राजबहादुरलाई पोखरा पत्रकारिता सम्मान, जगन्नाथ पत्रकारिता पुरस्कारबाट एकराज र फडिन्द्र पुरस्कृत
पाेखरा | चैत १६, २०८२
पोखरा: नेपाल पत्रकार महासंघ कास्कीले संस्थाको ७१ औं स्थापना दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका ३ जनालाई पुरस्कृत र एक संस्थालाई सम्मान गरेको छ ।
पोखरा पत्रकारिता पुरस्कारबाट यस वर्ष २०८१ को सम्मान वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई र २०८२ को सम्मान सहारा क्लबलाई प्रदान गरेको हो ।
यस्तै स्व. जगन्नाथ सिग्देलस्मृति पत्रकारिता पुरस्कार २०८१ बाट फणिन्द्र अधिकारी (अकिञ्चन) र २०८२ एकराज गिरी पुरस्कृत भए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वरिष्ठ पत्रकार राजबहादुर गुरुङलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मान पत्र अर्पण गरे ।
सम्मानित गुरुङ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय छन् । उनी हाल युनाइटेड खबर अनलाइनमा कार्यरत छन् ।
यस्तै पुरस्कृत द्वय फडिन्द्र अधिकारी र एकराज गिरीलाई जनही नगद २५ हजार ५ सय ५५ रुपैयाँ, दोसल्ला र सम्मानपत्र मुख्यमन्त्री पाण्डे तथा पुरस्कारदाताले प्रदान गरे ।
विगत दुई दशकदेखि पत्रकारितामा क्रियाशील रहेका अधिकारी गोरखापत्र र गिरी सफल न्यूजमा आवद्ध छन् ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले सम्मानित गुरुङ तथा पुरस्कृत अधिकारी र गिरीलाई बधाई व्यक्त गरे ।
उनले पछिल्लो समय सामाजिक सञ्जालमा मिसइन्फर्मेसन र डिस्इम्फर्मेसन बढ्दै गएकाले आधिकारिक मिडियालाई चुनौती थपिएको धारणा राखे ।
उनले उक्त चुनौतीलाई चिर्नका लागि पत्रकार स्वयंले कसरत गर्नुपर्ने बताएका थिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

