सेती नदीको नहरमा खसेर कैलालीका पौडेलको मृत्यु
पाेखरा | पुस २५, २०८१
पोखरा महानगरपालिका–१६ दिपहाउजिङ तल रहेको सेती नदीको नहरमा खस्दा १ युवकको मृत्यु भएको छ ।
कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेका छन् ।
उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत थिए ।
प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो ।
४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो ।
पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

