पोखरामा आजदेखि प्याराग्लाइडिङ च्याम्पियनसिप, ६३ जना भिड्दै
पाेखरा | चैत ५, २०८२
पोखरा: पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि सुरु भएको हो ।
प्रतियोगितामा उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै उनले यस्तो प्रकारको अन्तरराष्ट्रिय प्रतियोगिताले पोखरालाई ब्रान्डिङ गर्न सघाउ पुर्याउने धारणा राखे ।
उनले आगामी दिनमासमेत प्रतियोगितालाई निरन्तरता दिन सुझावसमेत दिए ।
प्रतियोगितामा नेपाल, भारत, चीनसहित विभिन्न राष्ट्रका पुरुष महिला गरी ६३ जना प्रतिस्पर्धामा छन् ।
खेल संयोजक सुनिल बहादुर भट्टराईका अनुसार प्रतियोगिता यही ७ गते सम्पन्न हुनेछ ।
प्रतियोगिता कोरोना भाइरस महामारीका कारण २० औं संस्करणपछि रोखिएको बताउँदै ५ वर्षपछि पुनः आयोजना गरिएको उनले बताए ।
‘एक्युरेसी’ विधामा सञ्चालन भएको प्रतियोगिताको टेकअफ सराङकोटबाट गरिएको छ भने खपौदी क्षेत्रमा ल्याण्डिङ भइरहेको छ ।
प्रतियोगितामा एक्युरेसी पुरुष ओभरअलतर्फ विजेताले समान १ लाख ५० हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख रुपैयाँ र तेस्रो हुनेले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै एक्युरेसी महिला ओभरअलतर्फ र टिम ओभरअलतर्फ विजेताले समान ७५ हजार रुपैयाँ, दोस्रो हुनेले ५० हजार रुपैयाँ र तेस्रो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताले पोखराको खेल पर्यटन प्रवद्र्धन गर्नुका साथै आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाईसमेत टेवा पुग्ने आयोजकले अपेक्षा लिएको छ ।
पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् । पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...
पोखरा । कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

