सुन तस्करी प्रकरण : थप दुई जना चिनियाँ नागरिक पक्राउ
काठमाडाैं | साउन २६, २०८०
काठमाण्डौ: झण्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई चिनियाँ नागरिक ली जिएलिन र लुइ फुयान पक्राउ परेका त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाइएको कार्यालयका सूचना अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो । उनीहरुबारे थप विवरण आउन बाँकी छ । यसअघि विमानस्थलबाट छेन्दु भाग्न लागेका एक चिनियाँ, तिब्बती मूलका बेल्जियमका नागरिक र भारतीय नागरिकसहित १८ जना पक्राउ परेका थिए ।
विमानस्थल अध्यागमन कार्यालयले प्रहरीबाट अपराधमा संलग्न केही व्यक्तिको नाम कालोसूचीमा राख्न अनुरोध भइ आएको र त्यसमध्येका दुई चिनियाँ कालोसूचीमा रहेको खुलेपछि पक्राउ गरिएको जनाएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ ।
राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ’ब्रेक शु’ मा हालेर ल्याइएको झण्डै एक सय किलो सुन बरामद गरेको थियो । सुन बरामद पछि राजस्व अनुसन्धान विभागले नै अनुसन्धान गरिरहेकोमा गएको २२ गतेदेखि सीआईबीले अनुसन्धान गरिरहेको छ ।
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...
पोखरा: पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रत...
पोखरा: कमल थापाले पोखरामा जारी २२ औं माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा दोहोरो उपाधि जितेका छन् । थापाले ६५ वर्ष माथिको एकलतर्फ पोखराका पदम गुरुङलाई ४&...

