणको कामलाई अघि बढाउछौ ।’   उनले बस्ती बाहेकका ठाउँमा प्रदेश सरकारले निर्माण गर्न सुरु गरेपनि महानगरले रोकेको स्पष्ट पारे ।   ‘बस्ती नभएको ठाउँमा प्रदेश सरकारले काम गरेको छ त्यतिले पुग्दैन त्यसैले त्यो हामीले रोकेका छौ, मेयर आचार्यले भने, ‘बाँकी भको ८४ रोपनी जग्गामा मात्रै बसपार्क बनाएर पुग्दैन । हामी अहिले बोलेर भन्दा पनि काम गरेर देखाउँछौ ।’   

पोखरा:   कञ्चन क्यापिटल प्रालिको प्रस्तुतीमा पोखरामा तेस्रो संस्करणको डायमण्ड मेला आयोजना गर्ने भएको छ ।    पालिखेचोकस्थित पञ्चरत्न आभूषणमा आगामी ७ गतेदेखि १२ गतेसम्म डायमण्ड मेला आयोजना गर्न लागिएको संस्थाका कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए ।   उनका अनुसार एक हप्ता सञ्चालन हुने मेला अवधिभर डायमण्ड खरिदमा विशेष छुट दिइने छ ।      ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौ, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा गराउने साथै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं ।’   मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ७ बजेसम्म सञ्चालन हुने पञ्चरत्न आभूषण प्रालिका अध्यक्ष शोभितमान बुद्धाचार्यले जानकारी दिए ।   

काठमाडौं:   आईएसएफ वर्ल्स स्कुल फुटबल च्याम्पियनसिपमा सहभागी हुन १७ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली शुक्रबार मोरोक्को प्रस्थान गरेको छ।   प्रतियोगिता जुलाइ २२ देखि ३१ तारिखसम्म मोरोक्कोको राबाटमा हुनेछ।   खेलाडीमा सक्षम भट्टराई, देवराज जर्घा मगर, अधिराज कार्की, श्रेयश शर्मा, आर्गेन तुलाधर, जेसिस कार्की, पर्वत चौलागाईं, कर्तब्य तामाङ, कृष्णबहादुर आले, किशोरकुमार दनुवार, एकराज विश्वकर्मा, येशराज विश्वकर्मा, स्वर्णिम श्रेष्ठ, दिलन लिम्बू, अनिश थापा मगर, निशान राणा र स्वयं थापा मगर रहेका छन्।   रमेशबहादुर कटुवालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा आशिषमान सिंह, प्रशिक्षकमा राजेश श्रेष्ठ र अफिसियलमा विवेक कटुवाल छन्।   टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरे।   सो अवसरमा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट महासंघका सदस्य समेत रहेका विद्यालय खेलकुद संघ नेपालका महासचिव राजकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो।  

पर्वत:     पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो । उहाँहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो ।  घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् । त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो । उहाँहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो । चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्यतको मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो । 

रोल्पा:    रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु भएको छ । गए राति चट्याङ लागेर सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडा सदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  उनलाई आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङ लागेको प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।  चट्याङमा परि अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस ठाउँतर्फ प्रहरी जाँदै गरेको उनले बताए । 

जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।   राजनीतिक दर्शनतर्फ वरिष्ठ राजनीतिज्ञद्वय कुलबहादुर गुरुङ (इलाम) र ढुण्डीराज पौडेल (अर्घाखाँची) तथा साहित्य विधातर्फ देवीप्रसाद उपाध्याय रेग्मी ९स्याङ्जा० र गिरीराज आचार्य (धरान) लाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिए। मन्त्रालयले गत असार १३ गते पुरस्कारबारे निर्णय गरेको हो।    पुरस्कारको राशि जनही एक लाख रूपैयाँ रहेको छ। उक्त पुरस्कार विपी कोइरालाको स्मृति दिवसका अवसरमा यही साउन ६ गते विपी सङ्ग्राहलय सुन्दरीजलमा वितरण गर्ने कार्यक्रम तय भएको छ।

चितवन :  चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको ज्यान गएको छ । रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारीको गैँडाको आक्रमणबाट ज्यान गएको हो ।    चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बिहीवार हिजो निहुरो टिप्न मध्यवर्ती सामुदायिक वन गएका अधिकारीलाई गैँडाले आक्रमण गरेको हो ।   बेलुकी घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा अधिकारीको शव आज बिहान बाघमारा माध्यवर्ती सामुदायिक वनमा भेटिएको हो। शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।