कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

पाेखरा | साउन १०, २०८३

कास्कीमा अवैध घरेलु हतियारसहित दुई जना पक्राउ

पोखरा —   जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध घरेलु हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

 

माछापुच्छ्रे गाउँपालिका–१ टुँसे बस्ने सुरेश परियारको घरमा अवैध हतियार लुकाइराखेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ पुर्णगाउँ घर भई हाल पोखरा महानगरपालिका–५ शान्तीटोल बस्ने १९ वर्षीय अनिस परियार दर्जी र संखुवासभाको मकालु गाउँपालिका–३ घर भई हाल कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ घाचोक बस्ने २२ वर्षीय सुदिप बिश्वकर्मा रहेका छन्।

 

बगरस्थित वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले सुरेश परियारको घरमा डेरा गरी बस्ने सुदिप बिश्वकर्माको कोठा खानतलासी गर्दा उक्त हतियार फेला पारेको हो।

 

कोठाभित्र खाटको पछाडि बोरामा लुकाई राखेको अवस्थामा काठ र फलामबाट बनेको, ट्रिगर सहितको २ वटा चिन्नी र तार जडान भएको अवैध घरेलु हतियार बरामद गरिएको प्रहरीले जनाएको छ।

 

पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले जानकारी दिए।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्