जातीय समुदायबारे विवादास्पद अभिव्यक्ति दिने पाण्डेविरुद्ध जाहेरी

काठमाडाैं | साउन १०, २०८०

जातीय समुदायबारे विवादास्पद अभिव्यक्ति दिने पाण्डेविरुद्ध जाहेरी

काठमाडौँ : तामाङ, मगर, मुस्लिम लगायत समुदायको विवाह संस्कारबारे विवादास्पद अभिव्यक्ति दिने अधिवक्ताविरुद्ध नेपाल तामाङ घेदुङले प्रहरीमा जाहेरी दिएको छ ।

 

जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८, मुलुकी अपराध संहिता २०७४ विपरीत कसुर गरेको भन्दै गुल्मीकी अधिवक्ता भगवती पाण्डेविरुद्ध घेदुङका कार्यवहाक अध्यक्ष कुमारसिंह घिसिङले काठमाडौं जिल्ला प्रहरी कार्यालयमा मंगलबार जाहेरी दर्ता गरेका हुन् ।

 

अधिवक्ता पाण्डेले एक टेलिभिजन कार्यक्रममा हाडनाताभित्र हुने विवाहले अपराध बढाएको दाबी गर्दै तामाङ समुदायमा दाजुबहिनीबीच हुने विवाहबारे घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् ।

 

जाहेरीमा अभिवक्ता पाण्डेसहित कार्यक्रम प्रस्तोता दिक्पाल कार्की र कार्यक्रम प्रसारण गर्ने टेलिभिजनलाई विपक्ष बनाइएको छ । उक्त जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्तासमेत भइसकेको तामाङ घेदुङका कार्यवहाक महासचिव जगतमान लामाले जानकारी दिए ।

 

 

Seetal Pandey

भगवती पाण्डे

संघले टेलिभिजनलाई पनि विपक्षी बनाएको छ ।

 

कुनै समुदायको सामाजिक मान्यता, सांस्कृतिक मुल्य माथि चोट पुग्ने गरी र जातिय घृणा उत्पन्न हुने कुनै सामग्री प्रशारण पत्रकार आचार संहिता विपरित भएको कारण टेलिभिजनलाई विपक्षी बनाइएको हो ।

 

प्रेस काउन्सिल नेपालद्धारा जारी पत्रकार आचारसंहिता, २०७३ मा पत्रकार र सञ्चारमाध्यमले गर्न नहुने कामको दोस्रो बुँदामा भनिएको छ, ‘पत्रकार तथा सञ्चारमाध्यमले जातीय, लैङ्गिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक र स्वास्थ्य अवस्थाजस्ता कुनै पनि आधारमा कसैमाथि पनि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन ।’

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्