राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ।   दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

काठमाडौं:    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र भारतका सेनापतिबीच मानार्थ महारथीको आदानप्रदानको मौलिक परम्पराको निरन्तरता भएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले दुई मुलुकबीचको सहकार्य र सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । सेनाध्यक्ष द्विवेदीले नेपाली सेनाको मानार्थ सेनापति हुन पाउँदा गर्वको महसुस गर्दै आफूलाई भाग्यमानी ठानेको बताउँदै दुई देशको सम्बन्धलाई थप विस्तारमा आफूले सक्दो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, नेपाली सेनाका उपरथी मधुकर कार्कीलगायत सहभागी हुनुहुन्थ्यो । स्थल सेनाध्यक्ष द्विवेदीले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्नुभएको थियो ।

काठमाडौं:     निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा १० वटाभन्दा बढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न निर्देशन दिएको छ ।  उपनिर्वाचनको प्रचारप्रसारका क्रममा आचारसंहिताविपरीतका छिटपुट घटना भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले झण्डा र प्रचारप्रसारका सामग्री, पर्चा, साइनबोर्डको आकार, साइज, रङ तोकेकोभन्दा फरक नपार्न निर्देशन दिएको हो ।  प्रचारप्रसार गर्ने उद्देश्यले कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइनबोर्ड राख्न तथा श्रव्यसामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन नगर्न पनि आयोगले सूचित गराएको छ ।       आचारसंहिता उल्लङ्घन भए÷गरेमा तत्कालै कारबाही गर्न निर्वाचन अधिकृत वा अनुगमनकर्ता र स्थानीय प्रशासनलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो ।            यही मङ्सिर १६ गते आइतवार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न यही मङ्सिर २ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । उक्त आचारसंहिताको प्रभावकारी कार्यान्वयन लागि आयोगले विभिन्न संयन्त्र परिचालित गरेको छ ।   मतपत्रका नमुना सार्वजनिक                   आयोगले स्थानीय तह उपनिर्वाचनका लागि आवश्यकपर्ने मतपत्रका नमुना सार्वजनिक गरेको छ । उम्मेदवारको सङ्ख्याका आधारमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्राप्त गरेका निर्वाचन चिन्ह मात्र समावेश गरी मतपत्र तयार गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।            स्वीकृत डिजाइनबमोजिम प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्र रहेका छन् । उक्त नमुना मतपत्रका आधारमा राजनीतिक दल तथा उम्मेदवारले प्रचारप्रसार एवं मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।

रसुवा:  जिल्ला प्रहरी  कार्यालय रसुवाले एक युवालाई २ किलो सुनसहित पक्राउ गरेको छ ।   कालिका गाउँपालिका१ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा गोसाईकुण्ड गाउँपालिका ३ ब्रिद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई पक्राउ गरेको हो ।   कर्मा सोनामले लुकाई छिपाई ल्याएको २ किलो सुनसहित मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धानका लागि रसुवा भंसार कार्यालय टिमुरेमा बुझाइएको बताइएको छ ।    

पोखरा:  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।   कास्की प्रहरीले गत १ गतेदेखि ७ गतेसम्म एक हप्तामा अनुसार ध्वनी प्रदुषण गर्ने २३ वटा बुलेट र क्रसफायरलाई नियन्त्रणमा लिएको हो ।    कास्की प्रहरीको नियन्त्रणमा रहेका २३ मोटरसाइकललाई कारवाहीका लागि यातायात व्यवस्था कार्यलय पठाएको कास्की प्रहरीले जनाएको छ ।   यसैबीच प्रहरीले स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनेगरि सवारी नचलाउन अनुरोध गरेको छ ।    कसैले चलाएको देखेमा सय र १ सय ३ नम्बरमा सूचना दिनसमेत आग्रह गरेको  छ।

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षकद्वय बुद्धिराज गुरूङ र केदार ढकाललाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।   नेपाल सरकार मन्त्रिपरिषद्को यही मङ्सिर ६ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका गुरुङ र ढकाललाई आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।   प्रहरी महानिरीक्षक कुँवरले सङ्गठनको हितको लागि सकल दर्जाको सामूहिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै आ–आफ्नो जिम्मेवारी र भूमिकामा सदैव क्रियाशील, चिन्तनशील र दृढ सङ्कल्पित रहन निर्देशन दिनुभयो ।   समाजमा कानुनी शासनको प्रयात्याभूति दिलाउनु प्रहरीको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै उहाँले मानदारी र पारदर्शीताका साथ कार्य सम्पादन गरी नागरिकसँगको सम्बन्ध अझ बलियो बनाउँदै जानुपर्नेमा जोड दिनुभयो ।

प्रकाश सिलवाल:    महात्मागान्धीले कुनैबेला भनेका थिए, “लोकतन्त्रलाई प्रभावकारी बनाउन वास्तवमा तथ्यको ज्ञान होइन, सही शिक्षा चाहिन्छ ।” पक्कै पनि लोकतन्त्रलाई बलियो बनाउने अजेय शक्ति नागरिकमा हुन्छ ।   त्यसलाई जागृत गराउन ज्ञानका साथै सही शिक्षा आवश्यक हुन्छ । त्यस शिक्षाले कर्तव्यबोधको जागरण गराउँछ ।   विश्वव्यापी मान्यता नै हो–लोकतन्त्रमा कानुनका दृष्टिमा सबै नागरिक बराबर हुन्छन् । राज्यको शक्तिमा सबैको समान पहुँच हुन्छ । यस पद्धतिमा सबै नागरिकले वैधानिक स्वतन्त्रतालाई उपभोग गर्न पाउँछन् ।   स्वतन्त्रताको उपभोग गर्न पाउने व्यवस्था संविधानमा तोकिएको हुन्छ । लामो आन्दोलन र सङ्घर्षपछि जननिर्वाचित संविधानसभााबाट जारी भएको नेपालको संविधानले समानता र स्वतन्त्रतालाई मौलिक हकमा समाविष्ट गरेको छ ।   प्रतिनिधिमूलक लोकतन्त्रमा शासनको दायित्व जनताद्वारा निर्वाचित प्रतिनिधिले निर्वाह गरिहेको हुन्छ । नागरिकमा रहेको समानता र स्वतन्त्रताको हकलाई संरक्षण र प्रवद्र्धन गर्नु राज्यको दायित्व हो ।   मानता र स्वतन्त्रताको जगमा रहने लोकतन्त्र वा प्रजातन्त्र उत्तरदायित्व र जवाफदेहीताबाट पनि सजिएको हुन्छ ।   नागरिकका हक, अधिकार र उत्तरदायित्व तथा सरकारका काम एवं जवाफदेहीतामा आमरुपमा कसरी ज्ञान, सूचना र शिक्षा प्रवाह भइरहेको हुन्छ अहिले संविधान र लोकतान्त्रिक गणतन्त्रका विरोधी शक्तिहरु यस संविधान र व्यवस्थालाई बदनाम गराउन लागेका छन्, त्यसको कारणमा बाह्य र आन्तरिक पक्षहरु होलान् तर देशका जिम्मेवार दलहरुले यस्ता विषयमा मौन बस्न मिल्दैन ।   उनीहरु सत्ताको जिम्मेवारीमा रहे पनि, नरहे पनि जनतालाई सेवा र सुशासन दिने दायित्वका साथै जनतालाई भड्काउन भइरहेका अराजक गतिविधिप्रति सचेत गराउन निरन्तर लाग्नुुपर्छ । अराजक एवं कानुुन विपरीतका गतिविधि नियन्त्रण गर्न सरकारलाई साथ दिनुपर्छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले २९ भदौ २०८१ मा नेकपा (एमाले)को जनसङ्गठनहरुको राष्ट्रियस्तरको भेलामा अहिले जसरी संविधानविरुद्ध लागेका छन्, त्यसरी नै यति खुलेआम संविधानविरुद्ध सायद यसभन्दा पहिला लागेका थिएनन् भनेर त्यसै भन्नुभएको छैन ।   “सामन्ती, निरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको पहिले पहिले मैले देखेको थिइन । राजतन्त्र हुँदा पनि केही केही पञ्चहरु जम्मा हुन्थे र कराउँथे तर, त्यो एउटा औपचारिक कराइ हुन्थ्यो । अहिले त्योभन्दा बढी पदधारी होइन, आशाधारीहरु कराइराखेका छन् ।   पहिले राजतन्त्र हुँदा पदधारीहरु कराउँथे, अहिले पदधारी होइन, वर्तमानमा केही पाएका होइन कि आशाधारीहरु कराएका छन् ।   त्यसो भएर नेपाललाई एउटा गणतान्त्रिक देश रहन नदिने, नेपालमा शान्ति, सुव्यवस्था, ‘ल एण्ड अर्डर’ कायम रहन नदिने, सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रुपमा नेपाललाई अगाडि बढ्न नदिने प्रयासहरु भइराखेका छन् ।”   प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीका यस्ता गम्भीर चिन्तालाई मनन् गरेर एमालेको काठमाडौँ उपत्यकास्थित जिल्लाका कमिटीले ७ मङ्सिर, २०८१ का लागि काठमाडौँको दरबारमार्गमा जागरणसभा तय गरेका छन् । यतिबेला एमाले र यसको नेतृत्वका विरुद्धमा अनेकखाले अनर्गल, भ्रमपूर्ण, प्रायोजित समाचारहरु सम्पेषण गरी पार्टी, यसको नेतृत्व र नीतिमाथि चौतर्फी हमला गर्ने प्रयास भइरहेको छ ।   विधिको शासनविपरीत विभिन्न स्वार्थी समूह र व्यक्तिका नाममा अस्थिरता र अराजकता सिर्जना गरी हाम्रो स्थापित लोकतान्त्रिक विधि, पद्धति, सुशासनका पक्षमा भएका न्यायिक छानबिन, अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई आआफ्ना पक्षमा पार्ने धुमिल कोसिस भइरहेका छन् ।   र, कालान्तरमा व्यवस्थाका विरुद्ध नै धावा बोल्ने दुष्प्रयत्न भइरहेको छ । नेपाली जनताको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई सफल हुनै नदिने भनेर लागेका कतिपय शक्तिहरुलाई सबै माध्यमबाट खबरदारी गर्नुपर्ने अवस्था त्यसै आएको होइन ।   यो विशेष अवस्था हो । कोही लहलहैमा लागेर पनि अराजकता मच्याउन तम्सिएका हुन् सक्छन्, त्यस्ताहरुलाई लागि खबरदारी झनै आवश्यक छ । उनीहरुमा जागरण सिर्जना गरेर सबैलाई देश विकासको मूलधारमा हिँडाउन अत्यावश्यक छ ।   राजनीतिका नाममा झुट, भ्रम, षड्यन्त्र र तिकडमको सहारा होइन, इमान, नैतिकता, स्वच्छता र देशको स्वाधीनताका पक्षमा सुस्पष्ट हुनुुपर्छ भन्ने अठोटलाई पनि जागरणसभाले थप बोध गराउनेछ ।   सत्य कुरालाई रोक्ने र असत्यलाई बढावा दिने तथा असत्यको डम्फु बजाउनेहरुलाई कुनै मेहनत र काम गर्नु पर्दैन । उनीहरुले कामको निन्दा गरे पुग्छ । सरकार र नेतृत्वको विरोध गरे पुग्छ ।   कामको उल्टो प्रचार गरिदिने काम गरेर आफू चर्चामा आउने गलत नियम उनीहरुमा रहेको हुन्छ । सडक बाटो बनेन भने किन बनाएन भन्ने र बन्यो भने भ्रष्टाचार गर्न बनाएको हो, जनताका लागि बनाएको होइन भनेर कुप्रचार गर्नेहरु पनि समाजमा छन् ।   एउटाले बनाएको छ भने अर्कैले बनाएको हो भनेर भ्रम फैलाउनेहरु पनि छन् ।   यस अवस्थामा एमालेले राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आवश्यक छ ।   यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीका पक्षमा जनमत निर्माण गर्न पनि जागरणसभा तय गरेको देखिएको छ ।   लोकतान्त्रिक प्रतिस्पर्धामा विश्वास गर्ने एउटा जिम्मेवार पार्टीले सरकारमा हुँदा वा नहुँदा पनि जनतासँग जोडिने यस्ता खालका कार्यक्रम गर्न सक्छ ।   सरकारकै नेतृत्वमा रहेको पार्टीले सडकमा शक्ति प्रदर्शन गर्न लाग्यो भनेर पनि कतिपय विश्लेषण आएको छ, त्यस्तो होइन । यो सरकारकै राम्रा कामबारे स्पष्ट पार्न र सरकार तथा देश बनाउने मुख्य दलका साझा ध्येयलाई सघाउने जागरणसभा हो ।   अराजकताविरुद्ध र विधिका पक्षको जागरणसभा हो ।   केही दिनअघि आयोजना गरिएको सम्पादकहरूसँगको भेटघाटका क्रममा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले प्रजातन्त्रको पुन:स्थापनापछि सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, सञ्चारलगायतका सबै क्षेत्रमा उल्लेख्य प्रगति भएको जनाउँदै लोकतन्त्र स्थापनापछि मुलुकमा भएका राम्रा कामको प्रचारप्रसार गरी फैलाइएका भ्रम र हल्ला चिर्नुपर्ने दायित्व अहिले मुलुकका जिम्मेवार राजनीतिक पार्टी, नागरिक समाज र आमजनताको काँधमा आएको कुरा स्पष्ट पारिसक्नुभएको छ ।   उहाँले भन्नुभएको थियो, “पछिल्लो समय मुलुकमा अराजकता र अस्थिरता चाहने पक्षधर योजनाबद्ध रूपमा लोकतन्त्र समाप्त पार्ने गतिविधिमा सरिक भएको देखिन्छ, लोेकतन्त्र र विधिको शासनको विकल्प छैन, लोकतन्त्र, राजनीतिक स्थिरता र सुशासनका पक्षमा एक ठाउँमा उभिन आवश्यक छ ।”   गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यसहित एमालेले मुलुकको राष्ट्रिय हित, स्वाभिमान र स्वाधीनताको पक्षपोषण गर्दै राजनीतिक स्थायित्व, लोकतान्त्रिक पद्धति, विधिको शासन र कानुनी राजको पक्षमा आफ्नो दृढता प्रस्तुत गर्दै आएको छ ।   सुशासन, विकास र समृद्धिलाई मुख्य आधार बनाएर ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्दै समाजवादको आधार निर्माण गर्नुलाई यसले मुख्य उद्देश्य लिँदै आएको छ ।   नेपाल राष्ट्रको पुन:निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको विकास र समृद्धिका लागि एमाले अविचलित देखिन्छ ।   एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रतिनिधि संस्था मात्र होइन, प्रमुख राष्ट्रिय शक्तिका रुपमा स्थापित छ । यसलाई प्रमुख निर्णायक राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्ने उसको लक्ष्य छ ।   जनबल र जनसमर्थनका आधारमा राष्ट्र र जनताको नेतृत्व गर्दै स्वाधीन, समृद्ध, समुन्नत एवं समाजवादोन्मुख नेपाल राष्ट्रको निर्माणको उद्देश्य पूरा गर्न एमाले दृढ सङ्कल्पित देखिन्छ ।

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण अत्यन्त सफल हुने बताउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि हुने छिमेकी मुलुक चीनको भ्रमण केवल घुम्नका लागि नभइ देश र जनताको हितमा केन्द्रित हुने स्पष्ट गर्नुभयो ।      प्रधानमन्त्री ओलीले अहिले कतैबाट पनि सकेसम्म ऋण नलिने र आफ्नो उत्पादन वृद्धि गर्ने नीति लिइने  बताउनुभयो ।

चितवन:     नेकपा  (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताउनुभएको छ ।       चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल कार्यक्रममा अध्यक्ष दाहालले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताउनुभयो ।      अध्यक्ष दाहालले भन्नुभयो, “अब मिल्नुको विकल्प छैन, विभाजनको  शृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन ।” देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उहाँको भनाइ थियो ।       अध्यक्ष दाहालले भन्नुभयो, “हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले विस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।” अहिलेको  निर्वाचन प्रणालीले  राजनीतिक भ्रष्टाचार बढाउने उहाँको भनाइ थियो ।       कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न अध्यक्ष दाहालले निर्देशन दिनुभयो । 

काठमाडौं:     प्रधानमन्त्री एवं नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अनेक षड्यन्त्र र भ्रम चिरेर आफूहरु विकास, समृद्धि र सुशासनको सङ्कल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेको बताउनुभएको छ । नेकपा (एमाले) काठमाडौँ उपत्यकाका तीन जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकारको गठबन्धन आगामी  निर्वाचनसम्म रहने स्पष्ट गर्दै अराजकता र अस्थिरताको विपक्षमा रहेर देशमा साम्प्रदायिक सद्भाव कायम गरी आर्थिक समृद्धि ल्याउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।      कुनै पनि प्रकारको ठगी, तस्करी, भ्रष्टाचार, चरित्र हत्या र अश्लिलता स्वीकार्य नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले देशको अद्योगतिलाई माथि लैजान एमाले र नेपाली कांग्र्रेसको सहयात्रा गरिएको बताउनुभयो ।