पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

  पर्वत । तनहुँदेखि मुस्ताङसम्मको यात्रामा निस्केका दश जना युवा हिजो शनिबार कुश्माको ‘द क्लिफ रिसोर्ट’मा भेटिए । ‘बञ्जीजम्प’ गर्ने योजनासहित कुश्मालाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाए पनि उनीहरुले ‘बञ्जीजम्प’ गर्न भने पाएनन् ।  “एक साताअघिदेखि नै बुकिङ हुने रहेछ त्यसैले हाम्रो पालो आउने कुरै भएन”, समूहका एक सदस्य दीपेश पौडेलले भन्नुभयो, “त्यसको साटो ‘जिपलाइन’को अनुभव लियौँ ।” उहाँले शनिबार कुश्मामै बसेर आइतबार बिहानै मुस्ताङको यात्रा तय गर्ने बताउनुभयो । ् त्यसैगरी चितवनबाट आउनु भएकी शर्मिला गुरुङ पनि झोलुङ्गे पुलमा श्रीमान र छोरीसहित तस्बिर कैद गर्दै हुनुहुन्थ्यो । दसैँमा आउने योजना बनाए पनि झरीले योजना तिहारमा सफल भएको उहाँले बताउनुभयो ।  पछिल्लो समय कुश्मा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मुस्ताङ जाने पर्यटक मात्रै नभइ पोखरासम्म पुग्ने पर्यटकहरु पनि बञ्जी, जीपलाइन लगायतको अनुभव लिन कुश्मासम्म पुग्न थालेका छन् ।  तर कुश्मालाई नै गन्तव्य बनाउने आउने पर्यटकको संख्या भने निकै कम भएको रेष्टुराँ व्यवसायी मौसम केसीले बताउनुभयो । “कुश्मासम्म आए पनि बास बस्ने पर्यटकहरु कम हुनुहुन्छ,” उहाँले भन्नुभयो, “धेरै जसो पर्यटक निजी गाडीमा बञ्जी हेर्न आउने र पोखरा फर्कनुहुन्छ यसरी बजार प्रवद्र्धन हुँदैन ।” शनिबार मात्रै कुश्माको झोलुङुगे पुल तर्नेको संख्या  दुई हजारभन्दा बढी रहेको ‘द क्लिफ’ कम्पनीले जानकारी दिएको छ । पुल तर्न मात्रै प्रतिव्यक्ति रु पाँच सय तोकिएको छ । कम्पनीका अनुसार हाल औसतमा दैनिक ६० देखि ६५ जनाले बञ्जीजम्प गर्दै आएको सञ्चालक नेत्र पराजुलीले बताउनुभयो ।  “म बिहानैदेखि खटिएको थिए, शनिबार स्काइ साइक्लिङ, स्काइचियर, स्काइक्याफे, गुलेली पिङ खेल्नेहरुको भिड थियो”, उहाँले भन्नुभयो, “रिसोर्टमा बास बस्ने ‘टेन्ट’ पनि भरिभराउ थिए ।”

   बागलुङ । ढुङ्गाले बान्की मिलाएर छाएको छानो, ढुङ्गाकै गारो, रातो माटो र सेतो कमेरोले पोतेर श्रृङ्गार गरिएका घुमाउने घरहरु पछिल्लो समय ग्रामीण क्षेत्रबाट लोप हुँदै गएका छन् । एकाध भेटिए पनि जीर्ण अवस्थामा मात्रै भेटिन्छन् । कलात्मक शैलीका झ्याल तथा ढोका भएका र  मौलिकतासँग जोडिएका घुमाउने घर बनाउने सिकर्मी डकर्मीसमेत अचेल पाइँदैनन् । पछिल्लो समय आधुनिकता हावी हुँदा यस्ता मौलिक घर लोप हुँदै गएको स्थानीयहरुको बुझाइ छ । मगर र गुरुङ समूदायको पहिचानसँग जोडिएका यस्ता घुमाउने घर संरक्षण अभावमा लोप हुँदै गएको निसीखोला गाउँपालिका(१ का थिर्तराम गुरुङको भनाइ छ । उहाँले परम्परागतभन्दा आधुनिक शैलीका घर बनाउन सहज हुने भएपछि घुमाउने घर संकटमा पारेको बताउनुहुन्छ । “१२र१५ वर्ष अघिसम्म गाउँका धेरै स्थानमा घुमाउने घरहरु भेटिन्थे, अहिले १र२ वटा पनि भेट्याउन मुस्किल पर्छ, घुमाउने घर बनाउन सोही किसिमको सीप चाहिन्छ”, उहाँले भन्नुभयो, “तर अहिले सिमेन्ट, गिट्टी र बालुवा बनाउन सजिलो हुन थाल्यो ।” गुरुङ घुमाउने घर निर्माण गर्ने मिस्त्रीहरुको सीप पुस्तान्तरण नहुँदा लोप हुँदै गएको बताउनुहुन्छ ।  त्यस्तै, स्थानीय पूर्णबहादुर घर्ती मगरले भन्नुभयो, “घुमाउने घर मगर र गुरुङको पहिचानसँग जोडिएको छ, तर हामी नै यसको संरक्षण गर्न सकेका छैनौँ, आगामी दिनमा यसको संरक्षणमा काम गर्ने को नै होला र ?” निसीखोला गाउँपालिका(६ का नरसिंह बुढामगर घुमाउने घरको संरक्षण गर्न सक्ने हो भने आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताउहुन्छ । यस्ता घरहरुलाई नयाँ ढंगले संरक्षण र मर्मत गरी सञ्चालन गर्न पनि सकिने उहाँको भनाइ छ । गाउँ ठाउँमा भएका घुमाउने घरको तथ्याङ्क संकलन गर्ने र पुनःनिर्माण गरि संग्राहलयको रुपमा विकास गर्न सकिने उहाँको सुझाव छ ।  घुमाउने घर आधुनिक घरभन्दा न्यानो हुने हुँदा गुरुङ र मगरहरु यस्ता घर बनाउनमा बढी केन्द्रित हुने गरेको उहाँको भनाइ छ । उच्च पहाडी क्षेत्रमा जनजाति समूदायको बसोबास बढी हुने र त्यस्ता स्थानहरुमा बढी जाडो हुने हुँदा न्यानोका लागि घुमाउने घर बनाउने गरेको उहाँको भनाइ छ ।

स्याङ्जा: प्रतिनिधि सभा सदस्य उम्मेदवार बोधराज रेग्मीले अति विपन्न परिवारका लागि रासन कार्डको व्यवस्था गर्ने बताएका छन् ।   राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्याङ्जा क्षेत्र नं १ बाट उम्मेदवार बनेका रेग्मीले उक्त कुरा बताएका हुन् ।  चुनावी अभियानमा जुटेका उनले स्याङजा क्षेत्र १ को विकासका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताए । ‘स्थानीय निकायहरुसँग समन्वय गरी अति विपन्न वर्गका लागि रासन कार्डको व्यवस्था गर्न पहल गर्नेछु’ उनले भने,‘हामीले सद्यैँ सुन्दै आएका हौँ गरिबी निवारण हुन्छ भन्दै तर अहिलेसम्म खै कहाँ के भयो ? सद्यैँ हामीलाई झुटा आश्वासन मात्रै बाडियो त्यहि कारण म यहाँबाट उम्मेदवार बनेको हुँ ।’  उनले २०४७ सालदेखि पछाडी उच्च पदमा रहेका राजनीतिज्ञ र उच्च पदमा रहेका कर्मचारीको सम्पत्ति छानविन गरी कारवाही गर्न विशेष पहल गर्ने समेत बताए ।   

महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले छठ पर्वको रौनक छ । पर्वको तेस्रो र मुख्य दिन मानिने आज  बर्तालु निराहार व्रत गरिरहेका छन् ।  साँझ नै बर्तालुले  पवित्र जलाशयमा सजाइएको घाटमा मिष्टान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् । यो विधिलाई मिथिलाको बोलीचालीमा ‘सझिया घाट’ र ‘सझुका अरख’ भन्ने गरिन्छ । मिथिला अहिले ‘सझुका अरख’ को तयारीमा देखिँदो छ ।   यसअघि बर्तालुले कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ र ‘अरबाअर्वाइन’ को पहिलो विधि गत शुक्रबार नै सम्पन्न गरिसकेका छन् । त्यसैगरी हिजो शनिबार पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिएको छ । श्रद्धा, निष्ठा र भक्तिसाथ मनाइने छठ पर्वका अवसरमा मिथिलाका गाउँ, नगर बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिँदा छन् । बर्तालुले सोमबार सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि  छठ पर्व विधिवतरूपमा समापन हुनेछ । व्रत समापन गरिने बिहानको यो विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।   यसअघि गत शुक्रबार पवित्र स्नान गरी व्रत सङ्कल्प गर्दै उसिना चामल, माछा–मासु, मुसुरो, लसुन–प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर बर्तालुले ‘अरबाअर्बाइन’ र ‘नहाय–खाय’ एवं हिजो शनिबार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो ९सख्खरमा पकाइएको खीरमात्र खाएर० ‘खरना’ विधि सम्पन्न गरेका थिए ।   केही दशकअघि मिथिला र तराई क्षेत्रको मात्र मुख्य पर्व मानिने छठ अब नेपालको सन्दर्भमा राष्ट्रिय पर्व नै  बनिसकेको छ । अब मुलुकको राजधानीसहित विभिन्न ठाउँमा उत्सवकै रूपमा छठ गरिन थालिएको छ । केही वर्षयता सामान्य परिस्थिति रहँदा राष्ट्रप्रमुख ९राष्ट्रपति० नै राजधानीको रानीपोखरीसहितका छठ घाटमा पुग्न थालेपछि यसको महत्ता अझ बढेको पाका मैथिलको भनाइ छ । पाहाड, मधेस र विभिन्न परम्पराका नेपालीबीच सांस्कृतिक घुलमिलले छठ पर्वमात्र नभएर अन्य धेरै चाडबाड साझा बन्दै गएका मैथिल बुद्धिजीवी बताउँछन् ।

  तनहुँ । कोभिड–१९ को सङ्क्रमणले देशकै अवस्था प्रभावित हुँदा तनहुँको पर्यटकीय नगरी बन्दीपुरको पर्यटनमा असर नपुग्ने कुरै भएन । कोभिड–१९ को सङ्क्रमणका कारण बन्दीपुरको पर्यटन व्यवसाय नराम्ररी प्रभावित बन्यो ।      विदेशी त परको कुरा, स्वदेशी पर्यटक पनि बन्दीपुरमा देखिन मुस्किल परे । कोभिड–१९ को सङ्क्रमण घट्दै गएपछि स्वदेशी पर्यटक फाट्टफुट्ट बन्दीपुरमा देखिन थाले । पर्यटन व्यवसायबाटै गुजारा चलाउँदै आएका यहाँका व्यवसायीमा केही राहतको महशुस हुन थाल्यो ।     बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ । तिहारको लामो बिदाका कारण बन्दीपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधान बताउनुहुन्छ ।      “बन्दीपुरमा विदेशी पर्यटक देख्न मुस्किल भइसकेको थियो, शुक्रबार मात्रै एक सय विदेशी पर्यटक बन्दीपुर आइपुगेका छन्”, प्रधानले भन्नुभयो, “स्वदेशी पर्यटकको आगमन पनि उल्लेख्य छ ।” विदेशी पर्यटकको सहभागितामा आज बन्दीपुरमा दौड प्रतियोगिता आयोजना हुँदैछ ।     प्रधानका अनुसार शुक्रबार र शनिबार गरी बन्दीपुरमा पाँच हजारभन्दा बढी स्वदेशी पर्यटक आएका छन् । “तिहार र छठका कारण लामो बिदा परेकाले स्वदेशी पर्यटकमा घुम्ने संस्कृतिको विकास भएको छ”, उहाँले भन्नुभयो, “दसैँ बिदामा पनि स्वदेशी पर्यटकको बन्दीपुरमा आगमन भएको थियो ।”     जाडो मौसम सुरु भएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन् । होटल व्यवसायी बसन्त पौडेलले अब बन्दीपुरमा पर्यटकको आगमन बढ्ने बताउनुभयो । यो मौसम विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउनेक्रम बढ्नेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।      बन्दीपुर आउने विदेशी पर्यटकमध्ये फ्रान्स, बेलायतका बढी छन् । चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प छ । “पहिलापहिला बन्दीपुरमा सबैभन्दा बढी पर्यटक चिनियाँ हुन्थे, तर अहिले चिनियाँ पर्यटक ठप्प छन्, युरोपेली मुलुकका पर्यटक आउँछन्”, पौडेलले भन्नुभयो ।     “नेपाल आएका पर्यटक पोखरा, सौराहालगायतका ठाउँसम्म घुम्न निस्किने र त्यही बेला बन्दीपुर भ्रमणका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो, “यहाँको रीतिरिवाज, रहनसहन देखेर उनीहरु मख्ख पर्छन् ।”     सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छ्रु, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ ।      भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । 

पोखरा:  फुटबलर अञ्जन देवकोटालाई बगर भाइखलकले उपचारका लागि १ लाख आर्थिक सहयोग गरेको छ ।   पोखरेली फुटबलर देवकोटाको बायाँ घुँडाको अप्रेशनका लागि १ लाख सहयोग प्रदान गरिएको पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका भाइखलकका सदस्य इश्वर (चन्द्र) गुरुङले जानकारी दिए ।   उनका अनुसार  पोखरा महानगरपालिका १ निवासी फुटबलर देवकोटालाई स्पोर्टस् क्यासलमा आज (शनिबार) एक कार्यक्रमको आयोजना गरि सहयोग रकम हस्तान्तरण गरिएको हो ।   ‘उनको सामान्य उपचारले मात्रै नहुने भएपछि अप्रेशन नै गर्नुपर्ने भनिएपछि हामीले केही आर्थिक सहयोग गरेका हौं, गुरुङले भने, ‘यो सहयोग रकम यथेष्ट नभएपनि केही सघाउ पुग्नेछ ।’   फुटबलर देवकोटा दमौलीमा भएको खेलमा घाइते भएका थिए ।    सहयोग ग्रहणपश्चात बोल्दै देवकोटाले बगर भाइखलकप्रति आभार प्रकट गरे । ‘मेरो खुट्टाको उपचारका लागि भाइखलकका मामाहरुले सहयोग जुटाइदिनु भयो । त्यसको लागि बगर भाइखलकका मामाहरुप्रति एकदमै आभारी छु ।’ उनले भने ।   उनले बगर भाइखलकसँगै अन्य विभिन्न व्यक्तित्वहरुले समेत सहयोग प्रदान गरिरहेको जानकारी दिदैं सफल अप्रेशनपछि फेरि खेलमा फर्किने बताए । ‘मेरो अप्रेशन सफल भइसकेपछि डाक्टरको सल्लाह सुझाव अनुसार म केही महिनाको बेडरेष्टमा हुनेछु, ‘पूर्ण रुपमा ठिक भएपछि फेरि मैदानमा फर्किनेछु ।’    फुटबलर देवकोटा विभिन्न प्रतिष्ठित क्लबहरुबाट फुटबल प्रतियोगिता खेल्दै आएका थिए ।    सोही कार्यक्रमकै अवसरमा पोर्चुगल जान लागेका क्लबका खगेन्द्र गुरुङ (कान्छा) लाई खलकका पदाधिकारीहरुले खादा लगाएर विदाई गरिएको थियो ।     

पोखरा:  पोखरा महानगरपालिका १ मा सक्रिय रहदैं आएको भीमकाली साँझबाट ६ लाख संकलन भएको छ ।   नेपालीहरुको चाड तिहारको अवसरमा आयोजित दोस्रो भीमकाली साँझ देउसी भैलो तथा साँस्कृतिक कार्यक्रमबाट ६ लाख बढी संकलन भएको क्लबका सदस्य अनिश गुरुङले जानकारी दिए ।   उनका अनुसार सो रकम सामाजिक क्रियाकलापमा खर्च गरिनेछ । ‘हामीले भीमकाली साँझबाट उठेको रमक अनावश्यक रुपमा खर्च गर्दैनौ, उनले भने, ‘विगतमा पनि विभिन्न सामाजिक क्रियाकलापमा संलग्न हुदैं आएका छौं । यसपटक उठेको रकम कोष र केही सामाजिक काममै खर्च गर्नेछौं ।’   उनले तिहारको अवसरमा पोखरा १ बगरस्थित भीमकालीपाटन लगायतका टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको स्मरण गरे । ‘हामीले तिहारको अवसरमा सरसफाई कार्यक्रम, कोरोना भाइरसको महामारीको समयमा विपन्न परिवारलाई राहात, रक्तदान तथा सचेतनामुलक कार्यक्रमहरु सम्पन्न गरिसकेका छौं, गुरुङले भने, ‘आगामी दिनमापनि हामीले युवाहरुलाई लक्षित गरेर यस्तै सकरात्मक र रचनात्मक कार्यक्रमलाई अघि सार्नेछौं ।’   यसअघि उक्त भीमकाली साँझको उद्घाटन पोखरा महानरपालिका १ का वडाध्यक्ष शाहरा प्रधानले गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले भीमकाली क्लबले सन्देशमुलक कार्य गर्दै आएको बताउदै अन्य संघ संस्थाहरुलेसमेत अनुशरण गर्नुेपर्ने बताए ।   उनले क्लबको चौतर्फी विकासको लागि वडा कार्यलयको तर्फबाट सधै सहयोग गर्न तयार रहेको बताउदै भने, ‘तपाइहरुले गरेको सकरात्मक कार्यको लागि हामी सदैब साथ दिन तयार छौं । ’     उनले १ नम्बर वडालाई नमुना वडा बनाउनका लागि स्थानीय क्लब तथा टोल विकास संस्थाहरुको आवश्यकता रहने धारणा राखे । ‘हाम्रो वडालाई नमुना वडा बनाउनका लागि  यहाँहरु जस्तै विभिन्न क्लब तथा टोलविकास संस्थाको आवश्यकता रहन्छ । त्यसको लागि सबै हातेमालो गर्न आवश्यक हुन्छ,  उनले भने, ‘त्यसैले यहाँहरुको रचनात्मक र सकरात्मक कार्यक्रमको हामी सधै उच्च कदर गर्नेछौं ।’    सोही कार्यक्रमको अवसरमा गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत फुटबलमा कास्य पदक प्राप्त गरेका गण्डकी प्रदेशका सुमित श्रेष्ठ र स्क्वासमा लुम्बिनी प्रदेशबाट कास्य पदक जितेका क्लबका सदस्य अर्जुन गाहा (सुशान्त) मगरलाई सम्मानसमेत गरिएको थियो ।    

  विराटनगर । तिहारपछि तराईमा उमङ्गका साथ मनाइने ‘छठ’पर्वका लागि बजारमा किनमेल गर्नेको अत्यधिक भीड लागेको पाइएको छ । यो भीड ‘छठ’ पूजाका लागि आवश्यक सामग्री खरिद गर्न लागेको हो ।    छठ पर्वका लागि पसलेले पनि आफ्ना सामान बिक्री गर्न व्यस्त देखिएका छन् । विराटनगरमा मात्र नभएर यो पर्व मनाउने क्षेत्रका बजार भीड देखिएको हो ।     लक्ष्मी पूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट ‘छठ’पर्व विधिवत्रूपमा आरम्भ हुन्छ । यसका लागि चाहिने सामग्री हरियो तरकारी र फलफूल स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, भोगटे, उखु, हरियो बोडी, मूला, अदुवाको बोट पर्छन् ।      पूजाका लागि बर्तालु एवं श्रद्धालुले बाँसका सामग्रीमा कोनिया, ढाकी र नाङ्लो पनि खरिद गर्ने गर्दछन् । ‘छठ’पर्व मनाउने पोखरीको डिल, नहर र नदी किनारको सरसफाइ गर्दै आफ्ना लागि पूजास्थल सुरक्षित बनाउन थालेका छन् । घाटलाई आकर्षक एवं सजावट गर्न बर्तालुले लागिपरेका छन् ।          विराटनगरको सिङ्घिया खोला, केसलिया नदी, सुनसरी मोरङको सिँचाइ आयोजनाको नहर, पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जाका साथ घाट निर्माणमा जुटेका छन् ।     ‘छठ’ पर्व हेतु विराटनगर महानगरपालिकाले सुनसरी मोरङ सिँचाइ आयोजनाको समन्वय एवं सहकार्यमा विराटनगर क्षेत्रभित्र रहेका नहरलाई सरसफाइ पनि सम्पन्न गरेको छ । यसले घाट निर्माण गर्दा बर्तालु एवं श्रद्धालुलाई पूजापाठ गर्न निकै सहज भएको छ ।      विराटनगर–११ पिचरामा स्थानीय युवा क्लब र संस्थाको अग्रसरतामा नहरलाई सिँगार्न जुटेका छन् । शुक्रबारदेखि सुरु भएको ‘पर्व’अन्तर्गत भोलि आइतबार साँझ अस्ताउँदो सूर्यलाई र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न हुन्छ ।      यस पर्वमा ठकुवा, भुसुना, घ्यूमा तयार पारेका अन्य मिठाइ पनि खाने गर्दछन् । यो पर्वका लागि सरकारले आइतबार सार्वजनिक बिदा पनि दिएको छ । यो ‘पर्व’ को रौणक एवं चमक हेर्न आइतबार साँझ र सोमबार बिहान हजारौँ मानिस घाटमा भीड लाग्ने गर्छ ।

  भजनी । अछामको रामारोशन गाउँपालिका १ का प्रेमबहादुर विकको सात रोपनी खेत २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले बगायो । खेतसँगै वर्षभरी खान पुग्ने पाक्ने तयारीमा रहेको धान पनि बग्यो ।  बाढीले खेत र धान बगाएपछि निराश बनेका विकलाई अनुमगनमा पुगेका सांसद तथा मन्त्रीहरुले राहत उपलब्ध गराउने आश्वासन दिए । सांसद तथा मन्त्रीहरुबाट आश्वासन पाएपछि विकले केही राहतले श्वास फेर्नुभयो ।   तर आश्वासन पाए पनि विकले हालसम्म पनि राहत पाउनु भएको छैन । बाढीले बगाएको विकको खेत अहिले बगरमा परिणत भएको छ । प्रेमबहादुरको खेत मात्रै होइन त्यो बेलाको नयन विकको चार रोपनी खेत बगाएको थियो । प्रेमबहादुर र नयन विक तत्कालीन समयमा पाएको आश्वासन पूरा नहुँदा राजनीतिक दलका नेताहरुप्रति असन्तुष्ट बन्नुभएको छ ।   उहाँहरु आसन्न निर्वाचनमा गाउँमा पुग्ने नेताहरुलाई यही प्रश्न सोध्ने तयारीमा हुनुहुन्छ । “विपदको समयमा कसैले केही नगर्ने र निर्वाचनमा आफ्नो हुँ भन्दै आउने नेताहरुलाई भोट किन दिने भन्दै प्रश्न सोध्नेछु”, नयन विकले भन्नुभयो ।  हामीलाई राहत चाहिएको बेला नदिनेलाई अहिले कसरी भोट दिने ? भन्दै नयन विकले प्रश्न गर्नुभयो ।  “हामी दुई वर्षदेखि खेतीपातीविहीन हुँदा पनि के खायौँ भनेर कसैले सोधेन,” नयन विकले भन्नुभयो, “चुनाव आएपछि सबै समस्याको समाधान हामी गर्छौँ भन्नेलाई कसरी विश्वास गर्नु ?” प्रेमबहादुर र नयनको मात्रै होइन, त्यो बाढीले स्थानीय नामसरा खनाल खेत पनि बगाएको थियो ।  “५० क्विन्टलसम्म धान फल्ने खेत बाढीले एकै झड्कामा बगायो”, खनालले भन्नुभयो, “सन्तानको अध्ययन र घर खर्चको माध्यम नै यही खेत थियो तर यस्तो समस्यामा पनि पर्दा सोधपुछ गर्न कोही आएनन् ।”     कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीयमा बाँकी छ । बाढीले अस्तव्यस्त भएको रामारोशनका स्थानीयबासीको जीवन पुरानो लयमा फर्कन अझै सकेको छैन । सङ्घ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउनुहुन्छ ।  “पछिल्लो दुई वर्षको अवधिमा व्यवस्थापनका लागि कैयन प्रयास भए तर काम हुन सकेन”, उहाँले भन्नुभयो ।   उहाँले आसन्न निर्वाचनमा राजनीतिक पार्टी हेरेर भन्दा पनि उम्मेदवारको क्षमताका आधारमा मतदान गर्न आह्वान गरेको बताउनुभयो ।  “कैलाश खोला हाम्रा लागि लामो समयदेखि समस्या बनेको छ छ । निर्वाचनमा जसले खोला नियन्त्रणका लागि ठोस योजनाका ल्याउँछ हामी उसैलाई भोट दिन्छौँ”, उहाँले भन्नुभयो ।    तत्कालीन बाढीले क्षति पु¥याएको जयगड, रामारोशन सडक पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी साधारण बाटो खोलेर सवारीसाधन सञ्चालनमा आउने गरे पनि सहजरुपमा सडक सञ्जाल विस्तार नसकेको हो । सुदूरपश्चिम प्रदेश सरकारले जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरु गरेपछि खोलाको कटानको बाहनामा निर्माण कम्पनीले काम नै बन्द गरेको छ । बाढीले कटान गरेका कैयौँ ठाउँमा नयाँ साधारण बाटो खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन ।  आसन्न निर्वाचनमा प्रतिनिधिसभाको निर्वाचनका लागि गठबन्धनको तर्फबाट शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपटबहादुर बोहराबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।  साथै, प्रदेश ‘क’ बाट गठबन्धनतर्फबाट नेपाली कांग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश ‘ख’ बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैसी प्रतिस्पर्धामा हुनुहुन्छ ।