पोखरामा ध्वनी आतकं मच्चाउने २३ वटा बुलेट र क्रसफायर प्रहरीको नियन्त्रणमा

अधिकांशको सिट र साइलेन्सर पाइप परिवर्तन

पाेखरा | मंसिर ७, २०८१

पोखरामा ध्वनी आतकं मच्चाउने  २३ वटा बुलेट र क्रसफायर प्रहरीको नियन्त्रणमा

पोखरा:  जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय कास्कीकाे सँयुक्त टाेलीले स्वरुप परिवर्तन (मोडिफाई) गरेका २३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

 

कास्की प्रहरीले गत १ गतेदेखि ७ गतेसम्म एक हप्तामा अनुसार ध्वनी प्रदुषण गर्ने २३ वटा बुलेट र क्रसफायरलाई नियन्त्रणमा लिएको हो । 

 

कास्की प्रहरीको नियन्त्रणमा रहेका २३ मोटरसाइकललाई कारवाहीका लागि यातायात व्यवस्था कार्यलय पठाएको कास्की प्रहरीले जनाएको छ ।

 

यसैबीच प्रहरीले स्वरुप परिवर्तन गरि ध्वनी प्रदुषण हुनेगरि सवारी नचलाउन अनुरोध गरेको छ । 
 

कसैले चलाएको देखेमा सय र १ सय ३ नम्बरमा सूचना दिनसमेत आग्रह गरेको  छ।

काभ्रपेलाञ्चोक:  सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै मुद्रण मेसिनबाट छाप्न सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सुरक्षण मुद्रण केन्द्रले आजदेखि लाइसेन्स छाप्न सुरु गरेको हो । ...

थप पढ्नुहोस्

मुस्ताङ:  मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो ।  सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि साङ्ता ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेन(जी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आंशिक रूपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ ।    ...

थप पढ्नुहोस्