प्राज्ञिकको एकदिवसीय अभ्यास वर्ग कार्यक्रम

पाेखरा | असार ४, २०७९

प्राज्ञिकको एकदिवसीय अभ्यास वर्ग कार्यक्रम

 

पोखरा :        प्राज्ञिक विद्यार्थी परिषद् नेपाल , पृथ्वीनारायण क्याम्पस इकाई  समितीले आफ्नो एक दिवसीय अभ्यास वर्ग कार्यक्रम सम्पन् गरेको छ । पृथ्वी नारायण क्याम्पसमा भएको सो कार्यक्रम वर्तमान समयमा राष्ट्रको लागि युवाको भूमिका भन्ने मूल विषयका साथ भएको थियो । कार्यक्रममा युवाहरुको भुमिकालाई समेट्दै राष्ट्र निमार्णमा रहने भुमिकाहरु समेटिएको थियो । 

 

कार्यक्रममा प्रमुख अतिथी रहनु भएका पृथ्वीनारायण क्याम्पसका उप प्रध्यापक शोभाकान्त गौतमले आफ्नो भनाई राख्नुहुदै भने , ‘ राष्ट्र निर्माणका लागि युवाको भूमिका एकदमै महत्वपूर्ण रहन्छ , युवानै वर्तमान र भविष्य दुवै हो ।’ गौतमले युवाको परिचय जोड्दै पूरुषार्थ (धर्म, अर्थ, काम, मोक्ष ) हरेक मानिसमा हुनू पर्ने बताए । साथै परिषद् नेपाल गण्डकी प्रदेश उपाध्यक्ष  दिपक रेग्मीले कार्यक्रममा उपस्थित सम्पूर्ण कार्यकर्ताहरूलाई शुभकामना दिए । 

  
प्राज्ञिक विद्यार्थी परिषद् नेपालको अर्की  राष्ट्रिय सह छात्रा प्रमुख  सृष्टि जोशीले वर्तमान समयमा विश्वविद्यालयमा भइरहेको दलगत राजनीति यसको प्रभाव र  यसको नियन्त्रण सम्बन्धि प्रस्टाउदैँ   राष्ट्रिय स्थरमा  विद्यार्थी परिषद् को भुमिकालाई दर्शाए । 

 

५० जना कार्यकर्ताहरुको सहभागितामा भएका यस कार्यक्रममा २५ जनाको नयाँ क्याम्पस इकाई समिति गठन भयो । 

 

कार्यक्रम सञ्चालन पीएन  क्याम्पस इकाई समिति नवगठित सचिव  आशा माया मगरले गरेका थिए ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्