भारतलाई नेपालले बेच्यो १ करोड ४९ लाखको गोलभेँडा

काठमाडाैं | साउन १२, २०८०

भारतलाई नेपालले बेच्यो १ करोड ४९ लाखको गोलभेँडा

काठमाडौं:   नेपालले आर्थिक वर्ष २०७९/०८० मा १ करोड ४९ लाख रूपैयाँको गोलभेँडा भारतलाई बेचेको छ ।

 

भन्सार विभागको तथ्यांक अनुसार १० लाख ९४ हजार किलो गोलभेँडा भारत निर्यात गरिएको छ । उक्त गोलभेँडा असारमा मात्रै निर्यात भएको हो ।

 

आर्थिक वर्ष २०७८/०७९ मा ४० किलो गोलभेँडा भारत निर्यात भएको थियो । 

 

भारतको राजस्थानमा आएको आँधीका कारण केही महिना अघिदेखि भारतमा गोलभेँडाको मूल्य आकाशिएको थियो ।

 

एक महिनाअघिसम्म पनि भारतीय बजारमा गोलभेँडा किलोको १ सय २० देखि १ सय ५० भारूमा कारोबार भइरहेको थियो । तर अहिले भने १ सय भारु भन्दा कम भइसकेको छ । यो खबर सेतोपातीमा सुनिता सिटौलाले लेखेकी छिन् ।
 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्