एबिसी क्याम्पको पिसफूल लजमा आगलागी

पाेखरा | चैत ११, २०८२

एबिसी क्याम्पको पिसफूल लजमा आगलागी

पोखरा:    कास्कीको अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) स्थित पिसफूल लज एण्ड रेष्टुरेन्टमा आगलागी भएको छ ।

 

स्थानीय पर्यटन व्यवसायी मिकास गुरुङका अनुसार मंगलबार करिब साढे ४ बजे ग्यासको सिलिन्डर लिक भएपछि आगलागी भएको हो ।

 

भीषण आगलागी भएपछि किचन, डाइनिङ, स्टोर र ९ वटा बेडरुम जलेर पूर्ण नष्ट भएको उनले बताए ।

 

 

यस्तै आगलागीबाट पर्यटकका ५ वटा आइफोन र १ वटा डिएसएलआर र लत्ताकपडा जलेका छन् । 

 

उनका अनुसार मानवीय क्षति भने भएको छ । 

 

हाल अन्नपूर्ण आधार शिविर (एबिसी बेस क्याम्प) मा आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्