पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

रुकुम पश्चिममा भूकम्पका कारण ज्यान गुमाएकाका परिवारलाई आजदेखि राहत रकम वितरण गरिँदैछ ।   सरकारले भूकम्पमा परि ज्यान गुमाएकाका परिवारका लागि दुई लाख रुपैयाँ दिने घोषणा गरेको थियो । त्यही रकम आजदेखि वितरण गरिने रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले  जानकारी दिनुभयो । उहाँका अनुसार आज सानीभेरी गाउँपालिकाबाट राहत रकम वितरण थालिनेछ ।   सानीभेरीमा भूकम्पमा परि १० जनाले ज्यान गुमाएका थिए । यस्तै, भोलि आठबीसकोट नगरपालिकामा राहत रकम वितरण गरिने छ । आठबीसकोटमा भूकम्पका कारण ४२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएकाका नजिकका कानुनी हकवालालाई राहत रकम वितरण गरिने छ ।   भूकम्पमा  परेर पश्चिम रुकुममा ५२ जनाको ज्यान गएको थियो । यसैबीच, जाजरकोटमा भने नगद राहत वितरणमा समय लाग्ने भएको छ । अहिले राहत वितरणमै ध्यान केन्द्रित भएकाले नगद राहत वितरणमा समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले बताउनुभयो ।   ज्यान गुमाएकाका कानुनी हकवालाको पहिचान, मृत्यु दर्ता, प्रहरी मुचुल्कालगायत प्रक्रिया पूरा गर्न बाँकी नै रहेकाले नगद राहतका लागि पीडितले अझै केही समय कुर्नुपर्ने उहाँको भनाइ छ । भूकम्प प्रभावित क्षेत्रमा राहत अभाव भएको छ । भूकम्प गएको एक हप्ता बितिसक्दा समेत धेरैजसो पीडितले राहत पाउन सकेका छैनन् ।    

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंमा राति १ बजेसम्म देउसी भैलो खेल्न पाइने बताएका छन्। त्यसका लागि सुरक्षा व्यवस्था मिलाइएको मेयर बालेनको भनाइ छ।   ‘विगतको वर्षहरूमा कोभिडका कारण र सुरक्षाका कारणले गर्दा तिहारमा देउसी भैलो देल्ने समय काठमाडौंभित्र राती ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,’ मेयर बालेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका लागि पेट्रोलिङको व्यवस्था मिलाएका छौं। सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन अनुरोध गर्दछौं।’   उनले सोहीअनुसार नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन्।

जङ्गली हात्तीको पीडा खेप्दै आएको चार दशकपछि झापाको बाहुनडाँगीमा हात्तीपीडितलाई क्षतिपूर्ति दिलाउन बीमा कार्यक्रम सञ्चालन गरिएको छ । हात्तीले जनधनको निरन्तर क्षति पुर्याउन थालेपछि पीडितलाई राहत दिलाउन मेचीनगर–४ मा जीवन बीमा र घर बीमाको थालनी गरिएको हो ।   शिखर इन्स्योरेन्ससँग गरिएको सम्झौताअनुसार कुनै घरमा हात्तीले क्षति पुर्याएमा बीमा कम्पनीबाट पीडित परिवारले न्यूनतम एक लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति पाउने छन् । प्रतिघरधुरी बीमा गराउन वार्षिकरूपमा ९५ रुपैयाँ मात्र बीमा शुल्क लिइएको छ । सबै घरको बीमा शुल्क वडा कार्यालयसँग भएको सहमतिअनुरुप बर्दियाको उज्यालो नेपाल नामक गैरसरकारी संस्थाले तिरिदिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।   बाहुनडाँगीमा भारतको आसामबाट हात्ती आउने गर्छन् । विगतमा अलग्गै गाविस रहेको बाहुनडाँगी अहिले मेचीनगरअन्तर्गत पर्छ । बाहुनडाँगीका चार वडामध्ये सबैभन्दा बढी पीडा खेपिरहेको वडा नं ४ बाट बीमा शुरु गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो । वडाका सबै परिवारलाई घर बीमामा समावेश हुन वडा कार्यालयले आह्वान गरेको थियो । तर वडाका कुल एक हजार तीन सय दुई परिवारमध्ये छ सय ५९ मात्र बीमामा समावेश हुन आएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।    ुकुनै पनि परिवार नछुटुन् भनेर सबै वडावासीलाई बीमामा समावेश हुन आह्वान गरेका थियौँु, उहाँले भन्नुभयो, ुतर कतिपय कागजात वडा कार्यालयमा बुझाउनै आउनुभएन । जो–जो सम्पर्कमा आउनुभयो, उहाँहरूको घरको बीमा गरेका छौँ ।ु छुट भएका घरलाई पछि समावेश गरिने उहाँले बताउनुभयो ।   वडा कार्यालयकै पहलमा हात्ती नियन्त्रणका लागि परिचालित २५ स्वयंसेवकको समेत जीवन बीमा गरिएको छ । ती स्वयंसेवकलाई गाउँमा आएको हात्ती धपाउन रेपिड रेस्पोन्स टिम ९आरआरटी० को रूपमा तालिम दिएर खटाइएको वडाध्यक्ष कार्की बताउनुहुन्छ ।   हात्ती धपाउन रातभर जाग्राम बसेर गर्नुपर्ने र कुनै पनि बेला आक्रमणमा परिने जोखिम भएकाले आरआरटीका युवाको पाँच लाख रुपैयाँको जीवन बीमा गरिएको उहाँले जानकारी दिनुभयो । बाहुनडाँगीमा परिचालित आरआरटीमा नेपालका २५ र भारतका १५ युवा आबद्ध छन् । गएको वर्षदेखि हात्ती नियन्त्रणमा युवाको यो समूहलाई परिचालन गर्न थालिएको हो ।

धनगढीमा मदिरा चोरेको भन्दै लाठी प्रहार गरेर हत्या अभियोगमा पक्राउ परी प्रहरीको थुनामा रहेका एक जनाको मृत्यु भएको छ।   जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबाका ३१ वर्षीय कृष्ण सेट्टीको मृत्यु भएको हो।   सोमबार दिउँसो मदिरा चोरीको आरोपमा स्थानीय व्यापारीसमेत रहेका सेट्टी सोही ठाउँका ३८ वर्षीय लालबहादुर थापालाई लाठी प्रहार गरेर हत्या गरेको अभियोगमा मंगलबार पक्राउ परेका थिए। जिल्ला अदालत कैलालीबाट म्याद थपसमेत गरेर प्रहरीले अनुसन्धान थालेको थियो।    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदीप चन्दका अनुसार बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो।  सोही क्रममा बेहोस भएका सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो। उनको मृत्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

अछाममा एक जनाको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।   काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पञ्चदेवल विनायक नगरपालिका-८ बाराला बस्ने ३० वर्षीय लक्ष्मी सुनारलाई पक्राउ गरेको हो।   उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट बुधबार पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रविन्द्र रेग्मीले जानकारी दिए।    अछाममा छिमेकी १८ वर्षीय दिपेन्द्रबहादुर शाहीको हत्या भएपछि उनी काठमाडौं भागेर आएकी थिइन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउँदका अनुसार घटना कात्तिक ११ गते भएको हो। लक्ष्मी सुनारसहित ७ जनाले छिमेकी शाहीमाथि कुटपिट गरेको आरोप छ।  ‘निजी रिसिइबीका कारण उनीहरूले युवकमाथि कुटपिट गरेका थिए। एक जनाले ढुंगाले कन्चटमा प्रहार गरेपछि गम्भीर घाइते भएका थिए,’ प्रहरी निरीक्षक साउँदले भने।    कुटपिटबाट गम्भीर घाइते भएका शाहीलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो। मृतक परिवारले सुरूमा ७ जनाविरूद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दिएका थिए।    उपचारको क्रममा उनको कात्तिक १६ गते मृत्यु भएको थियो। मृत्यु भएपछि सातै जनालाई पक्राउ गरी कर्तव्य ज्‍यान मुद्दामा अनुसन्धान अघि बढाएको छ।

युट्युबर मनोज मानवलाई प्रहरीले पक्राउ गरेको छ।    उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो। नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।   सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्। आफ्नो चरित्र हत्‍या गरेको भन्दै एक महिलाले व्यूरोमा उजुरी दिएकी थिइन्। मनोजलाई बिहीबार अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।    उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल चलाउँदै आएका थिए।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट रकम हिनामिनामा परेका बचतकर्तालाई सम्पर्कमा आएर जाहेरी दिन आग्रह गरेको छ । प्रहरीले उजुरी दिनका लागि शुक्रबारसम्मको समयसीमा तोकेको छ ।    केही पीडित उजुरी लिएर आएका र उनीहरुको उजुरी दर्ता भएको जानकारी गराउँदै सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले रकम प्राप्त गर्न नसकेका भए जाहेरी दिन बचतकर्तालाई आग्रह गर्नुभयो । उक्त सहकारीबाट अहिलेसम्म झण्डै रु ५० करोड बिगो बराबरको रकम हिनामिहना भएको भनी जाहेरी परेको छ । जाहेरीका आधारमा तीन जनालाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।    निक्षेपकर्ता सदस्यले ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रही भक्तपुर र काठमाडौँको सेवा केन्द्रमार्फत समेतमा बचत तथा मुद्दति खाता खोली जम्मा गरेको रकमको साँवा तथा ब्याज समयावधि सकिँदासमेत पनि फिर्ता नपाएको भनी जाहेरी दरखास्त पेश भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।    उक्त रकम हिनामिना कसुरको जाहेरी दर्ता गरी व्यूरोबाट अनुसन्धान कार्य भइरहेकाले आवश्यक अनुसन्धानका लागि पनि पीडित बचतकर्तालाई सम्पर्कमा आउन अनुरोध गरिएको हो । उहाँले भन्नुभयो, “ललितपुर, काठमाडौँ र भक्तपुर जिल्लाका सेवा केन्द्रमा निक्षेपकर्ता सदस्यले जम्मा गरेका निक्षेप रकम हिनामिना भई ठगी हुन गएको भए उक्त कार्यमा संलग्न व्यक्तिउपर प्रमाणसहित ब्यूरोमा रीतपूर्वकको जाहेरी दिनहुन अनुरोध छ ।”  रासस

बाँके- बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको ज्यान गएको हो ।   कोहलपुरमा रहेको कृषि चोकमा बुधवार हिजो बेलुका ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख चुदाराको ज्यान गएको हो ।    इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार सुदूरपश्चिमबाट काठमाण्डौका लागि छुटेको ००१ ख २४३२ नम्बरको मालवाहक ट्रकले कोहलपुर–२ प्रेमनगर नजिकै रहेको कृषि चोकमा चुदारालाई ठक्कर दिएको हो । उहाँको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।   ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।   

पोखराको फेवाताल छेउको फुट–ट्रयाकमा रहेका विदेशी माग्नेलाई पोखरा नगर प्रहरीले हटाएको छ ।   फुट–ट्रयाकमा रहेका फुटपाथ व्यवसायीलाई आफ्नो व्यवसाय हटाउन वडा प्रहरी कार्यालय र नगर प्रहरीले संयुक्त रुपमा सचेत गरेको छ । तालको छेउमा रहेका फुट–ट्रयाकमा रहेका व्यवसायीहरु र फुट–ट्रयाक मिचेर व्यापार गरेका व्यवसायीलाई हटाउन अनुरोध गर्दै मंगलवार राति पोखरा महानगर नगर प्रहरी टोली,बैदाम प्रहरी टोली र जनप्रतिनिधिले हटाएका हुन् ।   आगामी दिनमा पर्यटकीय नगरी पोखराको सुन्दरता कमी आउन नदिनको लागि समेत व्यावसायीलाई आह्वान गरेका छन् । बैदामका प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले फुटपाथ मिचेर खुद्रा व्यापारी बस्ने र व्यवसाय सञ्चालन गर्ने र त्यहाँ आएका विदेशी पर्यटकहरुले मागेर हिँड्ने र विभिन्न अनैतिक किसिमका गतिविधि देखाउनाले सुन्दरतामा नकारात्मक असर सृजना गरिएको जनगुनासो आएको थियो । यो गुनासोपछि सांकेतिक रुपमा कार्यक्रम गरेको र आगामी दिनमा पर्यटकीय क्षेत्रमा नकारात्मक असर पर्न नदिने जानकारी दिनुभयो ।     पोखरा महानगरपालिका नगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले भोलिबाट व्यापारिक सामान नराख्न अनुरोध गर्दै आगामी दिनमा अटेर गरेको पाइए सामान नियन्त्रण गर्ने बताउनु भयो ।उहाँले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न गइरहँदा पर्यटकीय क्षेत्रमा सीमित ठाउँ छुट्टयाएर व्यापार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।