पोखरामा सुरु भयो भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान
पाेखरा | साउन १०, २०८०
पोखरा: भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि सत्तारुद दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखरामा वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ ।
अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको लखनचोकमा आज (बुधबार)देखि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो ।
अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका सचिव सुमन सुवेदी (लेनिन)ले पोखराको विभिनन क्याम्पस र चोकचोकमा भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको बताए ।
वृहत हस्ताक्षर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय सापकोटाले भ्रष्टाचारको विषयमा कुनै पनि राजनीतिक दलका नेताहरु मुछिएको भए कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।
‘भ्रष्टाचार र तस्करको विषयमा कुनैपनि राजनीतिक दलका नेताहरु मुछिए खुट्टा नकमाएर सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताहरु सुशासनको पक्षमा सरकारलाई हातमा हात मिलाएर साथ दिन तयार छौं ।
भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि अनेरास्ववियू (क्रान्तिकारी) कास्कीले १० दिनसम्म हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

