पोखराः गण्डकी प्रदेशका ३ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमालेबाट रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्री र नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन । हेनुहोस् कसले कुन मन्त्रालय पाए ? गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री, सीता सुन्दास आर्थिक मामिला मन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् । गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।
पोखराः गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ । एमालेका खगराज अधिकारी मुख्यमन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, सीता सुन्दास आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् । नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् । गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।
पोखराः गण्डकी प्रदेशमा जम्मा ७ मन्त्रालय बनाउने सहमति भएको नेकपा एमाले स्रोतले बताएको छ । जसअनुसार एमालेले ४, नेकपा माओवादी केन्द्रले २ र राप्रपाले १ मन्त्रालय पाउनेछन् । सुन्दा विश्वास नलागे पनि सात मन्त्रालयमात्रै हुने टुंगो लागेको गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सिता सुन्दासले संकेत गरेकी छिन् । ‘मिलाएर बुझ्नुहोस्, लगभग त्यही सहमति हो’ प्रवक्ता सुन्दास भन्छिन् ‘भोलीसम्म कुन पार्टीलाई कुन मन्त्रालयको जिम्मेवारी दिने फाइनल हुन्छ ।’ सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रापबिच भएको आजको बैठकले मन्त्रालय बाँडफाँडको अन्तिम टुङ्गो लागेको हो । एमालेको भागमा परेको ४ मन्त्रालयमा मुख्यमन्त्रीसमेत पर्दछ । अब नेकपा एमालेबाट थप २ मन्त्री हुनेछन् भने माओवादीले एक मन्त्रालय पाउनेछ । राप्रपाबाट भने एक मन्त्रीले सपथ लिइसकेका छन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री चयन भएका खगराज अधिकारीले ३ जना बिना बिभागीय मन्त्री चयन गरेका थिए ।
पोखरा: गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । आइतबार सत्ता साझेदार दलको बैठकले गण्डकी प्रदेशमा ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति भएको थियो । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय बनाउने निर्णय गरेको सरकारकी प्रवक्ता समेत रहेकी विना विभागीय मन्त्री सिता सुन्दासले बताइन् । यी हुन् गण्डकीमा सात मन्त्रालयः
पोखराः गण्डकी विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबीच एमओयु सम्झौता भएको छ । खानी इन्जिनियरिङ सञ्चालनका लागि काठमाडौंले गण्डकी विश्वविद्यालयलाई सघाउने गरी आइतबार एमओयु सम्झौता भएको हो । खानी इन्जिनियरिङको उच्चस्तरीय पठनपाठन सञ्चालन गर्नलाई एकापसमा सहयोग आदानप्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । गण्डकी विश्वविद्यालयमा आयोजित कार्यक्रममा गण्डकीका कुलपति प्राडा गणेशमान गुरुङ र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । ५ वर्षसम्म कायम हुने शर्तसहित गरिएको सम्झौता पत्रमा उच्च शिक्षाका हर पक्षमा आवश्यक विकास, प्रोत्साहन र समृद्धिमा सहकार्य गर्ने उल्लेख छ । ‘दुवै विश्वविद्यालयले आ– आफ्ना स्नातक, स्नातकोत्तर र विद्यावारीधी अध्ययनरत विद्यार्थीको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गरिनेछ’, सम्झौता पत्रमा भनिएको छ । खानी इन्जिनियरिङसम्बन्धी उच्चस्तरीय पठनपाठन सञ्चालन गर्न एकापसमा सहकार्य गर्ने २ विश्वविद्यालयबीच सम्झौता छ । जसका लागि कमिटी नै गठन गरिनेछ । दुवै विश्वविद्यालयले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीलाई अर्का विश्वविद्यालयमा काजमा खटाउन सक्ने व्यवस्था मिलाइने बताइएको छ । विश्व बजारमा माइनिङ इन्जिनियरिङको माग भएकाले काठमाडौं विश्वविद्यालयसँग सहकार्य गरेरअगाडि बढ्न लागेको गण्डकीका कुलपति प्राध्यापक डाक्टर गुरुङले बताए । ‘गण्डकी प्रदेशको विश्वविद्यालय किन चाहियो भनेर प्रश्न उठिरहेको बेला छ । गण्डकी प्रदेश खानीहरुले भरिपूर्ण छ । त्यसका लागि जनशक्ति उत्पादन गर्न सक्यौ ं भने हामी सफल हुन्छौ ं’, उनले भने । गण्डकी विश्वविद्यालयले फरक विषय पठनपाठनलाई जोड दिएको उनको भनाइ छ । काठमाडौ ं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले तामा, फलामसँगै ढुंगा, गिट्टी, बालुवालाई सदुपयोग गर्न खानी इन्जिनियरिङ पढाइ आवश्यक रहेको बताए । ‘सरकारले गर्न नभ्याएको क्षेत्रमा युवाले पढ्न चाहेको पाठ्यक्रम बनाएर रोजगारमूलक शिक्षा दिएका छौ ं’, उनले भने । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा पुगेकी गण्डकी प्रदेशकी प्रवक्ता सीता सुन्दासले गण्डकी प्रदेश खानीले भरिपूर्ण भएकाले यो विषयको पढाइले उत्खननमा सघाउ पुग्ने अपेक्षा गरिन् । फलाम, तामा खानी भएर पनि उत्खनन् हुन सकिएको छैन । खानीको उत्खनन् गर्न सके विकास सम्भव छ’, उनले भनिन् । उनले राज्यको ध्यान पुग्न नसकेको क्षेत्रमा प्राज्ञिक क्षेत्रले सुझाव दिन आवश्यक रहेको बताइन ।
पोखराः गण्डकी प्रदेशमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ । गण्डकी प्रदेशका प्रवक्ता तथा मन्त्री सीता सुन्दासले गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको जानकारी दिइन् । ‘आइतबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाबीच गण्डकी प्रदेशको मन्त्रालयलाई पूर्णता दिन छलफल गरेको थियौं, प्रवक्ता सुन्दासले भनिन्, ‘गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएको छ, भोलि पुनः बैठक बस्दै छौं सकेसम्म बेलुकासम्म प्रदेशमा मन्त्रालयले पूर्णता पाउँन सक्छ ।’ गण्डकीमा ७ वटा मन्त्रालय बनाउने सहमति भएसँगै कसले कति मन्त्रालय लिने भन्ने भोलिको बैठकले टुङ्गो लाग्ने प्रवक्ता सुन्दासले जानकारी दिइन् । पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका खगराज अधिकारीले २९ गते नै विश्वासको मत लिइसकका छन् । मुख्यमन्त्री नियुक्तसँगै एमालेबाट सीता सुन्दास, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र राप्रपा संसदीय दलका नेता पञ्चराम तमु बिना विभागीय मन्त्री भैसकेका छन् । गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ मन्त्रालय बनाएपनि नेकपा दुईतिर हुँदा ११ मन्त्रालय बनाएका थिए भने नेकपा दुईतिर हुँदा गण्डकीका मुख्यमन्त्री भएका नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीले १२ मन्त्रालय बनाएका थिए ।
पोखराः वरिष्ठ अधिवक्ता श्रीकान्त बराल गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् । बरालललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङको उपस्थितिमा उच्च अदालतका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्यले शनिबार पद तथा गोपनीयताको शपथ गराएका छन् । यसअघि गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा रोहितराज बास्तोला थिए । सरकार परिवर्तनसँगै उनले राजीनामा दिएका थिए ।
म्याग्दी: म्याग्दीको बेनीमा आयोजना भएको खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले हात पारेको छ । शुक्रबार बेनीको खुल्ला मञ्चमा भएको फाइनल खेलमा धवलागिरी गाउँपालिकालाई सोजो ३ सेट पराजित गर्दै अन्नपूर्ण गाउँपालिकाले महिला भलिबलको उपाधि जितेको हो । प्रतियोगितामा धवलागिरी गाउँपालिकालार्ई २५–२२, १७–२५ र १०–२५ को सेटमा पराजित गर्दै अन्नपूर्ण गाउँपालिका प्रथम हुन सफल भएको हो जिल्ला भलिबल सङ्घ म्याग्दी अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५५५ रुपियाँ र दोस्रो हुनेले ३३ हजार ३३३ रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, ब्लकर, सर्भर, डिफेन्डर र सेटरलाई नगद पुरस्कारको व्यवस्था गरिएको छ । सातौं म्याग्दी महोत्सव एवम् माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेला–२०७९ को अवसरमा खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
पोखारः माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुबेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले आवश्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ । माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए । पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ७० जनाको शव भेटिएको छ । २ जनाको खोजी कार्य भइरहेको छ ।