आकाशमा दृष्टिबिहीन सृष्टि: देखिन् खुलेका हिमाल र फेवाताल
पाेखरा | साउन १६, २०८०
पोखरा: ‘जीवनमा सपना देख्नका लागि आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’ सोमबार दिउँसो पामे फाँटको प्यारा ल्याण्डिङ जोनमा झरेपछि ब्लाइन्ड रक्सकी संस्थापक अध्यक्ष सृष्टि केसीले पत्रकारहरुमाझ आफ्नो साहस पस्किइन् ।
‘आज एउटा सपना पुरा भएको छ । मैले बादल छोए र हिमाल देखे, फेवाताल नियाले,’ उनले थपिन् ।
सृष्टीसँग आँखा छन् तर त्यो आँखाले संसार देख्न छाडेको करिब १३ वर्ष बितिसकेको छ । सृष्टिलाई १६ वर्षको उमेरसम्म सेतो छडीको आवश्यक थिएन । पछि उनले आँखाको ज्योति गुमाइन् र दृष्टिबिहीन बनिन् । उनै सृष्टि ब्लाइन्ड रक्स नेपालको संस्थापक अध्यक्ष बनिन् ।
संस्थाको नेतृत्वको जिम्मेवारी पाएसँगै उनको एउटै धेय छ, फरक क्षमता भएका (दृष्टिबिहीन) हरु पनि अन्य अन्य नागरिक सरहनै अब्बल हुन्छन् भन्ने सन्देश दिने ।
त्यसैले उनलाई चुनौती सामना गर्न औधी मन पर्छ । विशेषगरी शाहसिक गतिविधिमा रुचि राख्ने उनी आफुसँगै अन्य दृष्टिबिहीनहरुलाई पनि हातेमालो गर्दै रक क्लाइम्बिङ र र्याफ्टिङको अनुभव बटुले ।
त्यसपछि ब्लाइन्ड रक्सको टोलीलाई पोखराको आकाशमा उड्ने हुटहुटी बढ्यो र सोमबारको सेडुअल बन्यो ।
यो पनि पढ्नुहोस
सृष्टिसँगै अन्य ११ जना (सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे, क्रिष्टोफर जे जोन्स र थोमस सिड्लिङ (विदेशी), अमीता खड्का, वासिम अन्सारी र सहबाज अन्सारी) पोखराको खुला आकाशमा उडे । प्याराग्लाइडिङ गरे । जोसँग आँखाको दृष्टी नभएपनि मन र आत्माको दृष्टिले खुलेका हिमाल देखे, फेवाताल हेरे । यो कुरा सृष्टिले अवतरण पश्चात अनुभवमार्फत सुनाइन् ।
ब्लाइन्ड रक्सको अन्य टोलीले पहिलोपटक प्याराग्लाइडिङ गरेपनि सृष्टीले भने दोस्रो पटक प्याराग्लाइडिङको अनुभव बटुलिन् । उनीहरुलाई यो अवसर नेपाल हवाई खेलकुद संस्था (ना), लायन्स क्लब, पोखरा महानगरपालिकाले जुटाइदिएको हो ।
‘हामीलाई यो अवसर जुटाइदिनुहुने ‘ना’ टिम, लायन्स क्लब र पोखरा महानगरपालिकाको मेयर सरप्रति आभारी छौ, उनले भनिन्, ‘दृष्टिबिहीनहरु पनि शासहिक गतिविधिमा सहभागि हुन सक्छन् भन्ने सन्देश दिन पायौ । यो अवसरका लागि धन्यवाद पोखरा ।’
सृष्टिसँग प्याराग्लाइडिङको अनुभव भएपनि त्यो महसुस अन्य साथीहरुलाई पनि गराउनु थियो । त्यसैले आफ्नै जोडबलमा सेडुअल बनाएको बताइन् ।
‘यो भन्दा अगाडि पनि मैले प्याराग्लाइडिङ गरेको थिए, मैले त्यो बेलाको उत्साह सुनाएको भए उनीहरु सुन्नी मात्र थिए तर उनीहरु आफैले पनि महसुस गर्नुपर्छ भनेर यो सेडुअल बनाएका हौं,’ उनले भनिन् ।
ब्लाइन्ड रक्सको प्याराग्लाडिङले समावेशी पर्यटन प्रर्वद्धन गर्न टेवा पुर्याउने बताइन् ।

‘शारीरिक अपाङ्गता भएको नागरिकलाई हेर्ने दृष्टिकोण समाजमा फरक छ’, केसीले भनिन्, ‘समावेशी पर्यटनको विकास गर्नका निम्ति नै प्याराग्लाइडिङ गरेका हौं । यसले केही सघाउ पुग्छ भन्ने हाम्रो विश्वास छ ।’
उनले जीवनमा सफलता प्राप्त गर्न दृष्टि मात्रै बाधक नहुने बताउदै भनिन्, ‘जीवनको उचाइमा पुग्न, सफलता हाँसिल गर्न दृष्टिबिहीनतामा सिमित हुनुहुदैन । त्यो भन्दामाथि उठ्न सक्छौ, उड्न सक्छौ त्यसैले जीवनमा सपना देख्न आँखा होइन, हिम्मत चाहिन्छ, आत्मबल चाहिन्छ ।’
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...


