रोहित हत्या प्रकरण: पेस्तोल बिक्री गर्ने व्यक्ति पनि समातिए
पक्राउ पर्नेको संख्या ६ पुग्यो
धरान | साउन २०, २०८०
विराटनगर-५ का २८ वर्षीय रोहित चौधरीको हत्या प्रकरणमा पक्राउ पर्नेको संख्या ६ पुगेको छ।
प्रहरीले शुक्रबार र शनिबार गरी हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो।
यो पनि पढ्नुहोस
कोशी प्रदेश प्रहरी कार्यालयले गत बुधबार दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो।
प्रहरीले रोहितको हत्या गर्न पेस्तोल बिक्री गर्ने हतियार कारोबारीदेखि पेस्तोलमा लाग्ने गोली राखिदिने व्यक्तिसहित चार जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा विराटनगर-१५ का ४१ वर्षीय अजयकुमार शर्मा, भद्रपुर नगरपालिका-१ घर भई धरान उपमहानगर-८ मा बस्दै आएका प्रकाश लिम्बु, धरानका ३१ वर्षीय सुजन तामाङ र २७ वर्षीय युनेश राई रहेको संघीय प्रहरी कार्यालय धरानका एसपी भीम दाहालले जानकारी दिए।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...


