पोखरामा सुरु भयो भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान

पाेखरा | साउन १०, २०८०

पोखरामा सुरु भयो भ्रष्टाचार विरुद्ध हस्ताक्षर अभियान

पोखरा:   भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि सत्तारुद दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले पोखरामा वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको छ । 


अनेरास्ववियू (क्रान्तिकारी)ले पोखराको लखनचोकमा आज (बुधबार)देखि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको हो । 

 

 


अनेरास्ववियू (क्रान्तिकारी) कास्कीका सचिव सुमन सुवेदी (लेनिन)ले पोखराको विभिनन क्याम्पस र चोकचोकमा भ्रष्टाचार विरुद्ध सरकारको अभियानमा समर्थनका लागि वृहत नागरिक हस्ताक्षर अभियान सुरु गरेको बताए । 


वृहत हस्ताक्षर अभियान कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सचिव विजय सापकोटाले भ्रष्टाचारको विषयमा कुनै पनि राजनीतिक दलका नेताहरु मुछिएको भए कारवाहीको दायरामा ल्याउन आग्रह गरे । 


‘भ्रष्टाचार र तस्करको विषयमा कुनैपनि राजनीतिक दलका नेताहरु मुछिए खुट्टा नकमाएर सरकारले कारवाही गर्नुपर्छ’, उनले भने, ‘नेपाली जनताहरु सुशासनको पक्षमा सरकारलाई हातमा हात मिलाएर साथ दिन तयार छौं ।


भ्रष्टाचारविरुद्ध सरकारको अभियानमा समर्थन लागि अनेरास्ववियू (क्रान्तिकारी) कास्कीले १० दिनसम्म हस्ताक्षर अभियान संचालन गर्ने जनाएको छ । 
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्