मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

मोरङ:   कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रिमण्डल विस्तार गरिएको छ ।  विसं २०८१ वैशाख २७ र  जेठ ४ गते गठित मन्त्रिपरिषद्मा तीन मन्त्री र एक राज्यमन्त्री थप गरी आज मन्त्रिमण्डल विस्तार गरिएको हो ।      कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री  कार्कीको सिफारिसमा  नेपालको संविधानको  धारा १६८ को उपधारा (९) बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको छ ।  प्रदेश प्रमुख खापुङले भौतिक पूर्वाधार विकासमन्त्रीमा भूपेन्द्र राई, उद्योग, कृषि तथा सहकारीमन्त्रीमा खगेनसिंह हाङगाम र पर्यटन, वन तथा वातावरणमन्त्रीमा सदानन्द मण्डललाई शपथग्रहण गराउनुभएको हो ।       यसैगरी मुख्यमन्त्री कार्कीले भौतिक, पूर्वाधार विकास राज्यमन्त्रीमा भुमिप्रसाद राजवंशीलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभयो ।  शपथग्रहण समारोहमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिव, राजनीतिक दलका कार्यकर्तालगायतको उपस्थिति रहेको थियो ।

रुकुम पश्चिम:   रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ ।  आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।       मृत्यु हुनेमा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष ३३ वर्षीय भूपेन्द्रा बुढा, उहाँकी ६१ वर्षीया आमा गोपिमाया बुढा र सोही गाउँपालिका–२ का ३७ वर्षीया वडाध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएको छ ।  गाडी चालक भूमे गाउँपालिका–३ का २९ वर्षीय प्रेमबहादुर पुन घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक प्रताप पौड्यालले जानकारी दिनुभयो ।       उहाँका अनुसार गाडी चालकको धौलागिरि अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको छ । आज बिहान रा१झ २०० नम्बरको गाडी सडकदेखि तीन सय मिटर तल खेसेको थियो । दुई महिलाको शव भिरमा अड्किएको अवस्थामा फेला परेका थियो भने एक पुरुषको शव गाडीले च्यापिएको अवस्थामा फेला परेको थियो ।       उक्त गाडी काठमाडौँबाट रुकुमपूर्व आउने क्रममा बागलुङको गलकोट–२ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण गाउँपालिकाले नसोचको क्षति बेहोर्नुपरेको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताउनुभयो ।       “सुरुमा घटना भएको खबर मात्र थाहा भएको थियो, त्यसपश्चात् पालिका उपाध्यक्ष चढेको गाडी दुर्घटना प¥र्यो भन्ने खबर पायौँ सामान्य दुर्घटना होला घाइते हुनुभएको होला भन्ने लागेको थियो, केहीबेरमा मृत्युको खबर प्राप्त गर्यौं, हामी स्तब्ध भएका छौँ, पालिकालाई अतुलनीय क्षति पुगेको छ”, उहाँले भन्नुभयो ।       अहिले अध्यक्ष घर्तीसहित गाउँपालिको टोली घटनास्थल गएको छ । बागलुङको बुर्तिवाङ पुगेको र दुई÷तीन घण्टामा घटनास्थल पुगिने गाउँपालिका अध्यक्ष घर्र्तीले जानकारी दिनुभयो । घटनास्थल पुगेपश्चात् शव रुकुमपूर्व नै ल्याइने उहाँले बताउनुभयो ।

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुुब्बा गुरुङले मूल नीतिका रुपमा रहेको राजनीतिक चरित्र शुद्धीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ ।   ६०औँ बालदिवसका सन्दर्भमा आज नक्सालस्थित बालमन्दिरमा आयोजित बालगीत प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिमा पछिल्लो समय इमान्दार र सेवा भाव कम हुँदै गएकाले शुद्धीकरण अत्यन्त जरुरी रहेको धारणा राख्नुभयो ।  अस्थिर राजनीतिका कारण जनतामा उदसिनता र युवामा विद्वेष भाव देखापरेकाले स्थायित्वका लागि राजनीतिक शुद्धीकरण जरुरी रहेको बताउनुभयो ।      सचेत व्यक्ति, विद्यार्थी र बौद्धिक व्यक्तिले राजनीतिमा चासो राख्ने भन्दै मन्त्री गुरुङले राजनीतिलाई सही दिशामा ल्याउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।      रेडियो नेपाल र बाल सङ्गठनको सहकार्यमा बालगीत प्रतियोगिता–२०८१ आयोजना गरिएको छ । कार्यक्रममा मन्त्री गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन एकीकृत गर्ने सार्वजनिक सेवा प्रसारण ऐन पास भएपछि रेडियो नेपाल थप व्यवस्थित र बलियो बन्नुका साथै सेवा विस्तार हुँदै जाने जानकारी दिनुभयो ।      रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनले लामो समयदेखि प्रत्येक वर्ष बालगीत प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।  बालबालिकाको जीवनमा प्रेरणा प्रदान गर्ने र जीवनमा उत्प्रेरित गर्नेगरी अभिभावकले भूमिका निर्वाह गर्नुपर्ने भन्दै उहाँले बालअधिकारका लागि भइरहेको लगानी अझै बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।       नायब कार्यकारी निर्देशक खत्रीले रेडियो नेपाल र नेपाल बाल सङ्गठनको सहकार्यमा भइरहेका यस्ता कार्यक्रमले बालबालिको भविष्य उजागर गर्न थप मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।       नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बालबालिकासँग गरिने ससाना कुराहरुले पनि ठूलो महत्व राख्ने हुँदा बालबालिकाका भावना बुझेर उनीहरुको जीवन सार्थक बनाउनेगरी गतिविधि गर्नुपर्ने बताउनुभयो । बालगीत प्रतियोगितामा १८ वटा समूहमा बालबालिकाले भाग लिएका छन् ।    

पोखरा:   पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा सुविधासम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट लगायतका सुविधा रहेको ट्राभल्सका सञ्चालक लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो । पोखरादेखी काठमाडौँसम्मको यात्रालाईं सहज बनाउने लक्ष्य अनुसार सुविधासम्पन्न बस थप गरिएको पौडेलको भनाई छ । “पोखरा पर्यटकीय राजधानी समेत घोषित भइसकेको सन्दर्भमा स्तरीय बस सेवा दिनुपर्दछ भनेर सेवा विस्तार गरेका छौँ । हाम्रो सेवाबाट समग्र पोखरा सहित लामाचौर, पुरुनचौर, माछापुच्छ«े गाउँपालिका नागरिकहरु अझ बढी लाभान्वित हुनुहुनेछ ।” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस २८ सिट क्षमताको रहेको ट्राभल्सका सञ्चालक पुष्पराज पौडेलले बताउनुभयो । “पोखराको उत्तरी क्षेत्र खासगरी सार्दिखोला, तातोपानी, मर्दी हिमाल तथा खुमई डाँडा लगायतका क्षेत्रमा अहिले पर्यटक आगमन धेरै राम्रो छ । हाम्रो सेवाबाट पर्यटकले समेत लाभ लिनेछन् । ” सञ्चालक पौडेलले भन्नुभयो । सुविधासम्पन्न बस पोखराबाट विहान÷बेलुका र  काठमाडाँैँबाट समेत विहान÷ बेलुका सञ्चालन हुनेछन् । काठमाडौँबाट  लैनचौर, सोह«खुट्टे बालाजु  हुँदै पोखराका लागि र पोखरामा लामाचौरबाट नदीपुर, लेकसाइड, पर्यटनवसपार्क हुँदै काठमाडौँका लागि छुट्ने कम्पनीले जनाएको छ । बस सेवाको आज एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले सेवाबाट पर्यटन विकासमा समेत सहयोग पुग्ने बताउनुभयो ।उहाँले पोखरा–मुग्लिन सडक निर्माण छिटो सम्पन्न गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो । “पोखरा मुग्लिन सडक तोकिएको मितिमा सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर द्रुत गतिमा काम अघि बढेको छ । प्रदेश सरकारले सडक निर्माण छिटो सक्नका लागि निरन्तर निर्माण कम्पनीसँग छलफल गरी राखेको छ । चार लेनको सडक बनेपछि सुविधासम्पन्न बसहरुले अझ राम्रो सेवा दिनेछन् । ”मन्त्री थापाले भन्नुभयो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष एनकुमार साईले यातायात व्यवसायीले यस क्षेत्रमा ठूलो लगानी गरेकाले सरकारले संरक्षण गर्नुपर्ने बताउनुभयो ।  पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसीले यात्रुमैत्री सेवा आफूहरुको प्राथमिकता रहेको बताउनुभयोे  ।  “पोखराको उत्तरी क्षेत्रका आम यात्रु उपभोक्तालाई यात्रुमैत्री सेवा दिन सुविधासम्पन्न बस सार्थक बन्ने छन् । पृथ्वीराजमार्ग कम्पनीमा आवद्ध बसहरुले समयसापेक्ष सेवा दिनेछन् ।” अध्यक्ष केसीले भन्नुभयो । पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले लामचौरबाट छुट्ने गरी बस सेवा सञ्चालनले पोखराको माथिल्लो क्षेत्रका नागरिकलाई सुविधा पुगेको बताउनुभयो । “साविक लामाचौर आसपासका बासिन्दाले बस सञ्चालनका लागि लामो प्रयास गरेका थिए, लामो समय लागेको थियो । अहिले सुविधा थप हुँदै जाँदा हामी खुशी छौँ ।” पाण्डेले भन्नुभयो । कार्यक्रममा पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सञ्चालकहरु ज्ञानबहादुर कार्की, अशोककुमार यादव, मेघराज त्रिपाठी, नवआदर्श सामुदायिक विकास समाजका अध्यक्ष स्वागतसिँह भण्डारी लगायतले सुविधासम्पन्न बस सेवाले यस क्षेत्रका नागरिकले प्रत्यक्ष लाभ लिने बताउनुभएको थियो ।  सेवा शुभारम्भका अवसरमा लामाचौरमा यातायात क्षेत्रको विकासमा सहयोग गरेकामा नवआदर्श सामुदायिक विकास समाजलाई सम्मान गरिएको थियो ।   

पोखरा:    पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ ।  नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् ।  यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।  वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने राम्रो समूहका साथ पोउवासंघको नेतृत्व गर्न चाहन्छन् । तेस्रो पुस्ता देखि पहिलो पुस्तालाई सँगै लिएर हिँडेका पोखरेलको जित्ने आधार भनेकै टीम हो ।  उनी आफैले पनि संगठन एक्लै नचल्ने र समूहको आवश्यकता पर्ने बताउँदै आएका छन् । अर्जुन सँगै चुनावी मैदानमा प्यानलबाट उपमहासचिव पदका उम्मेदवार बालकृष्ण कोइराला, र सदस्यहरुमा जीवन प्रकाश श्रेष्ठ, टिकाराम सुवेदी(माधव), दुधमान (आशिष) गुरुङ, प्रेम प्रसाद सुवेदी, देवेन्द्र प्रजु, भीम गौतम, यादव प्रसाद पोखरेल, ललित बहादुर कुँवर, लेखनाथ सुवेदी र सौगात थापा भिड्दैछन् । यसपालीको उद्योग वाणिज्य संघको नेतृत्वका लागि पोखरेल समूह बलियो देखिन्छ । साना, मझौला र ठूला व्यवसायी सबैको पीरमर्कालाई बुझेर आएको समूह भएकाले पनि पोखरेल समूहको पल्लाभारी राम्रो छ ।  व्यवसायीको घरघरमा पुगेर उनीहरुको समस्यालाई सुनेर सम्बोधन गर्ने प्रतिबद्धता सहित निर्वाचनमा होमिएको टीमले काम गर्नेमा आशावादी छन् व्यवसायी ।  पोखरेल भन्छन्, “हाम्रो टीमले जित्ने आधार भनेकै व्यवसायी हुन् । घरदैलोका क्रममा सम्पूर्ण व्यवसायीहरुको समस्यालाई सुन्ने अवसर मिल्यो । धेरै समस्या छन् जसको समाधान गर्न पहलकदमी गर्नुछ । अहिले हाम्रो टीम व्यसायीको समस्यालाई सम्बोधन गर्ने गरी नै आएको हो । आशा छ सबैको साथ मिल्नेछ ।”  

काठमाडौं:   उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।      उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूत चन्दाले नेपाल र जाम्बियाको भौगोलिक बनावट समान रहेको उल्लेख गर्दै दुवै देशबीच खानी तथा खनिज पदार्थ उत्खननका लागि सहकार्य गर्न जाम्बिया सरकार तयार रहेको जानकारी गराउनुभयो ।       मन्त्री भण्डारीले दुवै देश अतिकम विकसित र भू–परिवेष्ठित भएका कारणले दुवै देशका चुनौती र विकासका लक्ष्य समान रहेका जनाउँदै विशेषगरी व्यापार, कृषि, पर्यटन र खानी उद्योगमा दुवै देशको अनुभव आदानप्रदान गर्ने प्रशस्त सम्भावना रहेको बताउनुभयो ।       उहाँले भन्नुभयो, “नेपालले खानी अन्वेषणलाई प्राथमिकतामा राखेको तथा जाम्बियामा खानी उद्योगको प्रशस्त सम्भावना रहेको र जाम्बियामा यस क्षेत्रमा थप विकास भएका कारणले नेपालले खानी उद्योगमा जाम्बियासित मिलेर सहयोग आदानप्रदान गर्ने सम्भावना रहेको छ, यसका लागि नेपाल सरकार तत्पर छ ।”      जाम्बियाको अवस्थितिका कारणले अफ्रिकी महादेशमा सम्बन्ध विस्तारका लागि एक महत्वपूर्ण बिन्दु हुनसक्ने मन्त्री भण्डारीको भनाइ थियो । नेपालको बहुआयामिक भूगोल, संस्कृति र सम्भावनाबाट जाम्बियालेसमेत सामाजिक सांस्कृतिक एवं भौगोलिक लाभ प्राप्त गर्नसक्ने उहाँले बताउनुभयो ।       राजदूत चन्दाले जाम्बियामा खानीको उत्खनन वार्षिक कम्तीमा पनि नेपाली रु ६० हजार करोड बराबरको हुने गरेको र जाम्बियामा प्राविधिक जनशक्ति कुशल रहेकाले एकअर्काबीच प्राविधिमा सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।  उहाँले भन्नुभयो, “नेपालमा पनि खानी र खनिजको सम्भावना अत्यन्त राम्रो छ, छिट्टै जाम्बिया र नेपालका दुवै सरोकारवाला मन्त्रालयबीच समन्वय गरेर सहयोग आदानप्रदान गर्नुपर्छ ।”      सो क्रममा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले राजदूत चन्दालाई नेपालका खानीबारे जानकारी गराउनुभएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो ।  साथै उक्त अवसरमा मन्त्रालयका द्विपक्षीय व्यापार महाशाखा प्रमुख एवं प्रवक्ता बाबुराम अधिकारी र बहुपक्षीय व्यापार महाशाखा प्रमुख देवराज जोशीलगायत सहभागी हुनुहुन्थ्यो । 

काठमाडौं:   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन जनाको ज्यान जाने गरी बागलुङमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।   यो पनि पढ्नुहोस   बागलुङ जीप दुर्घटना अपडेट: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु अध्यक्ष दाहालले आफ्नो पार्टीकी महिला नेतृ रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढा मगर, उहाँकी आमा गोपीमाया बुढा र सोही पालिका वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको बागलुङमा सवारी दुर्घटनामा परी निधन भएको खबरले स्तब्ध भएको बताउनुभएको छ ।  अध्यक्ष दाहालले मृतक तीनैजनाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

काठमाडौं:   नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ ।      ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।       उहाँका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो ।  पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।  यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो । 

सुर्खेत:     खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीमा असोजको पहिलो सातादेखि चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । कम्पनीले सुर्खेतसहित नौ जिल्लामा एकसाथ पहिलो चरणमा दसैँलक्ष्यित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।  उपभोक्ताले माग गरेमा दसैँदेखि तिहार हुँदै छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने खाद्यको लक्ष्य रहेको कम्पनीका कर्णाली प्रादेशिक प्रमुख माधव मिश्रले जानकारी दिनुभयो ।  सुर्खेत, जाजरकोट, कालिकोट, रुकुमपश्चिम, डोल्पा, दैलेख, मुगु, जुम्ला र हुम्लामा एकसाथ चाडपर्व लक्ष्यित सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको उहाँले जानकारी दिनुभयो ।  कम्पनीले गत वर्ष पनि प्रदेशका सल्ल्यानबाहेक नौ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गरेको थियो । उपभोक्ताको उच्च  मागलाई ध्यान दिएर  यस वर्ष चार प्रकारका चामलसँगै तेल, घिउ र दाल बिक्री गरिनेछ । सल्ल्यानमा  कम्पनीको कार्यालय नभएका कारण त्यहाँ सुपथ मूल्य पसल सञ्चालन गर्न नसकिएको हो । अन्य जिल्लामा असोज ७ गतेदेखि पसल सञ्चालन उहाँले बताउनुभयो ।