पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संघीयतालाई बलियो बनाउन प्रदेश बलियो बनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ ।   गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथ...

जल तथा मौसम विज्ञान विभागले यही असोज १५ देखि पुस १६ गतेसम्म (अक्टोबरदेखि डिसेम्बर २०२४)को अवधिको हावापानी आकलन सार्वजनिक गरेको छ ।   विभागले सोमबार सार्वजनिक गरेको आकलनअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको छ ।   कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदुरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।   अधिकतम तापक्रम देशका अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।   वर्षाको आकलन कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ ।     कोशी प्रदेशको उत्तरी भाग, मधेश प्रदेशको पश्चिमी भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशत छभने कोशी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, बागमती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको छ ।   त्यसैगरी कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विवरणमा उल्लेख छ ।   अधिकतम तथा न्यूनतम तापक्रम   यस्तै देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ ।   बागमती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।   कोशी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र बागमती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छभने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ । न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना छ ।   सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।   त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, बागमती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोशी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छभने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ ।

 पर्यटकीय राजधानी पोखरा–६ बैदामस्थित फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर पुन:निर्माणलाई तीव्रता दिइएको छ ।   विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुन:निर्माणलाई अगाडि बढाएको थियो ।   यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ ।   पुरानै स्वरुप प्यागोडा शैलीमा पुन:निर्माण गर्न लागिएको उक्त मन्दिरका झ्याल, ढोकामा बुट्टा भर्न भक्तपुरबाट ६ कालीगढ मगाएर काम भइरहेको छ ।   दसैँमा पुन:निर्माण सक्नेगरी काम अगाडि बढाइएको भए पनि मन्दिर पुन:निर्माणको विषयलाई लिएर पुरातत्व विभाग र समितिको कुरा बाझिएपछि काम ढिला भएको थियो ।   पछिल्लो समय पुरातत्व विभागको निर्णयअनुसार नै पुनःनिर्माणलाई अगाडि बढाइएको तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले जानकारी दिनुभयो ।   तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले रु दुई करोड र पुरातत्व विभागले रु २५ लाखगरी कूल रु दुई करोड २५ लाखको लागतमा मन्दिरको पुनःनिर्माण सक्नेगरी योजना अगाडि बढाइएको खत्रीले जानकारी दिनुभयो ।   समितिले रु १० करोडको लागतमा गुरुयोजना नै तयार गरी मन्दिर पुनःनिर्माणलाई अगाडि बढाएको भए पनि पुरानो स्वरुपमा मन्दिर नबन्ने भन्दै पुरातत्व विभागले कामलाई रोकिदिएको थियो ।   अबको छ महिनाभित्र मन्दिर पुन:निर्माणको काम सम्पन्न गर्नेगरी अगाडि बढाइएको जानकारी कोषध्यक्ष खत्रीले दिनुभयो ।   तालको बीचमा मन्दिर भएकाले वर्षात्को समयमा काम गर्न कठिन भएकाले काम ढिला भएको उहाँले बताउनुभयो । फेवातालको बीच भागमा तीन रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिरमा स्वदेशी तथा विदेशी दर्शनार्थीको बाह्रै महिना घुइँचो लाग्ने गर्छ ।   स्वदेशी तथा विदेशी दर्शनार्थीले दानस्वरुप प्रदान गरेको रु चार करोड ७० लाख समितिको अहिले बैंक खातामा छ । मन्दिरमा विशेषगरी दसैँको कोजाग्रत पूर्णिमाका दिन मन्दिरमा दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ ।   कास्कीका तत्कालीन राजा कूलमण्डन शाहले खरको झुप्रो बनाई मन्दिर स्थापना गर्नुभएको इतिहास रहेको तालबाराही मन्दिर गुठी व्यवस्थपन समितिका सचिव धु्रव बरालले बताउनुभयो ।   “मन्दिर १४४७ सालमा अस्तित्वमा रहेको अभिलेख छ”, सचिव बरालले भन्नुभयो, “प्राचीनकालमा माटोको ढिस्कोमा एउटा शिला रहेको र त्यही मन्दिर स्थापनागरी पूजा गरिँदै आएको अभिलेखमा छ ।”    

पोखरा:   गण्डकीका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएको बताउदै मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकाले पाण्डेले पद्मालाई कार्यवाहक दिइएको हो ।   मुख्यमन्त्री पाण्डे गत १९ गते आफ्नो र पत्नीको उपचारका लागि भारत गएका हुन् ।   उनको घुँडामा समस्या भएकाले गत साउन १३ गते पनि भारत गएका थिए ।   उनी दशैंपछि मात्रै स्वदेश फर्कने सचिवालयले जनाएको छ ।  

पोखरा : पहिलोपटक ८ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ।   बडादशैँ, दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषदद्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेका हुन्।    सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको ३ वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो।    अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ।

तनहुँ:  व्यास नगरपालिका–१ गल्बुबेसीमा आज ट्याक्टरले ठक्कर दिदाँ आठ वर्षीय बालकको मृत्यु भएको छ ।   जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सविन कुमाल रहेका छन् ।   ग १ त ७०३१ नम्बरको ट्याक्टरले ठक्कर दिँदा बालकको उचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।   सोही वडास्थित ज्ञानगङ्गा बोडिङ स्कुलमा कक्षा २ मा अध्यनरत रहेका कुमालको टयाक्टरको ठक्करबाट सख्त घाइते भई उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो ।   ट्याक्टर चालक प्रदीप विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

पाेखराका विभिन्न ठाउँमा आज र भोलि अर्थात् सोमबार र मंगलबार दिउँसो १ देखि ४ बजेसम्म लाइन नआउने नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्र मालेपाटनले जनाएको छ ।   पोखरा ग्रिड महाशाखा अन्तर्गत कुँडहर १३२/११ केभी सब स्टेसनमा रहेको ११ केभी बसबार तथा ब्रेकर प्यानलहरू मर्मत सम्भार कार्यको लागि सो सब स्टेसन रहेको पावर ट्रान्सफर्मर बन्द गरी कार्य गर्नु पर्ने भएकाले ती ठाउँहरुमा लाइन नआउने भएकाे हाे ।   केन्द्रले जारी गरेकाे सूचनाअनुसार आज सोमबार अन्तर्राष्ट्रिय विमानस्थल, विजयपुर, सिटी एरिया, गलेश्वर, टास्क हाइड्रो, तातोपानी, पोखरा ‌औद्योगिक क्षेत्र, पुरानो विमानस्थल, फेवा फिड र वैदाम क्षेत्रमा दिउँसो १ देखि दिउँसो ४ बजेसम्म लाइन आउने छैन ।   यसैगरी भोलि (मंगलबार) सेती इन्कमर, फेवा इन्कमर, आर्वा, सराङकोट, सहिदचोक, न्युरोड र रामबजार क्षेत्रमा लाइन नआउने बताएकाे छ ।  

कास्की:   जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफँै ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागिता थियो । सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो । तर माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु दुई लाख जरिवाना गरेको छ ।  भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड ९ङ० बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताउनुभयो ।   सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सृजना गर्नेलगायत कार्य गरेकामा रु दुई लाखदेखि रु तीन लाखसम्म जरिवाना लाग्ने उल्लेख छ । “तोकिएको परिमाणभन्दा कम परिमाणमा खाजा ल्यानुभयो । तोकिएका परिकारभन्दा निकै कम परिकार थिए, मूल्य तोकिएकै थियो । त्यसैले तत्कालै कारबाही गरेका हौँ”, सहायक प्रजिअ क्षेत्रीले भन्नुभयो । प्रशासनका अनुसार सो भोजनालयका सम्बन्धमा यसअघि समेत उपभोक्ताबाट गुनासो आउने गरेका थिए । 

पोखरा:    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपाल अन्तरगतको ४ वटा क्लवहरुको संयुक्त पदस्थापन सम्पन्न भएको छ ।  शुक्रबार साँझ भएको रिजन १६ अन्तर्गतको जोन ३१ मा रहेका क्लबहरु लायन्स क्लब अफ पोखरा चौतारी, न्युरोड चौतारी, सुन्दर चौतारी र लियो क्लव अफ पोखरा चौतारीका वर्ष २०२४÷०२५ का नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ ‘जे’ नेपालका गभर्नर मिलन थापाले ४ वटै क्लबका अध्यक्ष एवं पदाधिकारीलाई पदस्थापन गराएकी थिइन । गभर्नर थापाले पदस्थापित भएका पदाधिकारीहरुले आगामी दिनमा लायन्सको पदिय जिम्मेवारी अनुसारको जिम्मेवारी निर्वाह गर्नेमा आपूm आसावादी रहेको बताईन ।  उनले पछिल्लो समय बर्षासंगै देशका विभिन्न भागमा आएको बाढी पहिरोका कारण ठुलो मात्रमा धनजनको क्षति भएको उल्लेख गर्दै क्लवहरुले पीडितहरुका लागि उद्धारसंगै राहतका कार्यमा लागेको बताइन् ।  गभर्नर थापाले गत आउन महिनामा गोरखाको धार्के लगायत विभिन्न ठाउँहरुमा ठुलो मात्रमा धनजनको क्षति भएकाले लायन्स अन्तराष्ट्रियबाट रकमबाट सहयोग गरेको बताइन ।  उनले यस पटक पनि बाढीपहिरो पीडितका लागि लायन्स अन्तराष्ट्रियको डिजाष्टर फण्डबाट १५ हजार अमेरिकी डलर उपलब्ध भएको बताउदै विभिन्न ठाउँका पीडितका लागि सहयोग गर्ने योजना बनाएको बताइन् ।  उनले विपत्तिमा परेका नागरिकका लागि क्लवस्तरबाट पनि सहयोग गर्नका लागि आग्रह गरिन् । कार्यक्रमका प्रमुख अतिथि एव पदस्थापन अधिकृत डिस्ट्रिक्ट गर्भनर थापाले लायन्सले समाजमा गरेका उत्कृष्ट सेवाका कार्यको निरन्तरता दिदै समाजमा सकारात्मक शन्देश प्रवाह गर्ने गरि कार्य गर्नु पर्ने बताइन् । गभर्नर थापाले क्लब प्रवेश गरेका नयाँ सदस्यलाई लायन्सको इतिहाँसका वारेका वारेमा जानकारी गराउदै पदाधिकारीहरुलाइ सपथ ग्रहण समेत गराएकी थिइन । पुर्व मल्टिपल काउन्सिल चियर पर्सन प्रेम बहादुर श्रेष्ठले डिष्ट्रिक गभर्नर थापासहित क्लव पदाधिकारीहरुले सामाजिक क्षेत्रमा महत्वपूर्ण कार्य गरेको उल्लेख गरे। उनले डिष्ट्रिक गभर्नर थापासहित पदाधिकारीको योगदानकै कारण उत्कृष्ट डिष्ट्रिक बन्न सफल भएको बताए ।   त्यसैगरी पूर्व डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले विगतमा नेपाल गभर्नर बन्नका लागि झेलेका कष्ट उल्लेख गरे । लायन वर्ष २०२३÷०२४ मा गरेका सामाजिक कार्यका वारेमा लायन्स क्लब अफ पोखरा चौतारीका अध्यक्ष ऐन बहादु ऐर, न्यूरोड चौतारीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, सुन्दर चौतारीका मिना भट्टराई र लियो पोखरा चौतारीका सहनशित पौडेलले जानकारी गराएका थिए ।  उनीहरुले आफ्नो कार्यकालयमा स्वास्थ्य, शिक्षा, वातावरण, खानेपानी लगायतका क्षेत्रमा कार्य गरेको उल्लेख गरे । त्यसैगरी लायन वर्ष २०२४÷०२५ का लागि पोखरा चौतारीका अध्यक्ष परशुराम पौडेल, न्यूरोड चौतारीका अध्यक्ष माधब बास्ताकोटी, सुन्दर चौतारीका हरिमाष दजाडी र सहनशिल बरालले हालसम्म गरेका कार्यसहित भावी योजना प्रस्तुत गरेका थिए ।  उनीहरुले समेत आगामी योजनामा स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रमा कार्य गर्ने प्रतिबद्धता ब्याक्त गरे । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता पोखरा चौतारीका २०२३÷०२४ अध्यक्ष ऐन बहादुर ऐरले गरेका थिए । कार्यक्रमका स्वागत मन्तब्य पोखरा चौतारीका पूर्व अध्यक्ष एवं पूर्व डिष्ट्रिक गभर्नर ध्रुर्ब बहादुर थापाले गरेका थिए ।  कार्यक्रम संचालन पोखरा चौतारीका पूर्व अध्यक्ष एवं जोनचेयर पर्सन राजेन्द्र बहादुर कार्कीले गरेका थिए ।  त्यस्तै कार्यक्रमा धन्यवाद ज्ञापन क्लवका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट सचित कृष्ण बहादुर अधिकारीले गरेका थिए ।  

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित स्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १५ औं वार्षिक साधारणसभा एक कार्यक्रमका बीच आज सम्पन्न गरेको छ ।      पोखरा–३२ भमरा पार्टी प्यालेसमा सम्पन्न साधारणसभाको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो ।      कार्यक्रममा वडा अध्यक्ष कार्कीले सहकारीहरूमा पारदर्शिता, आर्थिक अनुशासन आवश्यक हुनेमा जोड दिनुभयो ।      सहकारीका अध्यक्ष किसान परियारले सहकारीमा आर्थिक अनुशासन कायम गर्दै आम सर्वसाधारणको बचतलाई सुरक्षित गराउनेतर्फ संस्था निरन्तर लागिरहेको जानकारी गराउनुुभयो ।       पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारीका सिद्धान्त र आदर्शलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।      सहकारी अध्यक्ष किसान परियारको सभापतित्व एवम् सचिव शरणकुुमार प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष कमलबहादुर पुनले गर्नुुभएको थियो ।  कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष मेघराज पौडेल, रुपा सहकारीका अध्यक्ष गणेशबहादुर खत्री, शेयर सदस्यद्वय फुलमाया राना र मोहनराज बराल, राष्ट्रिय सहकारी बैंक तालचोक शाखाका ऋण अधिकृत रोशन खतिवडा  लगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा सहकारीका सिद्धान्त वाचन सञ्चालक समिति सदस्य मनमाया पुनले गर्नुभएको थियो भने आ.व. २०८०÷०८१ को वार्षिक प्रतिवेदन सचिव शरणकुमार प्रधान, आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता थापाले प्रस्तुत गर्नुभएको थियो ।  त्यस्तै लेखा सुरपरिवेक्षण प्रतिवेदन संयोजक मणिनाथ न्यौपानेले प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले नियमित बचतलाई आजीवन शेयर रहेसम्म बचत गर्ने प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ । सहकारीले  सदस्यहरूको सहजताका लागि तत्काल मोवाइल बैंकिङ सेवा बिस्तार गर्ने जनाएको छ ।      कार्यक्रमका अवसरमा कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडको लेखा सुपरिवेक्षण समितिको सदस्य पदमा संस्थाका अध्यक्ष किसान परियार निर्वाचित बन्नुभएकोमा बधाइ तथा शुभकामना व्यक्त गरिएको थियो ।  उक्त अवसरमा असल कारोबारीका रुपमा रामप्रसाद तिवारी, ऋणतर्फ पविसरा पुन, कक्षा १२ उत्तिर्ण उत्कृष्ट छात्र, छात्रा क्रमशः करुण पौडेल र स्नेहा परियार, कर्मचारीतर्फ उत्कृष्ट व्यवस्थापक सुजाता सुवेदी, ज्येष्ठ नागरिकतर्फ चन्द्रबहादुर सुवेदी क्षेत्रीलाई सम्मान गरिएको थियो ।