किंग्स कपको तयारी तिब्र, कस्ले जित्ला २ लाख २ हजार ?
काठमाडाैं | साउन १५, २०८०
काठमाडौं: काठमाडौंमा आजोजना हुने दोस्रो संस्करणको किंग्स कप पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।
किंग्स क्लब काठमाडौंले आगामी साउन २३ देखि २७ गतेसम्म ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसपार्कमा आयोजना हुने ‘दोस्रो किंग्स कप पुरुष भलिबल प्रतियोगिताको’ तयारी तिब्र पारिएको संस्थाका अध्यक्ष अञ्चल शाहीले जानकारी दिए ।
उनका अनुसार घान्द्रुक दुर्घटनामा ज्यान गुमाएका क्लबका सक्रिय सदस्य बिनय पन्तको स्मृतिमा सो प्रतियोगिता सञ्चालन हुदै आएको छ ।
उनले सो प्रतियोगिताको विजेता टिमलाई नगद रु २ लाख २ हजार शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए ।
उनका अनुसार उपविजेता टोलील १ लाख १ हजार तथा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै सान्त्वना स्थान हाँसिल गर्ने समुहले ५० हजार ५ सय रुपैयाँ तथा शिल्ड, मेडल र प्रमाणपत्र हात पार्नेछ । यस्तै चौथो हुने समुहलाई पनि हौसला प्रदान गर्दै २० हजार २ सय रुपैयाँले पुरस्कृत गरिनेछ ।
अध्यक्ष शाहीले विधातर्फ सर्वोकृष्ट खेलाडीलाई ८ हजार, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकउत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक जनही ३÷३ हजार प्रदान गरिने बताए ।
उनका अनुसार सो प्रतियोगितामा नेपाल पुलिस क्लब, एपिएफ क्लब, आर्मीको जगदल गण, गण्डकी प्रदेश, जिएम समाज नवलपुर, खोटाङ हलेसी पूर्व, किंग्स क्लब काठमाडौं, न्युटन स्कुल लगायतका टिमहरुले सहभागीता आयोजकले जनाएको छ ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

