पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १०र ११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा फागुन ६ देखि ९ गतेसम्म घान्द्रुक पर्यटन महोत्सव हुने भएको छ ।   पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै महोत्सव...

काठमाडौं: मिडफिल्डर सुजल श्रेष्ठले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यासको घोषणा गरेका छन्।   श्रेष्ठले बिहीबार सामाजिक सञ्जालमार्फत् संन्यास लिने घोषणा गरेका छन्।   उनी संन्यासको घोषणा गरेर अस्ट्रेलिया प्रस्थान गर्दैछन्। उनीसँगै डिफेन्डर रजिन धिमाल पनि अस्ट्रेलिया जाँदैछन्।   पछिल्लो समय नेपाली राष्ट्रिय टिमका दर्जनभन्दा बढी खेलाडी अस्ट्रेलिया गइसकेका छन्। त्यहाँको स्थानीय टिमबाट खेल्नका लागि राष्ट्रिय टिम छाडेर खेलाडीहरु पलायन भइरहेका हुन्।   बिहीबार संन्यास घोषणासँगै सुजलले आफूले सम्मान महसुस गरेको बताए। नेपालका लागि ११ वर्षमा ५१ खेल खेलेका सुजलको कप्तानीमा नेपालले सन् २०१९ मा दक्षिण एसियाली  खेलुकद (साग) मा स्वर्ण जितेको थियो।   ‘११ वर्ष, ५१ खेलमा आफ्नो देशको झन्डा छातिमा बोकेर मैदानमा उत्रने अवसर पाउँदा निकै गर्विलो महसुस गरेको छ। केहि खुसीका पल त केहि दु:खका, कतै उपाधि त कतै निराश क्षणलगायत य सबै तिता मिठा सम्झनाहरु मनमा समेटी आज म राष्ट्रिय टोलीबाट आफ्नो संन्यास घोषणा गर्दछु,’ सुजलको भनाइ छ।    उनले अघि लेखेका छन्, ‘यति लामो समयसम्म राष्ट्रिय टोलीको जर्सी लगाउन पाउनु मेरो लागि ठूलो सम्मान थियो। मैले यो गर्व र जोशका साथ निर्वाह गरें। हाल राष्ट्रिय टोलीमा रहेका र अन्य भाइहरु धेरै क्षमतावान छन्। र म विश्वस्त छु कि भाइहरुले देशको झन्डा झुक्न दिनेछैनन्। अब पालो नयाँ पुस्ताको हो।’    उनले सबै प्रशंसक र प्रशिक्षकलाई धन्यवाद समेत दिएका छन्।   ‘सबै प्रशंसक र समर्थकहरूलाई धन्यवाद, जसले मलाई ताली र जयजयकारले साथ तथा हौसला दिए। साथै मलाई विश्वास गर्दै नियमित राष्ट्रिय टोलीमा स्थान दिँदै यहाँसम्म पुर्‍याउन मद्दत गर्नुहुने सम्पूर्ण प्रशिक्षकलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई लाग्छ अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने यो मेरोलागि उपयुक्त समय हो। जय नेपाली फुटबल,’ उनको भनाइ छ।

जोमसोम : जापानमा मुस्ताङका एक युवाले एकल चित्रकला प्रदर्शनी गरेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ–२ छोसेर निवासी चित्रकार छिरिङ फेन्जो गुरुङले मार्च  १८ तारिखमा जापानको तोयोकावा सहरमा चौथो एकल चित्रकला प्रदर्शनी गरेका हुन् ।   इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपालका अध्यक्ष एनबी गुरुङको पहलमा गुरुङ एकल चित्रकला प्रदर्शनी गर्न जापान पुगेका थिए । जापानस्थित उपल्लो मुस्ताङीहरूको सामाजिक संस्था मुक्ति समाज समिति जापानको वार्षिकोत्सव समारोहमा चित्रकार फेन्जोको चौथो एकल चित्रकला प्रदर्शनी गरिएको हो। चित्रकार छिरिङ फेन्जोले जापानको तोयाकावा सहरमा चौथौ एकल चित्रकला प्रदर्शन सम्पन्न गरी बुधबार नेपाल फर्किएका छन् ।   मुस्ताङको जिवन्त धार्मिक, मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म पुर्‍याउ इन्टनेशनल वाटर कलर सोसाइटी अफ नेपाल नामक संस्थाले चित्रकार फेन्जोलाई जापानमा आमन्त्रण गरेको थियो । चित्रकार गुरुङले त्यहाँ आफूले सृजना गरेका  धार्मिक,कलासंस्कृति र मौलिकतालाई चित्रकारिताका माध्यमबाट प्रस्तुत गरे ।      चित्रकला प्रर्दशनीमा मुक्ति समाजका जापानका अध्यक्ष नाक्टी गुरुङ,सोनाम ढुके र नोचुङ लगायतका एक दर्जन पदाधिकारी उपस्थित थिए । चित्रकला प्रर्दशनको गैर आवासीय नेपाली संघ (जापान)का अध्यक्ष दिपक केशीले उद्घाटन गरेका थिए ।    उनले मुस्ताङको ऐतिहाँसिक,धार्मिक,मौलिक कलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट जापानसम्म उजागर गरिनु सह्रानीय पक्ष भएको बताए । प्रर्दशनीमा चित्रकार फेन्जोले  दुरदराजको हिमाली जिल्लाको कलासंस्कृतिलाई जापानमा आएर पस्कन पाउँदा आफू निकै गौरान्वित भएको उल्लेख गरे । उनले यसप्रकारको अवसर अन्य देशहरूमा पाउने विश्वाश व्यक्त गरे ।   चित्रकला प्रर्दशनी अवलोकन गर्न पाउँदा जापानीज नागरिक पनि उत्साहित  र खुसी भएका थिए । चित्रकार गुरुङले यसअघि गृह जिल्ला मुस्ताङसहित नेपालमा ३ वटा एकल चित्रकला प्रदर्शन सम्पन्न गरिसकेका छन् । उनले ३ वर्षअघि गण्डकी प्रदेशस्तरीय एकल चित्रकला प्रदर्शनी पोखरामा गरेका थिए ।   चित्रकार गुरुङ १६ वर्षको उमेरदेखि नै चित्रकारिता क्षेत्रमा लागेका हुन्। चित्रकारिता र भित्ते लेखनको अभ्यास उनले गाउँमै सुरु गरेका थिए । तिब्बती कलासंस्कृतिको प्रभाव रहेको मुस्ताङमा उनले गुम्बा,छोर्तेन,माने,मठमन्दिर र जैविकलासंस्कृतिलाई चित्रकारिताको माध्यमबाट दृष्यमा उतार्न पोख्त छन् ।  गुरुङ गुम्बा,मठमन्दिर र देवीदेवताहरुको मूर्ति सजावट र पेन्टिङ भर्न सिपालु छन् ।    उनी थान्का पेन्टिङमा पनि उत्तिकै दखल छन् । बौद्ध दर्शनलाई सहजताका साथ व्याख्या गर्न सकिने सजिलो माध्यम हो ‘थान्का’ । तिब्बती शब्दमा थान्काको शाब्दिक अर्थ हो अभिलेखिकरण गरिएको शब्द भन्ने बुझिन्छ । गुम्बाहरूमा यो अभिलेखिकरण गरिएको थान्का झुन्ड्याएर सजाउने गरिन्छ ।  

काठमाडौं : सप्तरीको सीमा क्षेत्रबाट साढे ६४ किलो अवैध गाँजा बरामद भएको छ।   सशस्त्र प्रहरीको गस्ती टोलीले नेपाल भारत सीमा क्षेत्रबाट टाउकोमा बोकेर ल्याउँदै गरेको उक्त गाँजा बरामद गरेको हो।    सशस्त्र प्रहरीको टोलीले बिहीबार ४ बजे ३-४ जनाले ल्याउँदै गरेको गाँजा बरामद गरेको जनाएको छ। ती मानिसहरू गाँजा फालेर भारततर्फ नै भागेको बताइएको छ। 

पोखरा:    प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले संविधानले आफ्नो तोकेको जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गरेको बताएका छन् ।   नेपाली सेना भूपू सम्मेलन– २०७९ को आज पश्चिम पृतना पोखरामा उद्घाटन गर्दै उनले  यस्तो बताएका हुन् ।  उनले नेपाली सेनाले संविधानले तोकेको आफ्नो जिम्मेवारी प्रभावकारी तवरले निर्वाह गरेको बताउँदै अनर्गल र झुठा प्रचारबाट टाढा रहन पनि आग्रह गरे ।  नेपाली सेनाका बारेमा नचाहिँदो कुरा प्रचार हुने गरेको भन्दै आफ्नो कार्य र जिम्मेवारी पूरा गर्न नेपाली सेना के कति चाहिन्छ भन्ने कुरा सरकारले नै निर्धारण गर्ने हो भन्नुभएको हो । उहाँले भन्नुभयो, “यो कुनै आइएनजिओ÷एनजिओमा बसेर आफैँ स्वघोषित प्राज्ञ, विज्ञ, सुरक्षाविज्ञ भन्नेहरूले भन्ने होइन, नेपाल सरकारको काम हो ।” देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षाका साथै विकास निर्माण, विश्व शान्ति स्थापना एवं देशमा आवश्यक परेका अन्य काममा लाग्नु नै सेनाले आफ्नो जिम्मेवारी ठानेको प्रधानसेनापति शर्माले बताउनुभयो । प्रधानसेनापति शर्माले लामो सैनिक जीवनका दौरान सिकेको र स्मरण गरेको अनुशासन, मूल्य, मान्यता तथा ज्ञान, सीपहरूलाई आफ्नो बसोबास गरेको समाजमा प्रयोग गर्दै सदैव जनताको सेवामा लाग्न भूपू सैनिकहरूलाई आग्रह गर्नुभयो । पूर्वसैनिक परिवारलाई सहयोग र स्वरोजगार गर्ने उद्देश्यले स्थापना भएको सैनिक कल्याणकारी कोषको अधिकतम उपयोग गरी आयमूलक स्वरोजगारमार्फत जीवनस्तर उकास्ने लक्ष्य लिइएको प्रधानसेनापति शर्माले बताउनुभयो ।  सैनिक कल्याणकारी कोषमा हाल रु ७३ अर्ब, १३ करोड रकम रहेको र १० लाख हिताधिकारीलाई सो रकमको ब्याजबाट विभिन्न सहुलियत प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।  कार्यक्रममा ज्येष्ठ भूपू सैनिक ९२ वर्षीय गोमानसिंह कार्की र ज्येष्ठ एकल महिला ८९ वर्षीया मषिकलता थापा क्षेत्रीलाई सम्मान गरिएको थियो । यसैगरी लघु उद्यम व्यवसायीहरुलाई सम्मान तथा पुरस्कार वितरण, उद्यमी व्यवसायीहरूलाई महिला उद्यमशीलता कर्जाको चेक हस्तान्तरण गरिएको थियो । कार्यक्रममा भूपू सैनिकहरूबाट मार्चपास, जिल्लागतरूपमा भूपू सैनिकहरू तथा एकल महिलाहरूको मार्चपास, स्थान विशेषका झाँकीहरूको प्रदर्शन, खुकुरी ड्रिल, तेक्वान्दो, पिटी तथा मार्चपास र विभिन्न संस्कृतिहरूको प्रदर्शनी गरिएको थियो ।   

 पोखरा:  सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देवबहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।      पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनिता ढकाल,भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल रहनु भएको छ ।  आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न वनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।      गाउँपालिकाले स्थानीय वन ऐन निर्माण गरि सकेको छ कार्यविधि र नियमावली बनाउने तयारी गरिरहेको जानकारी गराउँदै उहाँले आवश्यकता अनुसार परिमार्जन गर्दै उपभोक्ता समुहसंगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।      विभिन्न संघसंस्थालाई मानविय, सामाजिक र आर्थिक विकासमा उपयोग गर्दै पालिकाको समग्र विकासमा सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्दै पौडेलले भन्नुभयो कृषि र उद्यमसंग वनलाई जोड्र्ने आवश्यकता छ ।       गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सिता थापाले नेतृत्व विकाससंगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।      सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यव्दय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउदै वनलाई आम्दानी श्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।      सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका अध्यक्ष दोवबहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने आवश्यकता  औल्याउनुभयो । स्थानीय महासंघका अध्यक्ष देवबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासंघ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासंघ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सिता नेपाली लगायतले सामुदायिक वनको महत्व माथि चर्चा गर्नुभएको थियो ।  

पोखरा: लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेशनको लायन वर्ष २०२३र२०२४ को लागि नया नेतृत्व चयन कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एमका गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको निर्वाचन कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र शर्माको अध्यक्षतामा पोखरामा सम्पनं भएको हो । क्लवले आगामी लायन बर्ष २०२३र२०२४ को लागि सन्तोष शर्माको अध्यक्षतामा समिति चयन गरेको छ ्र क्लवको प्रथम उपाध्यक्षमा खेमराज तिमिल्सिना ,द्वितीय उपाध्यक्षमा राजु पौडेल ,तृतीय उपाध्यक्षमा अशोक सुनार ,सचिवमा छबी पनेरु ,सहसचिवमा शिव केसी ,कोषाध्यक्षमा डा.सरोज पोखरेल ,सहकोषाध्यक्षमा दिपक सुबेदी, क्लवको शिक्षा संयोजकमा सोमनाथ भण्डारी ,सेवा कार्यको सयोजकमा विभिषण तिमिल्सिनालाई लाई चयन गरेको छ  । कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम का गभर्नर एमजेएफ लायन महेन्द्र पौडेलले आगामी बर्षको लागी चयन भएको नेतृत्वलाई बधाई ब्यक्त गर्दै आफुलाई सेवाको कार्यमा अग्रसर बनाइराख्न निर्देशन दिएका थिए ्र लायन्स क्लव अफ पोखरा डेस्टिनेशनले बिगत पाच वर्ष देखि संचालन गर्दै आएको वृक्षारोपण कार्यक्रम अन्तर्गतका ८०० बिरुवा समर्क्षण समेत गर्दै आएको कुरा अन्य क्लवहरुका लागी बिरुवा सार्ने मात्र नभई संरक्षण समेत जरुरी हुने सिकाइ भएको बताएका थिए । कार्यक्रममा लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एमका द्वितीय डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्याल ,डिस्ट्रिक्ट चिफ एड्भाइजर धनीराम बराल ,डिपार्टमेन्ट चिफ पुषा आचार्य ,क्लवका पुर्व अध्यक्ष ।डा।सरास्वती शर्मा , लक्ष्मण तिमिल्सिना ,डा अमर नागिला ,रामप्रसाद तिमिल्सिना ,रिजन चेयर पर्सन नवराज भण्डारी ,जोन चियर पर्सन रेखा पोखरेल लगाएतको उपस्थिति रहेको थियो । लायन्स क्लव डिस्ट्रिक्ट  ३२५ एम ले आफ्नो प्रथम कन्भेन्सन्न यहि चैत्र २५ गते पोखरामा गर्दै छ ।  

नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्लो आर्थिक अवस्थाबारे आफू चिन्तित रहेको बताएका छन्।   नेपाल चेम्बर अफ कमर्ससँगको भेटघाटमा राष्ट्रपति पौडेलले मुलुकको वर्तमान आर्थिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताएका हुन्।     भेटघाट कार्यक्रममा उनले जोखिमयुक्त आर्थिक अवस्थालाई ध्यानमा राखेर सबैले आ-आफ्नो क्षेत्रबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए।    'सरकारले पूर्णता पाईसकेको छैन। सरकारले पूर्णता पाए लगत्तै प्रधानमन्त्री र अर्थमन्त्रीलाई बोलाएर तत्काल सम्बोधन गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउँछु,' पौडेलले भने।    वर्तमान संकट समाधनका लागि सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने पौडेलको भनाइ छ।    मुलुकभित्र उत्पादन वृद्धि एवं रोजगारी सिर्जना गरेर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिए।     चेम्बर अध्यक्ष राजेन्द्र मल्लले आर्थिक विकास र समृद्धिका लागि राष्ट्रपतिबाट पथ प्रर्दशन हुनेमा आफूहरू विश्वस्त रहेको बताए।   'बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय नहुँदा अर्थतन्त्रले अपेक्षित गति लिन सकेको छैन,' मल्लले भने, 'पछिल्लो समय उच्च ब्याजदरका कारण उद्यमी व्यवसायी एवं सर्वसाधारण ऋणीहरूमा गम्भिर असर गरेको छ।'    पुँजीगत खर्च हुन नसक्ने समस्या लगायतले आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन नसकेको अध्यक्ष मल्लको भनाइ छ।   आर्थिक समृद्धि र अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गर्नुपर्ने भन्दै अध्यक्ष मल्लले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए।    उनले बाँझो जमिन सदुपयोग गरी कृषि उत्पादनमा आधुनिकीकरण, यान्त्रीकरण एवं वैज्ञानिकीकरण गरी मुलुकलाई आत्मनिर्भर बनाउन सकिने सुझाव दिए।     कृषि कर्जा प्रवाह गर्दा खेत किन्नेलाई नभई खेती गर्नेले पाउने व्यवस्थाका लागि पनि अध्यक्ष मल्लले राष्ट्रपति पौडेलको ध्यानकर्षण गराए।

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ।    बिहीबार उपसभापति खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ।    राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।     

काठमाडौँ:  साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ ।   यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ ।    आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।