जातिय सद्भाव भड्काउने अभिव्यक्ति दिने पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडाैं | साउन १२, २०८०

जातिय सद्भाव भड्काउने अभिव्यक्ति दिने पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं:  एक टिभी शाेमार्फतजातिय सद्भाव भड्काउने खालकाे अभिव्यक्ति  दिएकी अधिवक्ता भगवती पाण्डे ‘शीतल’ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

 

पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।

 

उनले भने, ‘चारदिन अघि तामाङ र मगर समुदायका विभिन्‍न समूहहरूले अधिवक्ता पाण्डेविरूद्ध उजुरी दिनु भएको छ। जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ।  अहिले पक्राउ पुर्जी जारी भएकाे छ।’

 

पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।

 

यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै  अभिव्यक्ति  दिएकी थिइन् ।  

 

सो विषमा मुस्लिम समुदायले बेवास्ता गरेपनि नेपालको तेस्रो ठुलो जनसँख्या रहेको मगर समुदाय र तामाङ समुदायमा आँच पुगेको भन्दै चौतफी विरोध भएको थियो । त्यसपछि सदनमा सांसद​ इश्वरी घर्तीमगर र शुशिला तामाङले पाण्डेलाई कारवाहीको माग गरिएको थियो ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्