पोखरा:  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले सञ्चालन गरेको ‘निट पत्रकारिता पुरस्कार’ बाट पत्रकार भरत कोइराला सम्मानित भएका छन् ।  पुरस्कार स्थापना गर्ने निट डे...

दोलखामा प्रहरीले चार किलो सुन बरामद गरेको छ।    इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले बुधबार अन्दाजी चार किलो सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपक खड्काले जानकारी दिए।    बुधबार सुन बरामद भएपछि अनुसन्धान गरी केही व्यक्तिहरूलाई समेत पक्राउ गरिएको छ। उनीहरूको परिचय खुलाएको छैन।    सुन परीक्षण गर्न प्रहरीले सुन चाँदी व्‍यवसायी महासंघमा पठाएको छ।

पाेखरा:  मणिपाल अस्पतालमा उपचाररत बिरामीको मृत्यृ भएपछि शुरु भएको प्रकरणमा प्रहरीको भूमिकासमेत अलोकप्रिय भएपछि वडा प्रहरी कार्यालय, बैदाम प्रमुख डिएसपी वेद जोशीलाई जिम्मेवारीबाट हटाइएको छ ।    त्यस्तै, घटनाकै दिन उत्पन्न तनावबीच प्रहरी निरीक्षक मदन श्रेष्ठले चिकित्सकमाथि कुटपिट गरेको र त्यसपछि उक्त बखान गरेको भिडियो सार्वजनिक भएपछि उनी पनि यहाँबाट हटाइएको छ ।    विश्वस्त सुत्रकाअनुसार दुबै प्रहरीलाई काठमाण्डौं सरुवा गरिसकिएको छ ।    यस विषयमा जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डिएसपी श्रवणकुमार बिकले ‘ठ्याक्कै थाहा नभएको, काजमा सरुवा भएको हुनसक्ने' प्रतिक्रिया दिएका छन् । 

दाङमा ९ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ४० वर्षीय पुरूष पक्राउ परेका छन्।    घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेकबहादुर विक पक्राउ परेका हुन्। उनलाई अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।    बालिकाका परिवारले सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका थिए। सोही उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।  यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

बनेपामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।   मंगलबार राति ९ बजे बनेपा नगरपालिका-७ धनेश्वर गेट नजिकै टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।   बनेपाबाट पनौती जाँदै गरेको बा-८४ प ६९५९ न को मोटरसाइकललाई विपरीत दिशाबाट आएको बा-४ ख-९९७५ न को टिपरले ठक्कर दिएको थियो।   ठक्करबाट काभ्रे रोशी गाउँपालका-८ खार्पाचोकका ३९ वर्षीय सिद्धिकुमार लामा घाइते भएका थिए। घाइतेपछि उनलाई उपचारका लागि शिर मेमोरियल अस्पतालमा लगिएको थियो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो।थप उपचारका लागि उनलाई अन्नपूर्ण न्युरो अस्पतालमा लगिएको थियो। त्यहाँ बुधबार बिहान सवा ५ बजे मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दियो।  

रुकुमपश्चिम:  रुकुमपश्चिममा वनको रुख फँडानी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक वडाध्यक्ष छन् ।    अवैध रूपमा सामुदायिक वन क्षेत्रका रुख फँडानी गरेको आरोपमा चौरजहारी नगरपालिका–११ का वडाध्यक्ष तुल्से ओलीसहित चार जनालाई डिभिजन वन कार्यालयले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी र ५१ वर्षीय दिलबहादुर शाह रहेका छन् ।    डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारका अनुसार वडाध्यक्ष ओलीलाई मङ्गलबार, नेपाली र केसीलाई यही असोज ८ गते र शाहलाई भदौ २९ गते नै पक्राउ गरिएको हो । उहाँहरूविरुद्ध चौरजहारी–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रका रुख अवैध ढङ्गले फँडानी गरेको आरोप छ ।   आरोपी चारै जनालाई अदालतबाट पक्राउ पूर्जी जारी भएपछि डिभिजन वन कार्यालयले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेका वडाध्यक्ष ओली २०७९ वैशाखमा भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित हुनुभएको हो । रासस

बैतडी:  गाडीको ठक्करबाट बैतडीमा एक सशस्त्र प्रहरीको ज्यान गएको छ । ज्यान जानेमा पाटन नगरपालिका–८ हरिचन घर भइ सशस्त्र प्रहरी बाजुराको आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा रहेका छन् ।   बाजुराबाट घर आइरहेका महरालाई दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।   बाजुराबाट बझाङ जाने गाडीमा घर आएका महरा खोड्पे बजारमा झरेका र खोड्पेबाट हिँडेर घर आइरहेका बेला उनलाई गाडीले ठक्कर दिएको बताइएको छ । महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।   यसैबीच महरालाई ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।   राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । महरालाई ठक्करदिने गाडीको पहिचान गर्ने कार्य र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

मंगलबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङ कहटरीमा एक जना कर्मचारीको मृत्यु भएको छ।   दुर्घटनामा परेर मोटरसाइकलमा सवार हुलाकमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो।   पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।   विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर २ स्यो गाउँका वृद्ध छेन्वा दोर्जे लामाको उद्धार गरिएको छ।   सामाजिक सुरक्षा भत्ता लिन गएका लामा लडेर गम्भीर घाइते भएका थिए। लामालाई नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार उद्धार गरिएको प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले जानकारी दिए।   गम्भीर घाइते लामालाई सोमबार नै उद्धार गर्न सांसद बजगाईले पहल गरेका थिए। तर चुमनुब्री निषेधित क्षेत्रभित्र पर्ने भएकोले हेलिकप्टर उडान अनुमति लिन ढिलाइ भएको थियो। घाइते लामालाई काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। उनी सोमबार बिहान करिब ११ बजेतिर लडेका थिए। उनको टाउकोमा गम्भीर चोट लागेको छ।   सांसद बजगाईले निजी खर्चमा सेनाको हेलिकप्टरबाट लामाको उद्धार गरिएको बताए। बजगाई गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्। उनले आफ्नो तलबभत्ता निर्वाचन क्षेत्रका जनताको सेवामा खर्च गर्ने प्रतिबद्धता जनाएका थिए।

काठमाण्डौ: डाक्टरमाथि भइरहेको आक्रमण विरुद्ध डाक्टर एवम् स्वास्थ्यकर्मीहरुले आन्दोलन थालेका छन् । उनीहरुले सुरक्षाको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् ।   अहिले विभिन्न ठाउँबाट र्यालीसहित डाक्टर एवम् स्वास्थ्यकर्मीको टोली माइतीघर मण्डलामा भेला भइरहेका छन् भने केहीले  बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा डाक्टरमाथि कुटपिट भएको थियो । यसअघि गएको २७ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा र डक्टर प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो । यसको विरोधमा नेपाल चिकित्सक सङ्घले ३१ गते देशभर सरकारी अस्पतालको आकस्मिक सेवा बन्द गरेर विरोध गरेको थियो ।   दोषीलाई कारबाही गर्ने सहमतिपछि सङ्घले आन्दोलन फिर्ता गरेको थियो । तर,हिजो फेरि डाक्टरमाथि कुटपिट भएपछि डाक्टर तथा स्वास्थ्यकर्मी कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राखेर आन्दोलनमा निस्किएका हुन् ।