पोखराको आकाशमा ‘ब्लाइन्ड रक्स’ (फोटोफिचर)
पाेखरा | साउन १५, २०८०

पोखरा: तीन दिन अगाडि पोखराको मौसम खासै खुलेको थिएन । वर्षातको समय भएकाले पोखरामा कति खेर पानी पर्छ पत्तै थिएन ।
त्यही पनि पोखराको पामे क्षेत्रको मौसम अझ कति खेर बदली हुन्छ थाहा नै हुँदैन ।
पोखराको आकाशमा प्याराग्लाइडिङ गर्ने सेडुअल ब्लाइन्ड रक्स (फरक क्षमताको समूह) टोलीको केही अगाडि नै तय भएको थियो । सोही कार्यक्रम अनुसार आज (सोमबार) ब्लाइन्ड रक्सको एक दर्जन सदस्यले केही समयका लागि जमिन छाडे । र पोखराको आकाशमा प्याराग्लाइडिङको मज्जा लिए ।
यो उनीहरुका लागि मात्रै नभएर पोखराकै पर्यटनका लागि पनि नौलो उडान थियो ।
सोही समूहकी सदस्य चादनी शर्माले ल्याण्ड हुनेबित्तिकै अनुभवलाई व्याख्या गर्ने शब्द नभेटेको सुनाइन् । ‘खै कसरी अनुभव सुनाउ कुनै शब्द नै भेटिन,’ शर्माले भनिन् ।
हिजोसम्म मौसम नखुलेकाले पनि आकाशमा उड्ने सपना तुहिने पनि पिरलो मनमा थियो । तर सपना मनबाट नभएर आत्माबाटै देखेकैकारण बादल छुने सपना पुरा भएको संस्थाकी संस्थापक अध्यक्ष सृष्टी केसीले बताइन् । ‘हामीले सपना आँखाले होइन, आत्मादेखि नै देख्नुपर्छ । एक दिन अवश्य पुरा हुन्छ,’ केसीले भनिन् ।
उनले दृष्टिबिहीनहरुलाई समाजले फरक नजरबाट हेर्ने भएकाले समान आत्मबल हुन्छ भन्ने सन्देश दिन प्याराग्लाइडिङ गरेको सुनाइन् । ‘दृष्टिबिहीनलाई राज्य र समाजले समान रुपमा हेर्न सकेको छैन, दृष्टिबिहीन नागरिकहरु पनि कमजोर हुँदैन भन्ने सन्देश समाजमा दिने उद्देश्यले जमिन छाडेका हौ’, उनले भनिन्, ‘सन्देश प्रवाह गर्नकै लागि हामीहरुले शाहसिक उडान भरेका हौं ।’
उनका अनुसार ब्याइन्ड रक्स समूहले यसअघि र्याफ्टिङ, रक क्लाइम्बिङ लगायतका शाहसिक खेलमा सहभागिता जनाइसकेका छन् । २ विदेशी नागरिकसहित १२ जनाको समूहले नेपाल हवाई खेलकुद संस्था(ना), पोखरा महानगरपालिका र लायन्स क्लबको सहयोगमा प्याराग्लाडिङ गरेका हुन् ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनपछि पछिल्लो समय तोरीपानी क्षेत्रबाट उडान हुँदै आएको छ ।
तस्बिर: सुशान्त गाहामगर/सुनगाभा न्यूज
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्र...
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...