पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

काठमाडौं:    नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो । ‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’ नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ । त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ । घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् । भानुभक्तभन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ । उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।

काठमाडौं:      सत्ता सहकार्यमा जोडिनुभएका प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९एमाले० का नेता तथा सांसदहरुले नयाँ सरकार गठनका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार राति दावी पेश गर्नुभएको छ ।  राष्ट्रपति निवास पुगेर दुई दलका नेताहरुले सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दावी पेश गर्नुभएको हो । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाका अनुसार दुई दलका बहुमत सांसदहरुको हस्ताक्षरसहित सरकार गठनको दाबी पेश गरिएको छ । कांग्रेसको ८८ र एमालेको ७८ सहित १६६ सांसदको हस्ताक्षरमा दाबी पेश गरिएको उहाँले जानकारी दिनुभयो ।  काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीको संयुक्त हस्ताक्षरमा सरकार गठनको दाबी पेश गरिएको छ । पेश गरिएको दाबीमा भनिएको छ, “प्रतिनिधिसभामा स्पष्ट बहुमत सहित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा हामीहरुको समर्थन रहेको व्यहोरा अनुरोध गर्दछौं । हस्ताक्षरकर्ता दलको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य संख्या कुल प्रतिनिधिसभा सभा सदस्य संख्याको बहुमत रहेको हुँदा उहाँलाई नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गरिदिन हुन अनुरोध गर्दछौं ।” राष्ट्रपतिको सचिवालयको एक सदस्यका अनुसार दुई दलको तर्फबाट बहुमत सांसदहरुको हस्ताक्षरसहित दुई दलले दावी पेश गरिएको छ ।  काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गएको दुई दलका नेता तथा सांसहरुको टोलीले सो दावी पेश गरेको सचिवालयका सदस्यको भनाइ छ । तर उहाँले सरकार गठन आज हुने सम्भावना कम भएको बताउनुभयो । काँग्रेस र एमालेका नेता तथा सांसहरु राष्ट्रपतिसमक्ष सरकार गठनको दावी पेश गरेर त्यहाँबाट बाहिरनुभएको छ । 

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।   प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् ।    एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ ।   आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।   १० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो । दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।  

पोखरा:   अविरल वर्षाले पहिरो जाँदा पोखरा १९ तल्लोकोट ठाँटीमा मृत्यु भएका  ५ जनाका सामूहिक अन्त्योष्टी गरिएको छ ।    माथिबाट आएको पहिरोमा परेर मृत्यु भएका ७ जना मध्ये ५ जनाको चिन्तेबौर सेती नदीकिनार चिन्तेबौर घाटमा सामुहिक दाहसंस्कार गरिएको हो ।   कुल बहादुर परियार र उनी श्रीमती मनकुमारी परियारलाई एउटै चितामा अन्त्योष्टी गरिएको स्थानीय भुजेलले जानकारी दिए । उनका अनुसार कुल बहादुरका कान्छी छोरी प्रशना परियार, आमा लक्षिमा परियार र राधिका परियारको पनि सोही घाटमै अन्त्योष्टी गरिएको हो ।     माइत आएकी कुलबहादुरका छोरी प्रभा परियार र ज्वाई अस्मित परियारको शव भने उनीहरुकै घर पठाइएको थियो ।   उक्त पहिरोमा परी कुल बहादुरका छोरा पवन परियार घाइते भएका छन् ।   यो पनि पढ्नुहोस   कास्कीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु, ३ जना घाइते   अब कुल बहादुरको सन्तानको रुपमा जेठी छोरी जापानमा रहेकी छिन् भने छोरा पवन घाइते छन् ।   गएरातीका पहिरोमा परेर कास्कीका कुल ११ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका थिए ।

काठमाडौं:     नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्बन्ध नबिगार्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद चौधरीले प्रचण्डलाई सभापति देउवासँग सम्बन्ध नबिगार्न र चार महिनापछि फेरी प्रचण्डकै पक्षमा आउने बताए । उनले यो गठबन्धन चार महिनामै परिवर्तन हुने दाबी गर्दै कांग्रेस सभापति देउवालाई संसद् विघटनको साक्षी नबस्न आग्रह गरेका थिए । चौधरीले प्रधानमन्त्री प्रचण्डलाई आफूहरू सधैँ साथमा रहे पनि आफूहरूलाई भने बेला बेलामा छोड्ने गरेको गुनासो गरेका थिए ।

काठमाडौं:     राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई जातजातिको नाममा आफ्नो रोटी नसेक्न चेतावनी दिएका छन् । प्रतिनिधि सभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै शाहीले प्रधानमन्त्री आजको संसदमा जातजातिको नाममा भाषण गरेको उल्लेख गर्दै जातजातिको नाममा राजनीति नगर्न आग्रह गरेका छन् । उनले गृहमन्त्री रवि लामिछानेले संसदमा सुशासनको कुरा गरेर झुटो बोलेको आरोप लगाए । गृहमन्त्री लामिछानेले आफ्ना मित्र जीबी राईलाई पक्राउ गर्न नसकेर बिदा हुन लागेको भन्दै फाइल खोल्न लागेपछि सरकार ढलेको भन्ने गलत भाष्य निर्माण नगर्न आग्रह गरे । सांसद शाहीले कसैलाई पक्रेर थुन्न नसकेको भन्दै आफूले काम गर्न नसकेकोको स्वीकार गर्न आग्रह गरेका थिए ।

काठमाडौं:     गृहमन्त्री रवि लामिछानेले फाइल खोलेको २४ घन्टाभित्र सरकार ढालेको दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले बेचन झा र प्रतिक थापा पक्राउ परेपछि सरकार ढालेको दाबी गरेका हुन्। ‘फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल?’  उनले प्रश्न गरे, ‘बेचन झा र प्रतिक थापा पक्राउ परेकोबाहेक अरु कारण छैन, सरकार ढालेको ।’ व्यवस्था ल्याउन ज्यान दिन नपाए पनि व्यवस्था जोगाउन ज्यान दिन तयार रहेको उनको भनाइ छ। उनले कांग्रेस नेता रमेश लेखक सम्भावित गृहमन्त्री हुने उल्लेख गर्दै आफूजस्तै स्टन्ट गर्न सुझाव दिए। ‘रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे। उहाँले मेरो कामलाई स्टन्टको आरोप लगाउनुभएको छ। यदि मैल बाँसबारीको जग्गामा स्टन्ट गरेको हो भने यस्तै स्टन्टको अपेक्षा गरेका छौं’,उनले भने। उनले आफ्नो दल चेकलिस्टसहित सरकारमा आएका बताउँदै चार महिनामा इमानदार भएर जनताका हितमा काम गरेको बताए।  गृहमन्त्री लामिछानेले राष्ट्रिय सहमतिप्रति आशंका व्यक्त गरे। ‘सहमतिका कुरा धेरै सुनिए। त्यसका धेरै कारण देखाइयो। तर, सहमतिबारे कसैलाई केही थाहा छैन। जनतालाई थाहा नदिएर गरिएको राष्ट्रिय सहमतिले मानमर्दन गरेको छ’, उनले भने, ‘एकाएक सहमति किन गर्नुपर्‍यो। हामीलाई आशंका छ। संविधानको चिन्ता एक्कासि कसरी आयो। हामीलाई आशंका छ। संविधान चलाउनुपर्छ, तर यो अवस्थामा चलाउनुपर्ने हो? संविधान जोगाउनकै लागि सहमति भएको हामी स्वीकार गर्दैनौं।’ उनले दुई ठूला दल मिलेर सुशासन कायम गर्न पाए राम्रो भए पनि विगत ३० वर्षको इतिहास पनि साक्षी रहेको बताए  ।’दुई ठूला दल मिलेर सुशासन हुन्छ भने ठीक छ। हामी हेर्छौं। तर हामीले ३० वर्षदेखि हेर्दै आएका छौं। तपाइँहरूले गरेको भए सायद हाम्रो जन्म पनि हुँदैनथ्यो होला ।’ उनले भने। 

काठमाडौं:     मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडक खण्डमा रात्रिकालीन सवारी चलाउन रोक लगाइने भएको छ।  शुक्रबार गृह मन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकायका साथै सरोकारवाला निकायसँगको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले रेड एडभाइजरी जारी गरेका जिल्ला र क्षेत्रमा रात्रिकालीन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो। त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा जानकारी गराए। उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय गर्ने निर्णय भएको बताए। सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यस स्थानमा पुग्नु अगावै सुरक्षित एवं खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका स्थानमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानेले बताए।  ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटक पटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए। उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रताका साथ अघि बढाइएको जानकारी दिए। बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए।

काठमाडौं:     नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी केन्द्रले आफ्नो लगानीभन्दा धेरै लाभांश खोज्दा समस्या भएको बताउनु भएको छ । प्रतिनिधि सभाको आज बैठकमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मागेको विश्वासको मतमाथिको छलफलमा भाग लिदै एमाले नेता भट्टराईले माओवादीले लगानी भन्दा बढी लाभांश खोजेको बताउनु भएको हो । भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्‌मा गरेको १ घण्टा २२ मिनेट भाषण प्रधानमन्त्रीको रूपमा अन्तिम हो कि जस्तो लागेको बताउनु भयो । भट्टराईले प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने बतउनुभयो। स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन बनेको भन्दैनेता भट्टराईले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गर्नुभयो।