झापा:  प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको एकतालाई मजबुत बनाएर संकल्पका साथ लाग्ने हो भने एमालेलाई अरुले हराउन नसक्ने बताउनुभएको छ।  नेकपा (एमाले) को जिल्लास्...

काठमाडौं:  नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नेपाल समाजवादी पार्टीसँग एकता छिट्टै हुने बताएका छन् ।  स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पौडेलले पार्टीको नाम र चुनाव चिन्ह फाइनल भएलगतै एकता हुने बताए ।  ‘नेसपासँगको एकता छिट्टै टुंगो लाग्छ । आजको बैठकमा एकता गर्ने विषयमा प्रस्ताव गरिएको छ । अब धेरै लामो समयसम्म लमब्याउनु हुँदैन भन्ने छ ’ पौडेलले भने, ‘हामीले धेरै कुरा अघि बढाई सकेका छौं । पार्टीको नाम र चुनाव चुनाव चिन्ह टुंगो लगाउन बाँकी छ छिट्टै एकता हुन्छ ।’ तर एकीकृत समाजवादीसँगको एकता अगाडि बढिनसकेको पौडेलले बताए । तर, विचार मिल्नेहरु एक ठाउँमा आउने विषयमा भने एक मत देखिएको पौडेलले बताए ।  ‘अब धेरै पार्टी बनाएर काम छैन । पार्टीहरु धेरै भए मन लागे खोल्ने भयो । पार्टीको उद्देश्य छैन बार्गेनिङ गर्न छुट्टै पार्टी बनाउनुको औचित्य छैन । छुट्टै पार्टी बनाउनु हाम्रोपनि अरु पार्टीका निम्ति पनि औचित्य छैन’ उनले भने, ‘आधारभुत विचार मिल्नेहरु एकतामा जानुपर्छ । अहिले बैंक मर्ज हुँदै गए । र  सहकारी मर्ज हुँदै जान दबाब दिएको छ । पार्टी ध्रुवीकरण किन नहुने हो ? विचार मिल्नेहरु एकता गरेर जानुको विकल्प नरहेको पौडेलले बताए ।

काठमाडौं:  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताउनु भएको छ । सामाजिक सञ्जाल पनि आम सञ्चार माध्यामको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर्नुहुँदै आयुक्त थपलियाले त्यसलाई सरकारले आफ्नो दायरामा ल्याएर नियमन तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको हो । बिहीबार काठमाडौंमा आयोजित ‘आम निर्वाचन २०२२ को मिडिया अनुगमन प्रतिवेदनसम्बन्धि राष्ट्रिय कार्यशाला गोष्ठी’ मा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले सामाजिक सञ्जाललाई प्रेस काउन्सिल नेपालले आफ्नो दायरामा ल्याएर अनुगमन गर्न सक्छ कि सक्दैन? भनि प्रश्न समेत गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘‘अहिले सामाजिक सञ्जाल पनि समाचार माध्यामको रुपमा स्थापित हुन खोज्दैछन् । यिनलाई कहाँ, कसले हेर्ने हो ? सबै यही प्रेस काउन्सिलले हेर्न सक्छ कि सक्दैन ? त्यो अर्को पाटो हो । तर, यसलाई पनि अब समग्रमा मैले चुनावको कुरा मात्रै गरिराखेको छैन । एउटा दायरामा ल्याएर यसको  व्यवस्थापन र नियमनको पनि कुरा गर्नु पर्छ ।’’ उहाँले सबै सञ्चार माध्यामहरुमा प्रकाशित तथा प्रशारित हुने सामग्रीहरु स्वतहः आउने गरी सफ्टवेयरको विकास गर्न पनि नेपाल प्रेस काउन्सिलसँग आग्र्रह गर्नुभयो । त्यसो भयो भने अनुगमनको काम गर्न प्रेस काउन्सिल नेपाललाई सहज हुने उहाँको भनाइ थियो । प्रमुख निर्वाचन आयुक्त थपलियाले सो सफ्टवेयरलाई हेर्नका लागि प्रेस काउन्सिल नेपालले छुट्टै टिम बनाउँदा उपयुक्त हुने सुझाव समेत दिनुभयो ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता जारी रहेको जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो । प्रेस संयोजक शर्माका अनुसार भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचन लगायतका समसामयिक विषयमा छलफल हुँदैछ ।

पोखराः    गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पार्टी सदस्यता परित्याग गरेका छन् । सभामुख भएपछि स्वत पार्टी परित्याग गर्नुपर्ने भएकाले सभामुखमा निर्वाचित भएकै दिन पार्टीबाट अलग भएको धितालले बताएका छन् । पदको भूमिकालाई स्वतन्त्र, निष्पक्ष, मर्यादित र विश्वसनीय तरिकाले निर्वाह गर्न संवैधानिक प्रावधानप्रति प्रतिवद्ध भइ पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको उनको भनाइ छ । धिताल पुस ३० गते सभामुखमा निर्वाचित भएका थिए । धिताल माओवादी केन्द्र गोरखा १ को (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

पोखराः    पोखरामा नेपाल विद्यार्थी संघ जनप्रिय क्याम्पस समितिले आत्मदाहपछि मृत्यु भएका प्रेमप्रसाद आचार्यको पक्षमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।  आफ्नै शरीरमा आगो सल्काएर आत्मदाह गरेका आचार्यको सरकारले हत्या गरेको भन्दै नेविसंघ जनप्रिय क्याम्पस समितिले पोखरामा प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको हो ।  पोखराको विभिन्न क्षेत्रमा प्रदर्शनपश्चात् संघले लखनचोकमा कोण सभा गर्दै ‘माफियाको गृहमन्त्री राजीनामा दे’, ‘राष्ट्र रक्षा र जनताको रक्षाको लागि एक हौं’, ‘दुईवटा नागरिकताधारी गृहमन्त्री राजीनामा दे’, ‘बैंकिङ् ज्यादती बन्द गर्’ लगायतका नारा लगाए ।  कोण सभामा बोल्दै विरोध ¥याली प्रदर्शनका संयोजक निर्दोष विक्रम पौडेलले सरकार माफियाहरुसँग मिल्दा साना व्यवसायीले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए ।  ‘सरकार व्यवसायीको पक्षमा देखिएन, माफियासँग सरकार मिलेको छ एउटा व्यवसायीले आत्मदाह गर्दा सरकार हेरेर बन्छ, पौडेलले भने, ‘अब कुनै व्यवसायीले आत्मदाह गर्न नपरोस भनेर व्यवसायीको पक्षमा प्रदर्शन गरेका हौ, सरकारले सानादेखि ठूला व्यवसायीलाई समान व्यवहार गर्न आवश्यक छ ।’ पौडेलले विदेशमा समेत शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, त्यो आत्महत्या होइन सरकारले गरेको हत्या गरेको बताए ।  ‘शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, उनले भने, ‘हिजोको घटना फेरी दोहोरिनु भएन, सबैखाले व्यवसायीको पक्षमा सरकारको ध्यान पुग्न आवश्यक छ ।’ मंगलबार आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्कारएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आफै आगो लगाएका घाइते भएका आचार्यको उपचारको क्रममा अस्पताल आज बिहान मृत्यु भएको थियो ।   

हेटौंडा:  बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा  गोपनीयताको शपथ लिएका हुन् ।  नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् ।  बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् । 

पोखराः   नेपाली कांग्रेस समर्थक राष्ट्रिय मगर संघ गण्डकी प्रदेशका दोस्रो अधिवेशन माघ १४ गते पोखरामा हुने भएको छ ।  पटक पटक मिति घोषणा भएर पनि स्थगित हुँदै आएको राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको दोस्रो अधिवेशन माघ १४ गते हुने प्रदेश सभापति पदमबहादुर पुनले जानकारी दिए ।  ‘पटक पटक मिति घोषणा भए पनि स्थगित हुँदै आएको प्रदेश अधिवेशन माघ १४ गते मिति तय गरेका छौं, पुनले भने, ‘अधिवेशनको उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवासँगै केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।’ उनका अनुसार अधिवेशनमा नेपाली कांग्रेसका शंकर भण्डारी, नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्र पाण्डे लगायत कास्की जिल्लाका नेताहरुले सम्बोधन गर्नेछन् ।   अधिवेशन अगाडी संघले लखन चोकमा नेपालका प्रथम शहिद लखन थापामगरको शालिकमा माल्यार्पण गर्दै झाँकी ¥यालीसहित नयाँबजारको प्रदर्शनी हलमा कार्यक्रम गर्ने संघका सभापति पुनले जानकारी दिए ।  अधिवेशनमा गण्डकी प्रदेशका १० जिल्लाका प्रत्येक गाउँपालिकाबाट १ जना महिला, २ जना पुरुष र नगरपालिकाबाट २ जना महिला र ३ जना पुरुष प्रतिनिधिका रुपमा सहभागी हुनेछन् । 

रुपन्देही:  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।  नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज  ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस नेता शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए । दशौदी एमालेका केन्द्रीय सदस्य हुन् । नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।

पोखरा:  गण्डकी प्रदेशमा नेकपा एमालेबाट रोशनबहादुर गाहा थापा र वेदबहादुर गुरुङ मन्त्री बन्ने भएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री खगराज अधिकारीले दुवैलाई सरकारमा लैजाने निर्णय गर्दै शपथका लागि प्रदेश प्रमुखको कार्यालयमा जानकारी गराएका छन् । वेदबहादुर कास्की १ (२) र रोशन नवलपुर १ (२)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । मुख्यमन्त्री अधिकारीले सोमबार काठमाडौं गएर अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटेर फर्केपछि उनले सरकारमा सहभागी हुने दुई जनाको नाम टुंगो लगाएका हुन् ।  माओवादी केन्द्रबाट संसदीय दलका नेता हरिबहादुर चुमान मन्त्री बनिसकेका छन् । अब रेशमबहादुर जुग्जाली मन्त्री बन्ने छन् ।  राप्रपाबाट संसदीय दलका नेता पञ्चराम गुरुङ बिनाविभागीय मन्त्री छन् । एमालेबाट आउने दुई र माओवादीबाट आउने एक जनाको शपथ भएपछि सबैको मन्त्रालय टुंगो लगाइने छ ।  एमालेका दुई र माओवादीका एक गरेर तीन जनाको शपथ आज साँझ गराउने तयारी छ