पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८ औँ हिसान स्पोटर््स मिटको उपाधि प्रतिभा माविले जितेको छ ।  पोखरा रंगशालामा सोमबार सम्पन्न प्रतियोगितामा प्र...

पोखराः  २२ औं संस्करणको आहा  रारा पोखरा गोल्डकपमा आज (शुक्रबार) नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड फुटबल क्लब बिच प्रतिस्पर्धा हुदैछ । खेल आज दिउसो २ बजे पछि पोखरा रंगशालामा हुने आयोजक साहरा क्लब पोखराले जनाएको छ । आज हुने खेलमा दुवै टोलि विजय हुँदै क्वाटरफाइनलमा प्रवेश गर्ने लक्ष्यका साथ मैदान उत्रने छन् । आजको विजेता टोलिले मछिन्द्र क्लबसँग क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोलि बाहिरिने छ ।    हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आयोजना भइरहेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा  साविक विजेता एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।   हिजो भएको पहिलो खेलमा आयोजक सहारा क्लबलाई पराजित गर्दै धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  प्रतियोगितामा विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्। प्रतियोगिता अवलोकनका लागि आउने दर्शका लागि सामान्य प्याराफिटतर्फ प्रि–क्वाटरफाइनल र क्वाटरफाइनलको टिकट मूल्य १ सय, सेमिफाइनलमा २ सय र फाइनलका लागि ३ सय टिकट मूल्य राखिएको छ । भिआईपीतर्फ २ सय, ४ सय र ५ सय टिकट मूल्य राखिएको छ ।  

पोखराः    उच्च अदालत पोखराले प्रदेश खेलकुद परिषद् गण्डकीको  सदस्य सचिबको नियुक्ति प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश ऋषि राजभण्डारीको इजालासले सदस्य सचिव दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी बिहीबार अन्तरिम आदेश दिएको हो । गण्डकी प्रदेशले पुस ६ गते प्रदेश खेलकुद परिषद् सदस्य सचिवका लागि दर्खास्त आह्वान गरेको थियो । दर्खास्त आह्वान प्रक्रिया रोक्न माग गर्दै पोखरा महानगरपालिका १७ बस्ने कालिकोटका लाभाषजंग शाहीले मुख्यमन्त्री तथा मुख्यमन्त्री कार्यालय, युवा तथा खेलकुद मन्त्रालय र प्रदेश खेलकुद परिषद्लाई विपक्षी बनाई उच्च अदालत पोखरामा रिट निवेदन दिएका थिए । काम चलाउ सरकारले सदस्य सचिव नियुक्तिका लागि दर्खास्त आह्वान गरेको थियो सोही निवेदनका आधारमा छलफलका लागि उच्च अदालत पोखराले पुस २१ गतेका लागि पेसी तोकेको छ । ‘निवेदकले अन्तरिम आदेशसमेत जारी गरी पाउन माग गरेतर्फ बिचार गर्दा, विषयवस्तको संवेदनशीलता एवं गाम्भीर्यताका कारण दुवै पक्षको कुरा सुनी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिँदा अन्तरिम आदेशको छलफलका लागि निवेदकलाई पुस २१ गतेको पेसी तोकी सोही दिन अन्तरिम आदेशको छलफलमा उपस्थित हुन विपक्षीलाई जानकारी गराई नियमानुसार गरी पेस गर्नू,’ आदेशमा भनिएको छ । अदालतमा छलफल गर्ने समयसम्मका लागि दर्खास्त प्रक्रिया रोक्न आदेश दिएको छ । ‘पेसीको मितिसम्म प्रस्तुत विषयमा विपक्षी मन्त्रालयवाट प्रकाशित मिति पुस ६ गतेको दर्खास्त आह्वान सम्बन्धी सूचनामा उल्लेख भए अनुसारको पदपूर्ति सम्बन्धी कुनै पनि कार्य नगर्नू, नगराउनू भनी विपक्षी युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको नाममा यो अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिदिएको छ,’ आदेशमा उल्लेख छ । उक्त रिट निवेदनको पक्षमा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदी, अधिवक्ताद्वय मदनप्रसाद तिवारी र सविन तिवारीले बहस गरेका थिए । नेपाल खेलकुद महासंघ गण्डकी प्रदेश कमिटीले कामचलाउ सरकारले प्रदेश खेलकुद नियामवली २०७८, विपरीत निर्लज्ज तरिकाले प्रदेश खेलकुद परिषद सदस्य सचिवको पदका लागि नयाँ दर्खास्त आह्वान नमिल्ने भन्दै मुख्यमन्त्री कार्यालय र खेलकुद मन्त्रालयलाई ध्यानाकर्षण गराएको थियो । कामचलाउ सरकारले यस्ता कार्य गर्न नमिल्ने र विधिको शासनको धज्जी उडाएको भन्दै दर्खास्त आह्वान अभिलम्ब खारेज गर्न महासंघले माग गरेको थियो । प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङको उमेर हदका कारण गत कात्तिक २४ गते पदावधि सकिएपछि आगामी ४ वर्षका लागि प्रदेश सरकारले नियुक्ति प्रक्रिया अघि बढाएको थियो । परिषदको सदस्य सचिव नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भएको, स्नातक तह अध्ययन पूरा भएको र ६० वर्ष ननाघेको हुनुपर्ने खेलकुद विकास ऐनमा उल्लेख छ । प्रदेश खेलकुद विकास ऐन २०७७ को परिच्छेद ४ को उपदफा १७ को ३ बमोजिम सदस्य सचिव नियुक्ति गर्ने प्रावधान छ । सोही परिच्छेदको उपदफा ३ बमोजिम प्रदेश सरकारले यूवा तथा खेलकुद मन्त्रीको संयोजकत्वमा मन्त्रालयको सचिव र एक जना विशेषज्ञ सहित ३ सदस्यीय सिफारिस समिति गठन गर्ने प्रावधान रहेको छ । सिफारिस समितिको संयोजकमा युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ, सचिव बद्रीनाथ अधिकारी र खेल विज्ञको रुपमा हरिप्रसाद पराजुली छन् ।

काठमाडौंः   फुटबलका स्टार पेलेको निधन भएको छ । ८२ वर्षका उनको उपचारका क्रममा साओ पाउलोमा निधन भएको उनका म्यानेजरले एसोसिएट प्रेससँग पुष्टि गरेका छन् । पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भइरहेको थियो । यसअघि पेलेको अवस्था गम्भीर रहेको उपचारमा खटिएका डाक्टरले बताएका थिए । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए । तीन पटक ब्राजिललाई विश्व कपको उपाधि दिलाउन योगदान पुर्‍याएका पेले गएको महिनादेखि अस्पताल भर्ना भएका थिए ।   ब्राजिलको सानो सहर मिनास गेराइसमा १९४० अक्टोबर २३ मा उनको जन्म भएको थियो । उनको पूरा नाम एडिसन एरेन्टस डो नासिमेन्टो हो । ब्राजिलले पाँच पटक विश्व कप जितेको छ । पाँचमध्ये तीन उपाधि जिताउने नायकका रूपमा पेलेलाई चिनिन्छ । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् । २१ वर्षको लामो फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गोल गरेको विश्व कीर्तिमान छ । उनलाई सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको पदक दिइएको थियो । 

पोखराः    धरान फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालामा आज भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई १–० गोल अन्तरले पाखा लगाउदै धरानले अन्तिम ८ मा प्रवेश गरेको हो । धरानको जीतमा प्रकाश बुढाथोकीले खेलको पाँचौं मिनेटमा निर्णायक गोलको योगदान दिए । टिमले पाएको फ्रिकिकलाई सदुपयोग गर्दै गोल गरेका थिए । पोखरामा जारी प्रतियोगितामा भोलि चर्च व्याइज र नेपाल पुलिसबीच खेल हुनेछ ।  हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । क्बलबा अध्यक्ष सुरज गुरुङका अनुसार  डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए,  त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब र सहारा क्लब पोखराको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । 

पोखरा:   “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहिबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् ।  कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोली शुक्रबार हुने आयोजकले जनाएको हो ।   प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स÷उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  ६५ वर्ष माथी डबल्स भेट्रान्स फाइनल  १९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्सतर्फ बिहबार भएको ६५ वर्ष माथीको फाइनल खेलमा बिमल गुरुङ र हिमाल शाहको जोडीले कमल थापा र झम्पा घलेको जोडीलाई २–० को सोझो सेटमा पराजित गरेको छ । बिमल र हिमालको जोडीले ६–१ र ६–३ को सेटमा पराजित गर्दै जित उपाधि जित्न सफल भएका छन् ।  त्यस्तै ५५ वर्ष सिंगल्समा कृष्ण राज घलेले प्रदिप शाहलाई ७–६, ६–२ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेका छन् भने पोखराका अनिल तुलाचनले भारतिय खेलाडी एन दिलिप सिंहलाई ७–५, ७–५ ले संघर्षपूर्ण जित निकाल्दै फाइनलमा स्थान पक्का गरेका छन् ।  ४५ वर्ष माथी सिंगल्स÷डबल्स ४५ वर्ष माथीको डबल्सतर्फ निमा शेर्पा र भारतिय खेलाडी टि तुलेश्वर सिंहको जोडीले यज्ञ बहादुर भण्डारी र राजु श्रेष्ठको जोडीलाई ७–५, ६–३ ले पराजित गरी फाइनलमा पुगेका छन् । त्यस्तै शरण गुरुङ र विकास गुरुङले सिजर गुरुङ र आशिष सिग्देललाई ६–३, ६–७, १०–४ ले पराजित गरी फाइनलमा निमा र टि तुलेश्वर संग उपाधिका लागि भिड्न् छन् ।  त्यस्तै ४५ वर्ष माथी सिंगल्समा शरण गुरुङले गोपी भट्टरालाई ६–१, ६–२ ले पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने रोहित सुनुवारले शिव सेढाईलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरी सेमीफाइनलमा स्थान पक्का गरे । त्यस्तै भारतिय खेलाडी टिटी सिंहले महेश श्रेष्ठलाई ६–२, ५–७, १०–५ मा पराजित गरी अन्तिम चारको यात्रा शुरक्षित गरे भने विमल गुरुङलाई आशिष सिग्देलले वाक ओभर दिएका छन् ।  मेन्स पोखरा ओपन सिंगल्स/डबल्स  १९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले अन्तिम चारको स्थान पक्का गरेका छन् । बिहिबार भएको खेलमा सौगात विकलाई ७–५, ६–३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । त्यस्तै अर्का खेलाडी रितिक रानाले प्रनभ मानन्धरलाई ६–३, ७–६ ले पराजित गर्दा, अकि जुवेन रावतले निशान श्रेष्ठलाई ४–६, ६–१, ६–४ को संघर्षमय खेलमा पराजित गरी सेमीफाइनलको यात्रा तय गर्दा, प्रनभ खनालले नेहाल जङ्ग बहादुर थापालाई ६–०, ६–४ को सेटमा पाखा लगाउँदै सेमीफाइनलमा स्थान पक्का गरे ।   यस्तै आज नै सम्पन्न मेन्स डबल्सतर्फको खेलमा निशान श्रेष्ठ र रितिक रानाको जोडीले अकी जुवेन रावत र राजविर प्रधानलाई ६–२, ७–६ ले, प्रदिप खड्का र नेहाल जङ्ग बहादुर थापाको जोडीले प्रनभ खनाल र अभिनव आचार्यलाई ३–१ को संघर्षपूर्ण खेलमा पराजित गरी फाइनलमा स्थान बनाएका छन् । नेपाल नं १ खेलाडी प्रदिप सम्मिलित जोडीले पहिलो सेट ३–६ ले गुमाउँदा दोश्रो सेट ७–६ र तेश्रो सेट १०–६ ले आफ्नो पक्षमा पार्दै डबल्सतर्फको उपाधि नजिक पुगेका छन् ।  उमेन्स सिंगल्स ओपन उमेन्स सिंगल्सतर्फ नेपालकी नं १ खेलाडी अभिलाषा विष्टले आयशा डोलकर गुरुङलाई ६–०, ६–१ ले पराजित गरी अन्तिम चारमा स्थान पक्का गरेकी छन् । त्यस्तै शुनिरा थापाले शुभाङ्गी शाहलाई ७–६, ६–२ ले पराजित गर्दा, प्रकृती श्रेष्ठले प्रशंसा मोक्तानलाई ६–४, ६–१ को सोझो सेटमा पराजित गरी सेमीफाइनलको यात्रा तय गरे भने सर्भानी श्रेष्ठले श्रेया भट्टराईलाई ६–०, ६–० ले पराजित गरी अन्तिम चारमा पुगेकी छन् ।  ३५ वर्ष माथी सिंगल्स/डबल्स प्रतियोगिता अन्तर्गत सम्पन्न कमल भण्डारीले देव क्षेत्रीलाई ६–२, ६–३ ले, जितेन्द्र परियारले विकाश गुरुङलाई ६–०, ६–० ले, चेवाङ लामाले सिमन्त गुरुङलाई ३–६, ७–५, ११–९ ले, सन्तोष खत्रीले अनिल साईलाई ६–४, २–६ र १०–४ ले पराजित गरी सेमीफाइनलमा पुगेका छन् ।  यसै गरी सोही उमेर समहुको डबल्सतर्फ भएको सेमीफाइनल खेलमा कमल भण्डारी यज्ञ बहादुरको जोडीलाई राजन पौडेल र लक्ष्मण थापाको जोडीलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान पक्का गर्दा जितेन्द्र परियार र चेवाङ लामाले सन्तोष खत्री र सिमन्त गुरुङको जोडीलाई ६–३, ६–० को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेका छन् ।  यस्तै ६५ वर्ष माथी सिंगल्समा कमल थापाले डियोनम लामालाई ४–०, ४–१ ले र विदुर विष्टले विष्णु गुरुङलाई ५–३, ४–० को सोझो सेटमा पराजित गरी कमल थापा संग फाइनलमा भिड्ने भएका छन् ।  प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा जारी रहेको छ ।  प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ । 

काठमाडौंः   नेपालको महिला बिच भलिबल टोली बंगलादेशमा जारी सीएभीए बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ । बंगलादेशको कक्स बजारमा बिहिबार भएको फाइनलमा श्रीलंकासँग २–० को सेटमा पराजित हुँदै नेपाल उपविजेता बनेको हो । कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१–११ र २१–११ ले पराजित गरेको हो ।

पोखरा:  लुम्बिनी विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत सहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित सहारा फुटबल एकेडेमीलाई आर्थिक सहायोग गरेको छ । बैंकले सहारा एकेडेमीका लागि २ लाख ४३ हजार सहयोग हस्तान्तरण गरेको छ । बैंकका सञ्चालक रामचन्द्र सिग्देलले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङलाई रकमको चेक हस्तान्तरण गरे ।  सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तराता दिने सञ्चालक सिग्देलले बताए ।  लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका मुख्य प्रबन्धक तथा बजार व्यवस्थापन विभाग प्रमुख दिपक खनाल, छोरेपाटन शाखाका प्रवन्धक प्रकाशचन्द्र पहारी, न्यूरोड शाखाका प्रवन्धक बलबहादुर ढकाल, लेकसाइड शाखाका प्रवन्धक महेन्द्र कुमार श्रेष्ठ, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारी, क्लबका निवर्तमान अध्यक्ष केशव वहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकाली लगायतले बैंक र एकेडेमीका बारेमा जानकारी दिएका थिए ।  एकेडेमीमा हाल १३ जना विपन्न परिस्थितिका बालकहरु छन् । सहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म हुने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले जनाए ।   

काठमाडौंः     बंगलादेशको कक्स बजारमा जारी एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालका कोपिला उप्रेती र कमला पुनको जोडी   महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । बंगलादेशको कक्सबजारस्थित डल्फिन बिचमा उज्वेकिस्तानकी सतिभोलदिभा र जमोलोभाको जोडीलाई २–० को सोझो सेटमा हराएर फाइनलमा पुग्न सफल भएको हो । कोपिला र कमलाको जोडीले २१–१२ र २१–१४ को सेटमा हराउन सफल भयो । यसअघि कोपिला र कमलाको जोडीले लिग चरणमा उज्वेकिस्तानकी सुल्तानबोइभा र कुचकोरोभाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा तथा दोस्रो खेलमा बंगलादेशकी अख्तर र खातुनमाथि २१–१८ र २१–१८ को सोझो सेटमा हराएर पोल विजेता बनेको थियो । फाइनल आज नै हुने टोलीका व्यवस्थापक जुनु पुनले जानकारी गराइन् । नेपालले श्रीलंकाको जोडीसँग खेल्नेछ । यस्तै पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल सुनारको नेपालको जोडी आफ्नो पोलमा लगातार तेस्रो जित निकाल्दै पोल विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । आज (बिहीबार) भएको पोलको अन्तिम खेलमा मानबहादुर र दिलको जोडीले बंगलादेशका नुर नावी र सेफ उद्धिनको जोडीलाई २१–८ र २१–१४ ले पराजित गर्दे पोल ‘ए’ को विजेता बनेको हो । मानबहादुर र दिलको जोडीले पहिलो खेलमा बंगलादेशका विश्वास पाभेलको जोडीमाथि २१–१८ र २१–१९ को सेटमा जित निकाल्दा अर्को खेलमा माल्दिभ्सका अहमेद र सामेलको जोडीलाई १७–२१, २१–१४ र १५–९ को सेटमा जित निकालेको थियो । पुरुषतर्फ बंगलादेशसँगै नेपाल, किर्गिस्तान, भुटान र माल्दिभ्सको सहभागिता रहेको छ । महिलातर्फ बंगलादेश र उज्वेकिस्तानको समान दुई टोली तथा नेपाल र श्रीलंकाको समान एक टोली गरी कुल ६ टोली रहेका छन् ।

पोखराः    पोखरामा “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बुधबार तेश्रो दिन पनि जारी रहेको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिता पोखरा रंगशालास्थित टेनिस कोर्टमा जारी रहेको हो ।   पौष १५ गते सम्म हुने उक्त प्रतियोगिताको चौथो दिन ओपन मेन्स÷उमेन्स सिंगल्सतर्फ, ३५ र ४५ वर्ष माथीको क्वाटरफाइनल र सेमीफाइनलका खेलहरु बिहिबार सञ्चालन हुने संगै भेट्रान्सतर्फ ५५ र ६५ वर्ष भन्दा माथीको सेमीफाइनल र फाइनलका खेलहरु हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन् ।  मेन्स ओपन सिंगल्स मेन्स १९ औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्सतर्फ नेपालका नं १ खेलाडी प्रदिप खडकाले आयूष्मान हजुर घले विरुद्ध सोझो सेटमा जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । प्रदिपले ६–२, ६–१ ले उनलाई पराजित गरेका थिए । त्यस्तै प्रनभ मानन्धरले राजविर प्रधानलाई ६–२, ६–२ ले, सौगात विकले अभिनव आचार्यलाई ६–४, ६–२ ले, रितिक रानाले आशिष खड्कालाई ६–२, ६–२ ले, निशान श्रेष्ठले प्रेम नोर्वुलाई ६–२, ६–० ले, अकि जुवेन रावतले निर्मल मगरलाई ६–१ र ६–२ ले, प्रनभ खनालले यूगेन शेर्पालाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् ।  त्यस्तै मेन्स ओपन डबल्सतर्फ रितिक राना र निशान श्रेष्ठको जोडीले सौगात विक र आशिष कुमारको जोडीलाई ६–४, ६–४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका छन् । विजेता जोडी रितिक र निशानले अशी जुवेन रावत र राजविर प्रधान संग सेमीफाइनलमा प्रतिष्पर्धा गर्ने छन् भने त्यस्तै अर्को सेमीफाइनलमा अभिनव आचार्य र प्रनभ खनालको जोडीले नेपालका नं १ खेलाडी सम्मिलित प्रदिप खड्का र नेहाल जङ्ग थापाको सामना गर्नेछ ।  ४५ वर्ष माथी सिंगल्स मेन्स ४५ वर्ष माथी सिंगल्समा भारतका टि तुलेश्वर सिंहले नेपालका सिजर गुरुङलाई ६–०, ७–६ ले, महेश श्रेष्ठले माधव भण्डारीलाई ६–२, ६–३ ले पराजित गरेका छन् । त्यस्तै गोपी भट्टराईले मिन पुनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दा विमल गुरुङले प्रदिप शाहलाई ६–३ र ७–५ ले, आशिष सिग्देलले अमृत रोक्कालाई ६–४, ६–१ ले, शरण गुरुङले उत्तम बोगोटीलाई ७–५, ६–१ ले, रोहित सुनुवारले ठाकुर खनाललाई वाक ओभर दिंदा शिव सेढाईले सुनिल श्रेष्ठलाई ६–३, ६–२ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् ।  ३५ वर्ष माथी सिंगल्स मेन्स त्यस्तै ३५ वर्ष माथीको खेलमा चेवाङ लामाले चोम बी शाहलाई ६–२, ६–२ ले, कमल भण्डारीले दिवाकर पिया ६–१, ६–० ले, देव क्षेत्रीले सञ्जय श्रेष्ठलाई ४–६, ६–१ र १०–७ को सेटमा पराजित गर्न सफल भए । त्यसै गरी सिमान्त गुरुङले सन्दुप लामालाई ६–०, ६–१ ले अनिल शाहीले सोम रानालाई ६–१, ६–० ले विकास गुरुङले निरज थापालाई वाक ओभर दिएका छन् । त्यस्तै एक अर्को खेलमा सन्तोष खत्रीले माधव भण्डारीलाई वाक ओभर दिएका छन् । बुधबार सोही उमेर समुहका डबल्सतर्फका प्रि क्वाटरका समिकरण समेत पुरा भएका छन् । सम्पन्न खेलमा राजन पौडेल र लक्ष्मण थापाको जोडी, सन्तोष कुमार र सिमान्त गुरुङको जोडी, कमल र यज्ञ बहादुरको जोडी, जितेन्द्र र छेवाङ लामाको जोडीले आ–आफ्नो खेल जितेका छन् ।  त्यस्तै ५५ वर्ष माथी पोखराका अनिल तुलाचनले ध्रुर्व गुरुङलाई ६–२, ६–१ ले, भारतिय खेलाडी एन दिलिप सिंहले कर्ण तामाङलाई ६–७, ६–४ र १० ले पराजित गर्दा प्रदिप शाहले समिर शेरचनलाई ६–०, ४–२ को दोश्रो सेट जारी रहँदा रिटायर्ड हर्ट हुँदै कोर्टबाट बाहिरिएका थिए । त्यस्तै कृष्णराज घलेले उत्तम शेर्पालाई ६–४, ६–४ को सोझो सेटमा पाखा लगाएका छन् । विजेता खेलाडी सबै अन्तिम चारमा स्थान पक्का गरेका छन् ।  ५५ वर्ष माथीको डबल्सतर्फको फाइनल खेल कमल थापा र झम्पा घलेको जोडीले अनिल तुलाचन र विनोद कायस्थ संग फाइनलमा भिड्ने पक्का भएको छ ।   बुधबार नै सम्पन्न ६५ वर्ष माथीको सिंगल्समा बिदुर विष्टले हर्क गुरुङलाई ६–४, ६–१ ले पराजित गरेका छन् भने विष्णु गुरुङले तिसतेन नोरयललाई ४–१, ४–२ ले जित निकाल्दा अर्को एक खेलमा डियोनम लामा बिजयी भएका छन् । ६५ वर्ष माथी सिंगल्सको सेमीफाइनल खेल बिहिबार हुनेछ ।   प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाट समेत पोखरा आएको उपाध्यक्ष चालिसे जानकारी दिएका छन् । सहभागि खेलाडी मध्ये ५७ जना पोखराका छन् भने ९३ जना पोखरा खेलाडी बाहिरबाट आएका छन् । प्रतियोगिताको सहभागिता हाल सम्मकै ठूलो सहभागिता हो ।  प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा मेन्स सिंगल्समा २७ जना, मेन्स डबल्समा १२ जना, उमेन्स सिंगल्समा ८ जना, ३५ वर्ष माथी मेन्स सिंगल्समा ३४ जना, डबल्समा १७ जना, ४५ वर्ष माथी सिंगल्समा ३५ जना, डबल्समा १९ जना, ५५ वर्षमाथी सिंगल्समा २४ जना, डबल्समा १२ जना, ६५ वर्ष माथी सिंगल्समा १२ जना र डबल्समा ३ जना गरी कूल २ सय ३ जना खेलाडीले नाम दर्ता गरेको जानकारी दिएका छन् । प्रतियोगितामा ओपन मेन्स तथा उमेन्स सिंगल्सतर्फका बिजेताले जनही नगद ८० हजार र उपविजेताले नगद ४० हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की टेनिसले जनाएको छ । प्रतियोगितामा मेन्स तथा उमेन्स डबल्सतर्फ बिजेताले नगद ३० हजार, उपविजेताले १५ हजारसहित ट्रफी र सेमीफाइनालिष्टले नगद १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ३५ वर्ष माथी भेट्रान्स सिंगल्सतर्फको बिजेताले नगद ६० हजार, उपविजेताले ३० हजार सहित ट्रफी तथा मेडल प्राप्त गर्नेछन् भने सेमीफाइनालिष्टले नगद १० हजार सहित पदक प्राप्त गर्ने र डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार सहित ट्रफी संगै सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । ४५ वर्ष भन्दा माथीको सिंगल्स विजेताले नगद ४० हजार, उपविजेताले २० हजार र सेमीफाइनालिष्ट नगद १० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै सोही स्पर्धाको डबल्सतर्फ विजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार तथा सेमीफाइनालिष्टले नगद १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता अन्तर्गत नै हुने ५५ वर्ष माथीको सिंगल्सतर्फको विजेताले नगद ३० हजार, उपविजेताले १५ हजार, सेमीफाइनालिष्टले जनही नगद १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै डबल्सतर्फको बिजेताले २० हजार, उपविजेताले नगद १० हजार र सेमीफाइनालिष्टले जनही नगद १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।   प्रतियोगितामा ६५ वर्ष माथीको सिंगल्सतर्फ बिजेताले नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय तथा सेमीफाइनालिष्टले जनही नगद २ हजार ५ सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” सम्पन्न गर्न करिव १६ लाख ५० हजार खर्च हुने कास्की टेनिस संघका कोषाध्यक्ष अनुज बास्तोलाले बताएका छन् । प्रतियोगितामा पुरस्कार राशीमा ७ लाख ४० हजार खर्च हुने उनको भनाई छ ।