समता कला कार्यशालाको ६१ औं शृङ्खला विन्ध्यवासिनी मन्दिरमा

पाेखरा | साउन २१, २०८०

समता कला कार्यशालाको ६१ औं शृङ्खला विन्ध्यवासिनी मन्दिरमा

पोखरा: पोखरेली युवा साँस्कृतिक परिवारले प्रत्येक तीन महिनाको तेस्रो शनिबार सञ्चालन गर्दै आएको समता कला कार्यशालाको ६१ औं शृङ्खला सिर्जनात्मक कला निर्माण गरि शनिबार पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा  सम्पन्न भयो । 


समता कला कार्यशालामा कला निर्माण पछि कलाकार दुर्गा बराल वात्स्यायनले तत्स्थानीय चित्राङ्कन गर्नु चुनौतीपूर्ण भए पनि त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु नै कलाकार सफल हुनुको रहस्य उद्घाटन गरे । तिसको दशकदेखि सुरु भएको तत्स्थानीय चित्राङ्कनले नै पोखरालाई पानी रङको सहरका रुपमा चिनाएको बताए । 


प्रज्ञा परिषद सदस्य तथा प्ररम्परागत सिल्पकला बिभाग निवर्तमान प्रमुख प्राज्ञ बु्िद्घ गुरुङ्गले २०४२ सालदेखि पोखरेली कलाकारहरु गाउँघरको भ्रमण गर्दै कला सिर्जनामा निरन्तर लागेकाले नै आज कलामा पोखरालाई  पानी रङको सहरका रुपमा चिनिएको हो भने । समता कला कार्यशालाले अग्रज र अनुज दुवैलाई एउटै थलोमा काम गर्ने अवसर दिंदा नयाँ कलाकारले आफूलाई चम्काउने अवसर पाउने बताए । 


संस्थाका सल्लाहकार तथा वरिष्ठ कवि तीर्थ श्रेष्ठले कलाको विकासको लागि अरुको भर परेर होइन आफ्नै हातलाई क्रियाशील र सिर्जनशील बनाउनु पर्छ भने । उनले कला कार्यशालामा निर्माण गरिएका चित्रलाई प्रदर्शनीमा रुपान्तरण गरेर आम मानिससँग कला पु¥याउन आग्रह गरे । कला कार्यशालामा कलाकार पदम घले, एस कुमार श्रेष्ठ, थमन सिंह सुनार, दल बहादुर गुरुङ, रिक गुरुङ, झबिन्द्र गुरुङ, युवराज लामीछाने, मनोज तामाङ, निशान थापा, गोपाल दराइ, आकाश गुरुङ, शुक्रराज गुरुङ, एलिता गुरुङ, शिव शिपाली, सौगात गुरुङ, सन्जीता घिमिरे, अमृत परियार, संजिव लामिछाने, नवराज थापा लगायतका कलाकारले पानी रङ र एक्रेलिक माध्यमको प्रयोग गरि सिर्जनात्कमक कला निर्माण गरेका थिए । 


परिवारका अध्यक्ष उपेन्द्र पौडेलको सभापतित्वमामा सम्पन्न उक्त कला कार्यशालाको सञ्चालन सचिव डा।चैतन्य अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कला संयोजक  कलाकार उमेद पौडेलले गरेका थिए  ।  

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्