कास्कीमा अनलाइनमार्फत ४ करोड बढी ठगी
४९ प्रहरीलाई कारवाही
पाेखरा | साउन १६, २०८०
पोखरा: जिल्ला प्रहरी कार्यालयमा अनलाइनमार्फत ठगी गरेको भन्दै ४ सय २ वटा उजरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले गत आर्थिक वर्ष २०७९/०८० मा भएको कार्यप्रगति सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको जानकारी दिइएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा डिएसपी श्रवण कुमार बिकले अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए ।
‘सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ सूचना अधिकारीले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’
उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए ।
यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् ।
कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ ।
यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष विभिन्न स्थानबाट २ हजार २ सय ८६ वटा मोवाइल हराएको भन्दै उजरी परेको जानकारी दिएको छ । प्रहरीले उजुरीको आधारमा २ सय ८६ वटा मोवाईल फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको र बाँकी अनुसन्धानमा रहेको जनाएको छ ।
यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको जनाएको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

