नेपाल फोटो पत्रकार संघ, कास्कीले मादी गाउँपालिका–३ याङ्जाकोटमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवद्र्धनमा फोटो पत्रकार भूमिका’ विषयक अन्तरक्रिया गरेको छ । मादी गाउँपालिकाको सहयोगमा मंगलबार र बुधबार भएको कार्यक्रममा मादी गाउँपालिकाले सहयोग गरेको हो । कार्यक्रममा फोटोको माध्यमबाट कसरी ग्रामिण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको थियो । मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले मादी गाउँपालिकाको प्रकृति र संस्कृति फोटो माध्यमबाट विश्वमाझ चिनिएको बताए । पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटोमा महत्वपूर्ण भूमिका रहेको उनले सुनाए । मादीको सम्पति भनेकै प्रकृति र संस्कृति भएकाले फोटो पत्रकारले तस्बिरका माध्यमबाट प्रचारप्रसार गर्न आवश्यक रहेको बताए । ‘हामीसँग बेच्ने २ वटा चिज छ । एउटा प्रकृति अर्को संस्कृति हो । अनि अर्को भनेको कृषि पनि हो । त्यसैले माथिल्लो भेगमा पर्यटन र तल्लो भेगमा कृषि योग्य जमिनमा परिण गरेर प्रवद्र्धन गरिरहेका छौं,’ उनले भने, ‘माथिल्लो भेगको कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङमा पर्यटकीय क्षेत्र हुन् । विस्तारै याङ्जाकोट, भाचोक, वार्चोकलगायत ठाउँमा होमस्टे विस्तार भइरहेको अवस्था छ ।’ पालिकाले मादीको पर्यटनलाई कृषिलाई प्रवद्र्धन गरिरहँदा केही प्रचार भएपछि पनि फोटो पत्रकारहरुको क्यामेराले विश्वमाझ पु¥याउन सहयोग पुग्ने अध्यक्ष गुरुङले बताए । पछिल्लो समय ७० प्रतिशत जनसंख्या पोखरा, काठमाडौंसहित विदेशमा भएकाले केही समस्या हुने उनको आंकलन छ । ‘मादीका क्षमतावान युवाहरु कम नै छ । त्यसैले हामीले दक्ष जनशक्तिलाई गाउँमै टिकाउन सहयोग गरिरहेका छौं,’ उनले भने, ‘कृषिमा अनुदानदेखि संस्कृति संरक्षणका लागि घाटु, कृष्णचरित्र, बालन नाच संरक्षणका लागि साथ दिइरहेका छौं ।’ मादीको पर्यटन प्रवद्र्धनका लागि यो वर्ष १५ लाख रुपैयाँ बराबरको रकम ५०/५० को कार्यक्रममा सहायता दिइने गाउँपालिका अध्यक्ष गुरुङले जानकारी दिए । पालिकाको ५ सय ६३ वर्गकिलोमिटरको क्षेत्रफलमा ४ सय ६३ वर्गकिलोमिटर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्ने भएकाले एक्यापसँग मिलेर पनि पर्यटन क्षेत्रको प्रवद्र्धन र स्थायी बसोबासका कार्यक्रम गरिरहेको उनले बताए । तर, माथिल्लो भेगमा बनाइएको होटल, चियाघर दर्तामा समस्या भएको उनको भनाइ थियो । मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पालिकाले अझ नयाँ कार्यक्रम बनाउँदै जाने बताए । कोरी, क्हपुचे, क्रपुलगायत सिक्लेस, ताङतिङ जस्तै गरी अन्य पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि काम गरिरहेकाले त्यसमा फोटो पत्रकारको क्यामेरा र कलम अझै शसक्त हुने उनको भनाइ थियो । सिक्लेस, ताङतिङले आन्तरिक तथा बाह्य पर्यटक तथ्यांक राख्न सुरु गरिसकेकाले अन्य गाउँहरुले पनि त्यसको सुरुआत गर्नुपर्नेमा उनको जोड थियो । केही ठाउँ र गाउँहरु प्रचारप्रसारको पर्खाइमा रहेकाले पत्रकारको नजर पुग्नुपर्ने उनले बताए । ‘फोटोले प्रचारप्रसार पु¥याउने महत्व, त्यसले हामीलाई बनाउने भावुकपना र गौरवगर्ने अवस्थाले फोटो पत्रकारिताको महत्व झल्काउँछ,’ उनले भने । नेपाल पत्रकार महासंघ, गण्डकीका अध्यक्ष रमेश पौडेलले सूचना प्रविधिको युगमा प्रचारप्रसारमा खेल्ने भूमिका अतुलनीय रहेको बताए । विशेष गरी ग्रामिण पर्यटन प्रवद्र्धनमा पत्रकारले सधैं सकरात्मक भूमिका खेलेकाले आगामी दिनमा यसलाई निरन्तरता दिन अति आवश्यक रहेको उनले सुनाए । मादीमा धेरै पर्यटकीय क्षेत्र भएकाले त्यसमा पत्रकारको ध्यान जाने उनले विश्वास दिलाए । कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङले याङ्जाकोट गाउँ प्राकृतिक र सांस्कृतिक हिसाबमा महत्वपूर्ण रहेको बताए । याङ्जाकोटमा आन्तरिक पर्यटक बढेपनि बाह्य पर्यटक कम जाने भएकाले प्रचासप्रसारको आवश्यकता रहेको उनले सुनाए । यसमा फोटो र समाचारको महत्वपूर्ण भूमिका हुने भएकाले फोटो पत्रकारले आयोजना गरेको अन्तरक्रिया फलदायी हुने उनको विश्वास थियो । याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङले पाहुना सत्कारका लागि अहिले १० घर होमस्टे स्थापना गरिएको जानकारी दिए । २०६७ सालदेखि होमस्टे सञ्चालनमा आएदेखि गाउँ पुग्ने पर्यटकलाई सहज भइरहेको उनले बताए । यहाँ ढुंगाले छाएको घर, गाउँबाट देखिने हिमाल डाँडाकाडा, बीच गाउँमा रहेको ऐतिहासिक पोखरी, गुरुङ मन्दिर, कोट याङ्जाकोटको आकर्षण रहेको जानकारी दिए । गाउँ पुग्ने पाहुनालाई गाउँकै अग्र्यानिक खानाको स्वाद पस्किने गरेको उनले बताए । कार्यक्रममा नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङले ग्रामिण पर्यटन प्रवद्र्धनमा संघले स्थापनाकाल देखि नै भूमिका खेल्दै आएकाले यसलाई निरन्तरता दिदैं जाने बताए । यसमा पालिका, वडा, स्थानीय समुदाय र फोटो पत्रकारको समन्वय अपरिहार्य रहेको उनको भनाइ थियो । संघकी सह–सचिव दुर्गा रानामगरले फोटो र पर्यटन एकअर्काको परिपुरक भएको बताइन् । सोही कारण मादीको पर्यटकीय गाउँ याङ्जाकोटमा अन्तरक्रिया आयोजना गरिएको उनको भनाइ थियो । संघकी उपाध्यक्ष राधिका कंडलले संयोजन गरेको अन्तरक्रिया कार्यक्रम पत्रकार, स्थानीय, जनप्रतिनिधिसहित ६० जनाको सहभागिता रहेको थियो ।
काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा ५०७ जनाविरुद्ध उजुरी परेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अनुशासन उलङ्घन गर्ने पाँच सय सात जनाविरुद्ध अध्ययन गरी चाँडो टुङ्गोमा पुर्याउने निर्णय गरेको छ । बैठकमा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेका, निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचारप्रसारमा प्रत्यक्ष सहभागी भएका, पार्टी उम्मेदवारका विरुद्ध अप्रत्यक्ष रूपमा विपक्षीलाई टेवा पुर्याएका, निर्वाचनमा कांग्रेसलाई मत नमागी ‘साइलेन्स किलिङ’को काम गरेका र कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भई प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका विरुद्ध छलफल भएको थियो । बैठकले छानविनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लङ्घन गरेको भनी आरोप लागेका व्यक्तिबाट सात दिनभित्र स्पष्टीकरण (सफाइ) माग गर्ने निर्णय गरेको समितिका सचिव दिनेश थापामगरले जानकारी दिनुभयो । यसैगरी, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराएको छ । आगामी दिनमा यस्ता गलत काम गर्ने जोकोही व्यक्तिउपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) र प्रचलित नेपाल कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णयसमेत बैठकले गरेको छ । बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा पार्टीका सदस्यले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी २०८२ चैत मसान्तभित्र नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गरेको छ । उक्त समयपछि आएका उजुरीउपर कुनै कारबाही नगर्नेसमेत समितिले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन हुनुभएको छ । एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन हुनुभएको हो । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन हुनुभएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिनुभयो । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिनुभयो । प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।
पोखरा: ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा पुन: प्रदर्शन हुने भएको छ । नेपाली भाषामा रहेको गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ चैत २५ गते मिडटाउन फिल्म हलमा पुन: प्रदर्शन हुन लागेको हो । सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी (प्रिमियर) शो ६ र ७ गते श्रीकृष्ण चलचित्र हलमा प्रदर्शन गरिएको चलचित्रका निर्माता तथा नायक लामा अमृत गुरुङले जानकारी दिए । ‘घान्द्रुकको पर्यटकीय क्षेत्रमा निर्माण गरिएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखरामा चैत १ गते भिआइपी शोसहित ३ वटा शो प्रदर्शन भइसकेको छ’, निर्माता गुरुङले भने, ‘पोखरापछि विदेशमा समेत चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेका छौं, चलचित्र प्रदर्शनका लागि दर्शकहरुबाट माग आएपछि हामीले चैत २५ गते मिडटाउन फिल्म हलमा पुनः प्रदर्शन गर्न लागेका हौं ।’ चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङले प्रमुख भूमिका निर्वाह गरेका छन् । चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।
काठमाडौं: काठमाडौैंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उहाँलाई आज बिहान कोटेश्वरको सुविधानगरबाट नियन्त्रणमा लिएको हो । गत भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले उक्त आन्दोलनमा बल प्रयोग गर्न निर्देशन दिएको जनाउँदै तत्कालीन पूर्वप्रजिअ रिजाललाई कारबाही सिफारिस गरेको जनाइएको छ । पक्राउ पर्नुभएका पूर्वप्रजिअ रिजाललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाउने तयारी भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिनुभयो । अब जिल्ला अदालतबाट म्याद थप गरी उहाँमाथि अनुसन्धान प्रक्रिया अघि बढ्नेछ ।
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ । पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो । यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे । सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् । यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे । विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् । सो अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे । उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे । उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए ।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिनुभयो । उहाँमाथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।
पाेखरा: माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकालिले जितेको छ । प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका तनहुँलाई हराउँदै बौदीकालीले उपाधि जितेको हो । उपाधि जितेको बौदीकालिले नगद रु २ लाख ट्रफी र मेडल प्राप्त ग¥यो । भने, उपविजेता बनेको शुक्लागण्डकीले नगद रु १ लाख ट्रफी र मेडल हात पार्याे । सेमिफाइनलमा स्थान बनाएका अन्नपूर्ण र बिरुवा गाउँपालिकालाई नगद रु २५÷२५ हजार प्रदान गरिएको खेल संयोजक लेखनाथ लम्सालले जानकारी दिए । उनका अनुसार पुरुषतर्फ बौदीकालीका हिमाल सुनारी उत्कृष्ट खेलाडी, शुक्लागण्डकीका इश्वर सुंवार उत्कृष्ट स्पाइकर, बौदीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर, बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर, शुक्लाका मदन ठकुरी बेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीका जितबहादुर थापा घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो । यस्तै महिलातर्फ उपाधि एलिट भलिबल एकेडेमीले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । त्यसैगरी उपविजेता बनेको शान्ता भलिबल टे«निङ सेन्टरले नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो । सेमिफाइनलमा पराजित भएको टिम बागलुङ र बागलुङ जौमिनीले नगद रु १५÷१५ हजार प्राप्त गर्याे । विधागततर्फ एलिटकी जेनीसा विक उत्कृष्ट खेलाडी, शान्ताकी साजना नेपाली उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर सलिना गुरुङ र एलिटकी रोस्मिना गुरुङ उत्कृष्ट सेटर, रिक्जना भोटे उत्कृष्ट सर्भर र शान्ताकी पृथ्वी धा उत्कृष्ट डिफेन्डर साथै एलिटकी मलिन रोका उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरूलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक प्रदान गरिएको थियो । छोलो तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितिय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना भए । छोलो मा प्रथमले नगद रु १० हजार , द्धितियले नगद रु ५ हजार , तृतीयले नगद रु २ हजार र सान्त्वनाले नगद रु १ प्राप्त गरे । प्रतियोगिता चैत्र ११ गते देखि १४ गते सम्म चलेको थियो ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:-

