गण्डकीका तीन मन्त्रीले लिए शपथ
पाेखरा | माघ १०, २०७९
पोखराः गण्डकी प्रदेशका ३ मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेकपा एमालेबाट रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री, बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्री र नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्रीलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन ।
हेनुहोस् कसले कुन मन्त्रालय पाए ?
गण्डकी प्रदेशमा नेकपा एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय पाएको छ ।
एमालेका खगराज अधिकारी मुख्यमन्त्री, सीता सुन्दास आर्थिक मामिला मन्त्री, रोशन गाहा मगर आन्तरिक मामिला तथा कानुन मन्त्री र बेद बहादुर गुरुङ‘श्याम’ कृषि तथा जलस्रोत मन्त्रीमा नियुक्त भएका हुन् ।
नेकपा माओवादीबाट हरिबहादुर चुमान भौतिक पूर्वाधार मन्त्री, रेशम जुग्जाली पर्यटन उद्योग र वन मन्त्री भएका छन् ।
गण्डकीमा एक मन्त्रालय पाएको राप्रपाका पञ्चराम गुरुङ सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएका छन् ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

