बढ्यो आलुको कारोवार, श्याम रानाको धमाका प्रस्तुती

पाेखरा | बैशाख ३, २०८३

बढ्यो आलुको कारोवार, श्याम रानाको धमाका प्रस्तुती

पोखरा।  १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ ।

 

महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा ६ हजार बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक अर्जुन कार्कीले जानकारी दिए । जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १ केजी देखि बढीमा २ हजार १ सय केजीसम्म आलु किनी लगेको कार्कीको भनाई छ ।

 

त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी घरयासी सामग्री किन्नेको संख्या त्यहाँ बढी छ । त्यहाँ आलुको परिकारको एउटा स्टलका अलवा कृषितर्फ ३० तथा १ सय बढी व्यापारिक स्टल छन् ।

 

महोत्सवमा उल्लेख्य कारोवार भइरहेको कुमाल कृषि तथा पशुपन्छी फार्म रुपा ३ की प्रोप्राइटर समेत रहेकी जिल्ला समन्वय समिति कास्की उपप्रमुख सरिता कुमालले बताइन् । उनले त्यहाँ स्थानीय अनदी, मार्सी चामल, चिउरा लगायतका सामग्री बेच्दै आएकी छन् ।

 

सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, हामीहरु उनीहरुको निरन्तर सम्पर्कमा पनि छौं, आज बिहीबार साँझसम्म गरी ३ करोड बढीको कारोवार भएको अनुमान छ, पक्कै पनि यो हामी सबैका लागि खुशीको कुरा हो, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने ।

 

त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । बिहीबार साँझसम्म ३० लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.३५ मा आलु बिक्री गरिएको छ ।

 

हेमजाका निलोे आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य ठाउँहरुबाट समेत यतिवेला आलु लगायत कृषि उपजको बिक्रीवितरण भइरहेको छ ।

 

महोत्सवमा बिहीबार कलाकारहरु श्याम राना, तारापति सुवेदी, पार्वती जिसी, लक्ष्मी नेपाली सुरेश थापा, गंगा परियार लगायतका प्रस्तुतिहरु रहे । त्यस्तै दिदीबहिनी आमा समूह पोखरा २३, हेमजा स्थित खुट्टागौँडा लामाचौतारा आमा समूह, तिब्रेकोट आमा समूह र दहरे देउराली आमा समूहले रत्यौली प्रतियोगिता अन्तर्गत आआफ्ना प्रस्तुति पनि राखे ।

 

कन्सर्टतर्फ सम्भोज मल्ल, आस्ता लोहोनी र सुवाश गुरुङ एवम् नृत्यतर्फ सोनियाँ केसी, प्रदिप सुनार, सबनम केसी र जोयल अधिकारीले आफू नाच्दै दर्शकलाई पनि नचाए।

 

बिहीबार दिउँसोसँगै परेको झरीले महोत्सवमा केही प्रभाव समेत पार्यो । झरीका बीच छाता ओढेरै भएपनि महोत्सवलाई दर्शकले साथ दिए ।

 

महोत्सव अन्तर्गत शुक्रबार त्यहाँ.कलाकारहरु एलिना चौहान, चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, विष्णु ढुङगाना, विनिता क्षत्री लगायतका प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका सचिव विपीन पौडेलले जानकारी दिए ।

यही चैत २७ बाट सुरु महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।

 

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्