कारागारमा राति दुई कैदी भाग्न खोजे, बिहान उपचारका क्रममा दुबैको मृत्यु
संखुवासभा | साउन २४, २०८०

जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको छ।
बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका मादी नगरपालिका- ५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका- ७ नुवाकोटका २८ वर्षीय आकाश बलामीको उपचारका क्रममा मृत्यु भएको हो।संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार आज बिहान २ बजे जेलबाट भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुनः कारागार प्रशासनको जिम्मा लगाएको थियो। कारागारभित्र रहेका कैदीबन्दीले उनीहरू अचेत अवस्थामा भएको सूचना दिएपछि प्रहरीले उनीहरूलाई जिल्ला अस्पताल पुर्याएको थियो।
‘अस्पताल पुर्याइएको डेढ घन्टामा दुबै जनाको मृत्यु भएछ,’ सिडिओ कार्कीले सेतोपाटीसँग भने। उनका अनुसार तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।
उनीहरू एक वर्षदेखि जिल्ला कारागारमा सजाय काटिरहेका थिए। बुधबार राति शौचालयको झ्यालको रड काटेर दुई जना भाग्न लागेका थिए। शौचालयको ढोका अहिले पनि भित्रबाट चुकुल लगाएकै अवस्थामा रहेको सिडिओ कार्कीले बताए। नियन्त्रणमा लिएर कारागारमा राखिएका कैदीबन्दी अकास्मात् अचेत भेटिनु शंकास्पद रहेको उनले बताए। हाल कारागारमा १३८ कैदीबन्दी छन्। दुई कैदी अचेत भेटिएको कोठामा ३८ जना कैदीबन्दी छन्।
कैदीबन्दीको मृत्यु भएपछि कारागारमा केहीबेर तनावपूर्ण स्थिति बनेको थियो। अहिले स्थिति नियन्त्रणमा आइसकेको पनि सिडिओ कार्कीले जानकारी दिए। घटना शंकास्पद् देखिएकाले छानबिनका लागि संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरिएको छ। कैदीबन्दी जेलभित्रै अचेत भेटिनु आफैंमा शंकास्पद् कुरा हो, छानबिनपछि थाहा होला,ु उनले भने।
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पु...