पोखरामा महानगरपालिका १३ पाटनवेशीमा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किदा १ युवकको ज्यान गएको छ । मंगलबार राती ग २३ प ३५६१ नम्बरको मोटरसाइकल र ग ७ प ९०७५ नम्बरको स्कुटर एकापसमा ठक्कर खादा मोटरसाइकल चालक पोखरा ३३ बागमाराका १९ वर्षीय सरोज रामदामको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका सरोजलाई उपचारका लािग पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । सोही क्रममा उनको मृत्यु भएको चिकित्सकले घोषणा गरेको थियो । यस्तै सोही दुर्घटनमा परि अर्का युवक पनि घाइते भएका थिए । उनका अहिले उपचार भइरहेको बताइएको छ ।
पोखरा: आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवमा गण्डकी प्रज्ञा प्रतिष्ठानले सहकार्य गर्ने भएको छ । युनाईटेड क्लबको आयोजनामा हुने महोत्सवमा सञ्चालन गरिने विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च गण्डकी प्रज्ञा प्रतिष्ठानले ब्यहोर्ने भएको हो । बुधवार एक कार्यक्रमका बीच युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची बीच पोखरा महोत्सवमा आयोजना हुने सामुहिक लोकनृत्य प्रतियोगितालाई सहयोग गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा बोल्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले युनाईटेड क्लब आफैमा प्रतिष्ठित क्लव रहेको र सामाजिक काम संगै युनाईटेड क्लबले विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गरी कला तथा साहित्यको संरक्षणमा समेत टेवा पु¥याउदै आएको बताए । त्यस्तै गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक सेवा संगै लोक संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्ने काम गरेकाले अघिल्लो संस्करण देखि विद्यालय स्तरीय सामुहिक लोक नृत्य प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्दै यो वर्षपनि निरन्तरता दिएको बताए । सो अवसरमा बोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले युनाईटेड क्लबले सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनमा लागि रहदा गण्डकी प्रज्ञा प्रतिष्ठानको साथ र सहयोगले थप हौसला प्रदान गरेको बताए । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवलाई गण्डकी प्रज्ञा प्रतिष्ठानले एघारौं संस्करण देखी सहयोग गर्दै आइरहेको र बाह्रौं संस्करणको पोखरा महोत्सवबाट विद्यालय स्तरीय सामुहिक लोकनृत्य प्रतियोगिताको सम्पूर्ण खर्च ब्यवहोर्ने गरी सहकार्य गर्दै आएकोमा यो पटक पनि निरन्तरता दिएकोमा धन्यवाद ब्यक्त गरे । युनाईटेड क्लबले महोत्सवको आम्दानीबाट सामाजिक काम र महोत्सवको माध्यामबाट लोक संस्कृतिको जगेर्ना गर्ने गरि विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिताको आयोजना गर्दै आइरहेको उनको भनाइ रहेको थियो । सो अवसरमा युनाईटेड क्लबका पूर्व अध्यक्ष सुक बहादुर गुरु, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ लगायतको उपस्थिती रहको थियो ।
पोखरा: हिमालयन आँखा अस्पताल पोखरामा ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा अनावरण गरिएको छ । नेत्रज्योति सङ्घ नेपाल कास्कीद्वारा हिमालयन आँखा अस्पताल पोखरामा निर्माण गरिएको ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेलको प्रतिमा आज एक कार्यक्रमकाबीच अनावरण गरिएको हो । नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष प्रा.डा. दिलबहादुर क्षेत्री र हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले सयुक्त रुपमा प्रतिमाको अनावरण गरे । हिमालयन आँखा अस्पताल पोखराको प्राङ्गणमा आँखा बा प्रा.डा. रामप्रसाद पोखरेलको शालिकको प्रतिमा राखिएको छ । प्रतिमा अनावरणपछि बोल्दै नेपाल नेत्रज्योति संघका केन्द्रिय उपाध्यक्ष एवम् गण्डकीका अध्यक्ष डा. दिलबहादुर क्षेत्रीले आँखा बा प्रा.डा. पोखरेलको प्रतिमाले चिकित्सक एवम् कर्मचारीहरुमा सेवा भावना बढेर जाने बताए । ‘हिमालयन आँखा अस्पताल पोखरा अहिले जुन अवस्थामा छ त्यसमा आँखा बा प्रा.डा पोखरेलको योगदान छ’, अध्यक्ष क्षेत्रीले भने, ‘जग्गा दान र सहयोगको भरमा अस्पताल निर्माण गरेर आँखा उपचारमा योगदान पु¥याउनुभयो, आज उहाँको प्रतिमा अनावरण गर्दै गर्दा चिकित्सक र कर्मचारीहरुमा सेवा भाव समेत बढेर जाने विश्वास लिएको छु ।’ उनले हिमालय आँखा अस्पताल पोखरा र ‘आँखा बा’ प्रा.डा. पोखरेलको प्रतिमाको संरक्षण गर्ने दायित्व हामी सबैको काधमा आएको समेत बताए । प्रा.डा. पोखरेलका छोरी शोभाना पोखरेलले सेवामा भावमा जीवन बिताउनुभएका बुवाले सधै हिमालय आँखा अस्पतालको बारेमा प्रश्न गरिरहने बताईन् । को हुन् ‘आँखा बा प्रा.डा. रामप्रसाद पोखरेल’ ‘आँखा बा’ प्रा.डा. रामप्रसाद पोखरेललको जन्म वि.स. १९९० जेठ ७ गते धनकुटाको कचेडीमा भएको हो । उनका माताको नाम योगमाया पोखरेल र पिताको नाम कविराज नरपति शर्मा पोखरेल हो । उनले १४ वर्षको उमेरमा एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए । धनकुटाको गोकुण्डेश्वर स्कुलबाट सन् १९५१ सालमा एसएलसी पास गरेका उनले काठमाडौंबाट म्याट्रिक परीक्षा पास गरे । प्रा.डा. पोखरेलले भारतको केपी कलेजबाट सन १९५४ सालमा विज्ञान विषयमा प्रमाणत्रतह, सन् १९५९ सालमा लखनउको किंग जर्ज मेडिकल कलेजबाट एमबीबीएस र भारतमा चिकित्साविज्ञानमा स्ना उपाधि हासिल गरेपछि उच्च शिक्षा बेलायतको रोयल कलेज अफ सर्जन इडेनवर्गबाट फआरसिएससम्म अध्ययन पूरा गरे । भारत र बेलायतमा नै काम गरेका उनले सन् १९७१ मा बेलायतबाट नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट काम शुरु गरेका हुन् । प्रा.डा. पोखरेल नेपाल नेत्र ज्योति संघका संस्थापक समेत हुन् । नोटः यो संक्षिप्त जीवनी हिमालयन आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरको मन्तव्यबाट तयारी पारिएको हो ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा विभिन्न राजनीतिक दल र सामाजिक संघ संस्थाले सहभागि भएर समर्थन जनाएका छन् । यज्ञ आयोजक अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले राजनीतिक दल, समाजका प्रतिष्ठित तथा समाजसेवी र महिला समूहरुको बाक्लो उपस्थिति रहेको जानकारी दिए । कोटिहोममा संघीय सरकारकी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई सहभागी भएर समितिको धार्मिक क्षेत्र बनाउने योजनामा साथ र समर्थन व्यक्त गरेकी थिइन् । यस्तै प्रतिनिधि सभा सदस्य दामोदर बैरागी पौडेल, गण्डकी प्रदेश सभा सदस्य भीम कार्मी सहभागि भएर धार्मिक पर्यटकीय केन्द्र बनाउन आवश्यक सहयोग गर्ने बचन दिए । यस्तै नेकपा माओवादी केन्द्रका नेता राजकाजी गुरुङ, समाजसेवी गंगा पोखरेल, वडानम्बर १५ का अध्यक्ष तोरण बानिया, वडासदस्य, समाजसेवीले र स्थनीय संघ संस्था र प्रतिनिधि कोटिहोममा पुगेका थिए । यस्तै कोटिहोमको आठौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पोखरेलीहरुको सथा र सहयोगले कार्य सफलता तर्फ उन्मुख भएको बताए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिए । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।
पोखरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको आज (आयोजित पत्रकार सम्मेनल मार्फत जानकारी दिइएको हो । कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सुत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए । उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटन समारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ । यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ । लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुती रहनेछ भने, रचना रिमाल (२६ गते) र टुकीको पनि प्रस्तुती रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।
पोखरा: गण्डकी प्रदेशमा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणमा सरोकारवालाको भूमिका विषयक परिसंवाद कार्यक्रम गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयको सभाहलमा भएको कार्यक्रममा सहभागीले गण्डकी प्रदेशमा मानवअधिकारको वर्तमान अवस्थावारे छलफल गरेका हुन् । उनीहरुले मानवअधिकारको अवस्था चिन्ताजनक रहेको निष्कर्ष निकालेका छन् । कार्यक्रमका वक्ताहरुले लैङ्गिक हिंसा समाजमा मुख्य समस्याको रुपमा देखा परेको बताए । साथै भ्रष्टाचारका कारण मानवअधिकार हनन भएकोमा चिन्ता व्यक्त गरे । कार्यक्रमका गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले भ्रष्टाचार देशका लागि गम्भिर अपराध रहेको बताए । ‘हामी सबै यो समाजका उत्पादन हौँ, भ्रष्टचार देशका लागि गम्भिर अपराध हो यो गर्न हुदैँन । भ्रष्टचारले राज्य खोक्रो हुन्छ भन्नलाई भन्ने तर आफु त्यसमा नपरेसम्म नसुध्रीने प्रवृतिले हामी समस्यामा छौँ’, पाण्डेले भने । भ्रष्टचार बढ्नुमा यो समाज सबै दोषी भएकाले सबै नसुध्रीयसम्म भ्रष्टचार अन्त्य नहुने पाण्डेको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष अनन्दराज मुल्मीले राजनीतिक पहुँचका आधारमा हुने भ्रष्टचार बढेको बताए । उनले निजि क्षेत्रको संलग्नता भ्रष्टाचार हुने भन्दै राज्य संचालककै तहबाट संरक्षण गर्ने गरिएको मुल्मीको उल्लेख गरे । भ्रष्टाचार गर्नेलाई राज्यको तहबाटै संरक्षण हुने गरेकाले सामान्य नागरिकले सहजै सेवा पाउने अवस्था नभएको उनको भनाइ थियो । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी कार्यालय प्रमुख नितु गतौलाले राजनीतिक तथा नागरिक अधिकारलाई महत्व दिए पनि सामान्य नागरिकको स्वास्थ्य अवस्थाका वारेमा मानवअधिकारको विषय ओझेलमा परेको बताइन् । महिला अधिकारकर्मी बिना सिलवालले दश वर्ष पहिलाको भन्दा अहिले राज्यको तहमा सहभागिता बढेको अनुभव सुनाइन् । संख्यात्मक रुपमा सहभागिता बढे पनि व्यवहारिक रुपमा प्रयोजन सही रुपमा हुन नसकेको उनको भनाइ थियो । स्वावलम्बन जीवन केन्द्र, पोखराका अध्यक्ष हेमबहादुर गुरुङले अपाङगता भएकाको राज्यका तहमा पहुँचन नपुगेको बताए । राज्यले गर्नुपर्ने लगानी नगर्दा असक्त भएकाको अन्तर्राष्ट्रिय स्तरमा सहयोग माग्नुपर्ने अवस्था रहेको गुनासो गरे । गण्डकी प्रदेश प्रेस रजिस्टार विमला भण्डारीले गण्डकी प्रदेशलाई कस्तो बनाउने भन्ने सरकारसँगै जनताको पनि उत्तिकै दायित्व हुने बताइन् । कार्यक्रममा लैङ्गिक हिंसा, मानव अधिकार उल्लंघन र भ्रष्टाचार न्यूनिकरणका क्षेत्रमा काम गरिरहेका संस्था र व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण संचारकर्मी रघुनाथ वाग्लेले गरेका थिए । गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको आयोजनामा भएको परिसंवाद कार्यक्रममा प्रेस रजिस्टारको कार्यालयको समन्वय र पब्लिक फोर के टेलिभिजनको सहकार्य रहेको थियो ।
पोखरा: पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा जारी गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ मा शोमबार निशुल्क ब्रतबन्ध गरिएको छ । ११ जनाको ब्रतबन्ध सम्पन्न भएको यज्ञ आयोजक मुल समितिका अध्यक्ष एवं अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष मदन गिरीले जानकारी दिए । कोटिहोममा मंगलबार चौरासी पुजा र तुला दानको कार्यक्रम तय भएको गिरीले बताए। कोटिहोम संचालनको अवधिमा ब्रतबन्ध, चौरासी पुजा गर्न चाहेमा निशुल्क रुपमा पुजा गर्न सकिन्छ, कर्ताले स्वेच्छीक दान गर्न चाहेको अवस्थामा दान स्विकार गरिने छ’ गिरीले भने । कोटिहोमको सातौँ दिन ठुलो संख्यामा भक्तजनको उपस्थिति रहेको थियो । आयोजकको तर्फबाट भक्तजनको लागि निशुल्क भोजनको व्यवस्थापन गरिएको यज्ञ आयोजक मुल समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए । यज्ञका प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले पर्यटकिय धार्मिक क्षेत्र बनाउने उदेश्य सहित कोटिहोम आयोजना गरिएकोले सबै पोखरेलीको साथ र सहयोगको अपेक्षा गरिएको बताए । यस स्थानमा विगतमा पनि साधुसन्त महन्त सिद्धपुरुषहरुले कोटीहोम लगाएको र अहिले करिब ३१ वर्षपछि धाम निर्माण गर्ने उद्धेश्यका साथ कोटीहोम आयोजना गरिएको हो । अबको पाचँ वर्षमा धाम विश्वको आकर्षक गन्तब्य बन्ने संकल्पकर्ता ढकालले जानकारी दिए । कोटिहोम जारी रहदा धाममा शिवालय मन्दिरको उद्याटन गरिएको छ भने, शवदहन स्थल (सेती नदी) जाने बाटो (सिँढी)को शिलान्यस र शिव मन्दिर प्रवेश गर्ने मुलद्धारको शिलान्यस गरिएको छ । यस्तै महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुङ्गेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटोको चन्दा दाताको हातबाट शिलान्यास गरिएको छ । यस्तै सोही स्थानमा प्रेम मन्दिरको पनि शिलान्यास गरिएको अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिका सचिव कमला बरालले जानकारी दिइन । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुने छ ।
पोखरा: बाँगे पोखरा सामुदायिक मिलन चौतारीको १५ औं साधारण सभा तथा ७ औं अधिवेशनले नरहरि पनेरुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा चेतनदास शर्मा, द्धितिय उपाध्यक्षमा सीता शर्मा, सचिवमा राजकुमार क्षेत्री, सहसचिवमा बिक्रम (नरबहादुर) क्षेत्री, कोषाध्यक्षमा राम प्रसाद लामिछाने चयन भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा प्रेम बहादुर बिक, डासिराम क्षेत्री, देउ बहादुर क्षेत्री, ठग बहादुर गुरुङ, ज्ञानु क्षेत्री, मनकाजि सुनार र सु. खड्क बहादुर गुरुङ निर्वाचित भएका छन । बाँगे पोखरा सामुदायिक मिलन चौतारीका अध्यक्ष चन्द्रा गुरुङको अध्यक्षता तथा सस्थाका जेस्ठसदस्य श्री पुर्ण बिर गुरुङ्को प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा बिशेष अतिथि फेदिखोला गाउँपालिका वडा न ५ का वडा अध्यक्ष डिल ब गुरुङ ले पोखरा रहेरपनि आफ्नो जन्मभुमि प्रति अथाह माया गर्ने सस्थाले बिगतमा भन्दा अझै राम्रो र गाउकेन्द्रीत कार्यक्रम गर्न उत्प्रेरित गरेका थिए । त्यसैगरि बुद्दि ब गुरुङ धर्मदत्त तिमिल्सिना प्रेम ब क्षेत्री, चिजा गुरुङ बिल ब गुरुङ कृस्ण बहादुर क्षेत्री खड्क गुरुङ लगायतले सस्थाको उद्देस्य अनुसार सामाजिक कार्य गर्दै आइरहेको र यसलाइ निरन्तरता दिदै सस्थालाइ अझै उचाइमा पुर्याउन नया निर्बाचित समिति लाग्नुपर्ने बताएका थिएभने स्वागत नरहरि पनेरु तथा सन्चालन चेतनदास शर्माले गरेका थिए ।
पोखरा: रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान)को आयोजनामा २६औं संस्करणको पोखरा सडक महोत्सव यही पुस १३ देखि १७ गतेसम्म हुने भएको छ । रेवान पोखराले आज पोखरामा पत्रकार सम्मेलन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सवबारे जानकारी दिएको हो । २६ औं संस्करणको सडक महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना हुने संयोजक विकास भट्टराईले बताए । ‘आन्तरिक तथा बाह्य पर्यटकलाई अङ्ग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा प्रवद्र्धन गर्न पोखरा सडक महोत्सव आयोजना गरिएको छ, महोत्सव पुस १३ देखि १७ गतेसम्म सञ्चालन हुनेछ’, संयोजक भट्टराईले भने, ‘महोत्सवमा लेकसाइड क्षेत्रको ३ किलोमिटर क्षेत्रमा सडक मै खाउ, सडक मै रमाउँ भन्ने नारालाई आत्मसाथ गर्दै छौं ।’ महोत्सवमा मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीका लोपउन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तराष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, खेलकुद तर्फ बोट रेस, वेटर रेस, टग अफ वार, मःम, ससेज खाने प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रिकृत गरी टक सो कार्यक्रम, पोखरा सेरोफेरोको स्थानिय उत्पादति हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिएको छ । महोत्सवको मुख्य प्रायोजकमा गोर्खा व्रुअरी प्रालिको टुवोर्ग वियर र सह प्रायोजकमा ज्याक ड्नियल ह्स्किी, पेप्सी, जिंक, खुकुरी रम रहेका छन् । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।

