पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।   भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेश प्रकाश बिभुते र गणेश सतिश बाल्टे पक्राउ परेका छन् ।   प्रहरीले दार्चुला महाकाली नगरपालिका वडा नं ३ टाँटे बस्ने ४७ वर्षीय गणेश दत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल पक्राउ गरेको छ ।   काठमाडौं महानगरपालिका वडा नं २४ दुछेंननी टोलबाट १७६८ ग्राम सुन र उक्त रकम बरामद गरेको प्रहरीले जनाएको छ ।    

पोखरा:    आकर्षक तलबको प्रलोभन देखाई माल्टा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा १ युवक पक्राउ परेका छन् ।    पक्राउ पर्नेमा बागलुङ काठेखोला गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।      प्रहरीका अनुसार विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ ।    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।    उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।   

नुवाकोट:    मानव बेचबिखन तथा ओसारपसार मुद्दाका २६ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बस्ने ५५ वर्षीय रामबहादुर भन्ने जंगबहादुर तामाङलाई रहेका छन् ।   उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले  तादी गाउँपालिका–४ सातबिसेबाट बुधबार पक्राउ गरेको हो ।    फरार रहेका जंगबहादुलाई मकवानपुर जिल्ला अदालतको २०५५ माघ १९ गते ९ वर्ष ७ महिना १० दिन कैद फैसला सुनाएको थियो ।   त्यसपछि उनी फरार थिए ।   हाल पक्राउ परेका उनलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले पोखराको पामे क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ जामुनेबोट बस्ने ३८ वर्षीय 'राजु न्याकेड' भन्ने नर बहादुर बिक रहेका छन् ।   उनलाई आज वडा कार्यालय वैदामबाट खटिएको बिशेष टोलीले पोखरा २४ बाट पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माले जानकारी दिए ।   उनका अनुसार पक्राउ परेका बिकको साथबाट पेस्तोलसहित ९ एमएमको गोली, नगद रु १६ हजार र नोकियाको मोबाइलसेट बरामद गरिएको छ ।     बिक यसअघि १३ वटा मुद्धाका फरार प्रतिवादी हुन् ।    हाल पक्राउ परेका बिकमाथि पुराना मुद्धासँगै हातहतियार तथा खरखजना कसुरमा मुद्धा दर्ता भई अनुसन्धान थालिने डिएसपी शर्माले बताए ।   

कञ्चनपुर:  कञ्चनपुर प्रहरीले आफ्नै दाई नाता पर्ने ४० वर्षीय गणेश नेपालीको हत्या गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१ सृजना टोल बस्ने ३५ वर्षीय दिपक नेपाली रहेका छन् ।   उनलाई वडा प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।    प्रहरीका अनुसार दिपकले ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएका गणेशको महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । त्यसपछि दिपकको खोजी गरिएको थियो ।    हाल पक्राउ परेका दिपकमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।  

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले हिट एण्ड रनमा फरार व्यक्तिलाई ५ दिनपछि पक्राउ गरेको छ ।   कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा बागलुङको काठेखोला गाउँपालिका ३ धम्जा स्थायी घर भई हाल पोखरा २७ तालचोक बस्ने २५ वर्षीय दिल बहादुर आले रहेका छन् ।   उनले गत ७ गते करिब साढे ६ बजे तालचोक आउने क्रममा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलले म्याग्दीको बेनी नगरपालिका ३ स्थायी घर भई हाल पोखरा २९ बस्ने पैदलयात्री ८ वर्षीय बालकलाई भण्डारढिकमा ठक्कर दिएर फरार थिए ।    त्यसपछि इलाका प्रहरी कार्यालय शिशुवालाई प्राप्त सूचनाको आधारमा ग १३ प २६९१ नम्बरको रातो पल्सर मोटरसाइकलसहित चालक आलेलाई आज पक्राउ गरिएको हो ।   हाल पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:  कास्की प्रहरीले दुर्लभ वन्यजन्तुको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामा रहेका छन् ।   उनलाई दुर्लभ वन्यजन्तु झारलको १० किलो मासु र हड्डीसहित पावर हाउसबाट पक्राउ गरेको हो ।   पक्राउ परेका लामालाई थप अनुसन्धानका लागि वन कार्यालयमा पठाइएको कास्की प्रहरीले जनाएको छ ।

पोखरा:  कास्की प्रहरीले पोखराको नयाँ बजारस्थित दराज अनलाइनको कार्यालयबाट नगद चोरी आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।   कास्की प्रहरीका प्रवत्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्माका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १५ टुटुङ्गाका २९ वर्षीय अर्जुन परियार, पोखरा १० रंगशाला बस्ने २७ वर्षीय विकास अधिकारी र धादिङ जिल्ला घर भई हाल पोखरा २ नालामुख बस्ने २९ वर्षीय लोकेन्द्र बहादुर इटनी रहेका छन् ।   उनीहरुलाई पोखरा ५ पस्र्याङबाट उनीहरूलाई पैसा राखिएको लकर र झोलासहित वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।   पक्राउ परेका उनीहरुले गत चैत्र २४ गते पोखरा महानगरपालिका –८ नयाँ बजारमा रहेको दराज अनलाइनको डेलिभरी कार्यालयको सिसा फोडेर नगद रु ५ लाख ८२ हजार ५ सय ८०, मोबाइल १ थान र ५ थान झोला लगायतका समाग्री चोरी फरार थिए ।   हाल पक्राउ परेका उनीहरुविरुद्ध चोरी कसुरमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।  

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले जुवाखालबाट ४ जना जुवाडेलाई पक्राउ गरेको छ ।   पोखरा महानगरपालिका १७ विरौटास्थित स्टार कारवासको छाप्रोमा जुवातास खेलिरहेका ३८ वर्षीय भिम बहादुर बिकसहित ४ जनालाई गएराती पक्राउ गरेको हो ।   वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुको साथबाट नगद ४८ हजार ९५ रूपैयाँ र १ बुक तास बरामद गरेको छ ।   सो विषयमा थप अनुसन्धान भइरहेको कास्की प्रहरीले  जनाएको छ ।