पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्।   जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए।   डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।   घरको पछाडिबाट घरभित्र छिरेका उनीहरुले भित्र छिर्नेबित्तिकै चारै जनामाथि धारिलो हतियार प्रहार गर्दै टाउको फुटाउनुका साथै हात, मुक्का र लात्तीले पटक–पटक हान्दै १ः३० देखि करिब २ बजेसम्म लुटपाट गरेका पीडित परिवारले जनाएका छन्।   डाकाको प्रहारबाट घाइते भएका सबैको प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए।​डाकाहरुले चौधरीको घरबाट रू एक लाख नगद, ४० तोला बढी सुनका गरगहना, अढाई किलो चाँदीका गरगहना, एक लाख ७५ हजार मूल्य बराबारको मोबाइल फोन मोबाइल १ थान गरी ५० लाख बढी लुटपाट गरेका छन्।   अस्पतालमा उपचाररत चौधरीका बुवा भुवनेश्वरको टाउकोमा आठ वटा टाँका लगाइएको छ भने अन्यको पनि टाउकोमा चोट लागेको प्रहरी उपरीक्षक मल्लले बताए।​ 

सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्।   प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्। विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ। मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो।​ साहको शव विद्यालयमै फेला परेको हो। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।  

कञ्चनपुरमा बेपत्ता महिला मृत अवस्थामा फेला परेकी छन् ।   आइतबारदेखि बेपत्ता भएकी शुक्लाफाँटा नगरपालिका-७ कि नारूदेवी जोशी मृत भेटिएको प्रहरीले जनाएको छ ।   जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जोशी सोमबार बिहान मध्यवर्ती सामुदायिक वनमा उनी मृत अवस्थामा भेटिएको जानकारी दिए ।   उनका अनुसार मृत भेटिएकी महिलाको घाँटीमा निलडाम रहेकाले हत्याको आशंका गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको छ ।   बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले दाङको लमही नगरपालिका वडा नम्बर ८ सतबरीयामा साइकललाई ठक्कर दिँदा साइकलयात्री स्थानीय ५५ वर्षका भीमसेन थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।   मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका वडा नम्बर ५ का २३ वर्षका राजेश देवकोटा घाइते भएका छन् ।

रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ  । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।     जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका मृत्युहुनेमा बर्दियाका दुई र रोल्पाका एकजना रहेका छन् । उहाँका अनुसार मृत्यु हुनेमा बर्दियाका ४७ वर्षीय खड्क विक र ३६ वर्षीय अनिल विक रहेका छन । उनीहरुको आठविसकोट–१४ को छेपारेमा मृत्यु भएको हो । त्यस्तै रुकुम पूर्व बस्दै आउनुभएका रोल्पाका ३० वर्षीय किस्मत पुनमगरको पनि  भूकम्पमा परी मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।   पुनमगर पुनःनिर्माण कम्पनीको गाडी चालक हुनुहुन्थ्यो । रुकुम पश्चिममा भूकम्पमा परी तीन जना जिल्ला  बाहिरका सहित ५२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

नेपाल प्रहरीको साइबर ब्यूरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सोधपुछ गरेको छ।   प्रसाईंलाई आइतबार दिउँसो भोटाहिटीस्थित साइबर ब्‍यूरोमा बोलाएर केहीबेर सोधपुछ गरिएको प्रहरीले जानकारी दिएको छ।   ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले अनुसन्धान अधिकृतले केही विषयमा बुझ्नका लागि प्रसाईंलाई बोलाएको बताए।    ‘केही कुरा भेरिफाइ गर्नुपर्ने भएकाले अनुसन्धान अधिकृतले बोलाउनुभएको थियो,’ उनले भने। के विषयमा प्रसाईंसँग सोधपुछ गरिएको हो भन्नेबारे प्रहरीले खुलाएको छैन। साइबर ब्यूरोबाट फर्किएपछि प्रसाईंले आफूले धेरै बोलेकाले प्रहरीले नबोल्न आग्रह गरेको बताए।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा शनिबार राति थप छ जनालाई उपचारका लागि ल्याइएको छ ।   शनिबार राति १२ स् ३० बजे भूकम्पमा परी घाइते भएका बिरामीलाई एम्बुलेन्सबाट उपचारका लागि ल्याइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार उपचारार्थ ल्याइएकामध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका छन् भने चारजना सानिभेरी गाउँपालिका रुकुमका छन् । हालसम्म भेरी अस्पतालमा उपचारका लागि ल्याइएका घाइतेको सङ्ख्या ३९ पुगेको प्रजिअ पोखरेलले बताए ।   घाइतेमध्ये ३७ जनाको विशेष सेवा प्रदायक अस्पताल बनाइएको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।   कोहलपुर मेडिकल कलेजमा उपचार गराइरहेका एकजना घाइतेलाई पनि आइतबार भेरीमै ल्याउने तयारी गरिएको पनि उनले बताए ।  

पोखरा महानगरका–१५ नयाँ गाउँ नजिक सेती नदीको खोँचमा खसेका युवकलाई प्रहरीले निकालेको छ । शनिबार राति ७ः४५ बजेतिर नदी छेउमा धाँजा फाटेको ठाउँमा खसेका पर्वतको फलेवास–३ का १९ वर्षीय सुदीप विकलाई प्रहरीले निकालेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।   सुदीप नयाँ गाउँमा दाइको घरमा बस्दै आउनुभएको थियो । उहाँको उद्धारका लागि वडा प्रहरी कार्यालय रामबजारबाट सात जनाको प्रहरी टोली, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट छ जनाको रेस्क्यु टोली र सशस्त्र बल नेपाल नं। २४ गण कालिका कास्कीबाट ११ जनाको उद्धार टोली खटिएको थियो । टोलीले शनिबार राति १० बजे विकलाई उद्धार गरेको हो ।   शरीरमा सामान्य दधारिएकोबाहेक उहाँको स्वास्थ्य अवस्था सामान्य छ । विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रवार रातिको भूकम्पबाट अवरुद्ध भएका जाजरकोट तथा रुकुम पश्चिमका सडक सञ्चालनमा आएका छन् । सडक डिभिजन चौरजहारी र भेरी करिडोरको प्रयासमा सडक खुलाइएको हो ।   भेरी करिडोरको जाजरकोट खलङ्गाबाट नलगाडसम्मको सडक खुलाइएको छ । त्यस्तै, सडक डिभिजन चौरजहारीले जिल्लाका अन्य सडकसमेत खुलाइएको छ ।   रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाभित्रका सडकसमेत खुलाइएको छ । राहत तथा उद्धारमा सहजता ल्याउनका लागि तत्काल सडक सञ्चालन गरिएको सडक डिभिजन चौरजहारीका प्रमुख ई तेजस्वी शर्माले जानकारी दिनुभयो ।   राहत तथा पुनःस्थापनाका लागि सडक पहिलो आधार भएकाले तत्काल सडक खुलाइएको हो ।