विश्व स्तनपान सप्ताह शुरु, स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने

काठमाडाैं | साउन १६, २०८०

विश्व स्तनपान सप्ताह शुरु, स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने

काठमाण्डौ:  विश्व स्तनपान सप्ताह आजदेखि शुरु भएको छ । स्तनपानको महत्त्वबारे जानकारी दिन हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ । यस वर्ष ‘स्तनपान गरौँ , काम गरौँ’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

 

कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागि बिदाको व्यवस्था गर्ने आवश्यकताबारे यस वर्षको नारा तय गरिएको छ । विश्व स्वास्थ्य सङ्गठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँ र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आह्वान गर्दै आएको छ ।

 

स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ। दूधमा रोग निरोधक तत्त्व हुन्छ जसले नवजात शिशुको रोगसँग लड्नसक्ने क्षमता विकसित गर्न मद्दत गर्दछ । डाक्टरकाअनुसार शिशुलाई जन्मेको एक घण्टामा स्तनपान गराउनुपर्छ ।  शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ ।

 

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर ६ महिनामुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराउने गरेको पाइएको छ । यस्तै, स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा आठ लाख २० हजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँदा वार्षिक झण्डै तीन सय खर्ब रकम खर्च हुने अनुमान गरिन्छ ।

 

 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्