जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर

पाेखरा | साउन २५, २०८०

जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर फाइल तस्बिर

पोखराः पोखरा स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । 

 

इन्सटिच्युटका सञ्चालक किसानले सुनारले जापानमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए । उनका अनुसार जापानमा नेपाली विद्यार्थीहरुलाई जापनिज भाषा अध्ययन तथा नर्सिङ केयर गिभरमा अध्ययनका लागी विद्यार्थीहरुलाई एक जना बराबर ३० लाखको छात्रवृत्ति प्रदान गर्न लागिएको जानकारी दिए ।  


सञ्चालक सुनारका अनुसार इन्टरनेशनल जापान स्थीत जापनीज स्कुल तथा कलेज, इसिन नागाओका जापनीज ल्याङगोज स्कुल र टोवामा अध्ययनरत विद्यार्थीहरुले छात्रवृत्तिको अवसर पाउनेछन् । 


विगत छवर्षदेखि जापानमा रहेका नेपाली विद्यार्थीहरुलाई छात्रवृत्तिको अवसर प्रदान गर्दै आएको इन्सच्यिुटले यस वर्ष नर्सिङ केयर गिभरमा अध्ययन गर्ने विद्यार्थीहरुलाई ३० लाख बराबरको छात्रवृत्ति प्रदान गर्न लागेको हो । 

 


छात्रवृत्ति प्राप्त गर्नका लागि १२ कक्षा उतिर्ण हुनुपर्ने, जापनिज भाषा तथा संस्कृतिकमा एन फाइभ लेबलको भाषा पास हुनुपर्ने र महिलाहरुलाई  बढी प्राथमिकता दिएको इन्सटिच्युटले जनाएको छ । छात्रवृत्ति प्राप्त गर्न पोखरा पृथ्वीचोक स्थित निगाता इन्टरनेशनल ल्याङगोइज एण्ड ट्रेनिङ इन्सटिच्युटमा आएर विद्यार्थीहरुले आवेदन दिन सकिने जानकारी दिएको छ । 


 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्