काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

म्याग्दी:    म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल गलेश्वर बजारमा सौन्दर्यकरण योजना सुरुआत भएको छ ।  हिन्दू तथा वौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वरको बजार भित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।  परियोजना मार्फत गलेश्वर बसपार्क देखि प्रवेशद्धार, गलेश्वर मन्दिर परिसर हुदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फुलका बिरुवा रोपिने बेनी नगरपालिका–९ का वडा अध्यक्ष चक्र केसीले बताउनुभयो ।  “मुक्तिनाथ र मुस्ताङ जाने आउने पर्यटक तथा भक्तजनलाई गलेश्वरमा भित्र्याउने र उनिहरुको बसाई लम्बाउने उद्देश्यले सौन्दर्यकरणको परियोजना शुरु गरिएको हो,” उहाँले भन्नुभयो “बेनी नगरपालिका र गलेश्वर शिवालय क्षेत्र विकास कोष सहितका संघ संस्थाको रु। ३० लाख बजेटबाट शुरु भएको योजनालाई आगामी वर्षपनि निरन्तरता र पूर्णता दिन्छौ ।” गलेश्वर बजार भित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधनहरु बजार बाहिरको कालिगण्डकी कोरिडोरको सडकबाट मात्र आवत जावतको ब्यवस्था मिलाइने वडा अध्यक्ष केसीले बताउनुभयो । भुईमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरे बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपुर्तिका सवारी साधन सञ्चालन गर्न मिल्ने गरि संरचनाको डिजाइने गरिएको छ ।  चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु। २० लाख बजेट बिनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु। छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दीरले रु। दुई÷दुई लाख उपलब्ध गराएका छन् ।  गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटि रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । उक्त योजना निर्माणका लागि बेनीको एसएस बिल्डर्सले रु। २४ लाख ३६ हजार पाँच सय ७१ मा ठेक्का लिएको छ ।  गत माघ महिनामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीका प्रतिनिधी नवराज बरुवालले भुईमा बिछ्याउने ढुङ्गा तयार पार्ने काम भइरहेको र तयार भएपछि ल्याएर यसै आर्थिक वर्षभित्र बिछ्याइने बताउनुभयो ।  कालीगण्डकी नदी किनारमा नौरोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पुजाआजा र दर्शन गर्नाले मनोकांक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ ।  हिन्दुधर्म ग्रन्थमा सतिदेबीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्बमा विशेष मेला लाग्ने छ । दैनिक नित्य पुजाआजा हुने गर्छ ।

पाल्पा:  जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने  संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।       अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  करिब एक सय ७० हेक्टरमा फैलिएका चार वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो ।  आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।

काठमाडौं:  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको भिट्ठामोड सुक्खा बन्दरगाह निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भारतीय सिमाना नजिक बनाइने प्रस्तावित सुक्खा बन्दरगाह निर्माणस्थलको अवलोकनपछि जलेश्वर उद्योग वाणिज्य सङ्घले आज भिट्ठामोडमा आयोजना गरेको छलफलमा उहाँले सो प्रतिबद्धता जनाउनुभएको हो ।   आफ्नो पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको एउटा उद्देश्य सीमा क्षेत्रका जनताको अवस्था बुझ्ने र विकास निर्माणका काम अघि बढाउने उहाँले बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवायलय जनाएको छ ।  अध्यक्ष दाहालसमक्ष जलेश्वर उद्योग वाणिज्य सङ्घले ज्ञापनपत्र पनि बुझाएको थियो । कोलकाता बन्दरगाहबाट तेस्रो मुलुकका सामान आयात निर्यात गर्न जलेश्वर भन्सारबाट एकतर्फी २२५ किलोमिटर मात्रै रहेको जानकारी गराउँदै सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले यो बन्दरगाह मधेसका सबै जिल्लालाई पायक पर्ने स्थान बताउनुभयो ।   

पर्सा: वीरगञ्ज-पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा रु एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ ।  कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा काम नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताउनुभयो ।  उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप  पनि बनाउने उहाँले बताउनुभयो ।  “कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएका छौँ”, उहाँले भन्नुभयो ।  कम्पनीमा हाल  तीन सय ५०भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।  गत आर्थिक वर्षमा रु एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा रु एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

तेह्रथुम: डच भाषाशास्त्री जर्ज भान ड्रिमद्वारा लिखित ‘अ ग्रामर अफ लिम्बू बेस्ड अन दी फेदापे डाइलेक्ट अफ दिओल्ड लिम्बू हर्ट ल्यान्ड’ पुस्तक विमोचन गरिएको छ ।      म्याङलुङ नगरपालिकाको सहयोगमा एक कार्यक्रमबीच बुधबार तेह्रथुमको सदरमुकाम म्याङलुङमा उक्त पुस्तकको विमोचन गरिएको हो । लेखक ड्रिम १० भाषाका विज्ञका रूपमा परिचित हुनुहुन्छ ।             सन् १९८७ मा जर्मनको ब्रिटर पब्लिसिङ हाउसले प्रकाशन गरेको सो पुस्तकको संस्करण नेपालस्थित स्विस राजदूतावासको सहयोगमा जगदम्बा प्रकाशन, काठमाडौँले प्रकाशित गरेको हो ।        पुस्तकमा फेदापे लिम्बू भाषाको ‘ग्रामर’ उल्लेख गरिएको छ । उक्त पुस्तक संसारभरका फेदापे लिम्बू भाषा अध्ययन गर्न चाहनेका लागि उपयोगी हुने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । पुस्तक विमोचन कार्यक्रममा उहाँले विश्व समुदायको दस्तावेजको इतिहास र दस्तावेजका रूपमा रहने यो पुस्तक तयार पार्ने लेखकप्रति आभारसमेत व्यक्त गर्नुभयो ।       लिम्बू समुदायका नयाँ पुस्तामा भाषा हराउँदै गर्दा विदेशी नागरिक लेखक जर्ज भ्यानले फेदापे लिम्बू भाषाको ग्रामर समेटिएको पुस्तक प्रकाशन गरिरहँदा यहाँस्थित अन्य निकाय पनि भाषा संरक्षणमा गम्भीर देखिनुपर्ने मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादव खापुङले बताउनुभयो ।       नेपालको कुम्भकर्ण तथा धौलागिरि हिमाल क्षेत्रबाट सम्पूर्ण मानव जातिको विस्तार भएको भान्ड्रिनको खोज प्रमाणित भएमा र तेह्रथुमको फेदापबाटै भोट बर्मेली भाषा परिवारको विस्तार भएको प्रमाणित भएमा संसारभरका मानवशास्त्री र भाषाशास्त्रीका अध्ययनको केन्द्रका रूपमा तेह्रथुम बन्न सक्ने लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो ।       हल्यान्ड निवासी जर्ज भान्ड्रिमले विसंं २०३९ मा तेह्रथुमको म्याङलुङ–१० तत्कालीन तम्फुुला गाउँ  पञ्चायतस्थित तम्फुला गाउँमा छ महिना बसेर फेदापे लिम्बू भाषाको अध्ययन गर्नुभएको थियो ।  लेखक भान्ड्रिमल आफू हल्यान्डस्थित भाषा विज्ञानको विद्यार्थी रहँदा जर्मन भाषा र हल्यान्ड भाषाविद्हरूको चिनियाँ भोट बर्मेली भाषाको पुरानो रूप लिम्बूवानमा भेटिन्छ भन्ने अनुसन्धानात्मक पुस्तक अध्ययनपछि प्रोफेसरहरूले आफूलाई नेपालको लिम्बूवान् क्षेत्रमा पठाएको स्मरण गर्नुभयो । उहाँले स्थानीय नारायण लिम्बूको सहायतामा लिम्बू भाषाको अध्ययन गरेको उल्लेख गर्नुभयो ।         तीन दशकपहिले प्रकाशित उक्त पुस्तकको संस्करण नेपालीहरूको पहुँचमा पुग्न सक्नेगरी स्विस राजदूतावासलगायतको सहयोगमा प्रकाशन गरिएको जगदम्बा प्रकाशनले जनाएको छ । 

दार्चुला:  यहाँको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।       जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुपप्र–००१–ज–०००५ नम्बरको जिप आज ४ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।       दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।       त्यसैगरी जिपमा सवार सुशान्त भुल र सागर भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो । दुर्घटनाका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अमेरिकामा कागजातविहीन भएपछि फर्काइएका (डिपोर्ट भएका) नौ जनालाई आवश्यक सोधपुछ र जानकारी लिएर परिवारको जिम्मा लगाएको छ ।  ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले मानव बेचबिखनमा परेर उनीहरु अमेरिका पुगेका हुन् या अन्य कारण छन् भन्ने विषयमा जानकारी लिएर परिवारको जिम्मामा पठाइएको जानकारी दिनुभयो ।  प्रहरीका अनुसार पीडितका रुपमा बेचिएर अमेरिका पुगेको भए त्यसरी पठाउने व्यक्तिमाथि बेचखिनमा मुद्दा चलाउनुपर्ने भएकाले ब्यूरोमा ल्याएर सोधपुछ गरिएको हो ।  आवश्यक पर्दा पुनःबोलाएर अनुसन्धान समेत गर्ने प्रहरीले जनाएको छ । आज अमेरिकाले चार्टर विमानमार्फत आठ जना र व्यावसायिक उडानमार्फत एक जना गरी नौ जनालाई नेपाल फर्काएको थियो ।  अमेरिकी अधिकारीहरुले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । त्यसपछि आजै अध्यागमन विभागले प्रहरीको मानव बेचबिखन ब्यूरोमा पठाएको हो ।

काठमाडौं:   प्रतिनिधि सभाले पाँचवाटा अध्यादेश स्वीकृत गरेको छ । प्रतिनिधि सभाको आजको बैठकबाट सरकारले जारी गरेको ६ मध्ये पाँच अध्यादेश  स्वीकृत भएको हो । बैठकले ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, र ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ,आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धनसम्बन्धी अध्यादेश, २०८१’ स्वीकृति गरेको हो । प्रतिनिधि सभ बाट पारित अध्यादेश भोलि बस्ने राष्ट्रिय सभाको बैठकमा निर्णायार्थ  पेश गरिने कार्य  सूची रहेको छ । सरकारले ल्याएको अध्यादेशहरु संघीय सदनको अधिवेशन सुरु भएपछि ६० दिन भित्र सघीय स दुबै सदनबाट स्वीकृत गर्नुपर्ने संवैधानिक ब्यवस्था छ ।

काठमाडौं:    अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर मङ्गलबारदेखि तीन दिने ‘महिला चलचित्र महोत्सव’ सुरु भएको छ । चलचित्र विकास बोर्डमा आयोेजित महोत्सवको दोस्रो दिन आज विभिन्न चलचित्र प्रदर्शन गरिए ।  प्रदर्शनसँगै विभिन्न अन्तरक्रियात्मक कार्यक्रम पनि गरिएको आयोजक समितिका अध्यक्ष केकी अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महोत्सवले महिलाका विषयमा निर्माण भएका चलचित्रलाई प्रवर्द्धन गरिरहेको छ । चलचित्र हेर्दै त्यसमा गरिने अन्तरक्रियाले आगामी दिनमा काम गर्न सहज बनाउने गर्छ ।” चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले महिला चलचित्रकर्मीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले भन्नुभयो, “हामी सुविधासम्पन्न स्टुडियो निर्माण गरेर चलचित्रकर्मीलाई सुविधा दिने प्रयासमा छौँ । यसले महिला चलचित्रकर्मीलाई अभिनय बाहेकका अन्य प्राविधिक विधामा काम गर्न प्रेरणा दिनेछ । किनकि बाहिर चलचित्र छायाङ्कन गर्दा स्टुडियो जस्तो सेवा सुविधा उपलब्ध हुँदैन ।”  महोत्सवको पहिलो दिन नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिनुका साथै उक्त चलचित्रका अभिनेता विश्व बस्नेत र अभिनेत्री बसुन्धरा भुसालसँग चलचित्रको विषयमा अन्तरक्रिया गरिएको थियो ।