बाग्लुङमा पहिरो जाँदा कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध

बाग्लुङ | साउन २६, २०८०

बाग्लुङमा पहिरो जाँदा कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध फाइल तस्बिर

बाग्लुङ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजो बेलुका साढे ५ बजे माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।

 

सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्‍याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । 

 

सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। करिडोर अवरुद्ध भएपछि  बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डौ जाने गाडी सडकमै अलपत्र परेका छन् । 

 

म्याग्दी:  म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति सुरु भएको छ ।  गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र द...

थप पढ्नुहोस्

पोखरा:  गण्डकी प्रदेशसभाको बैठक आज बस्दैछ । जेन–जी आन्दोलनका क्रममा प्रदेश सभा भवन जलेपछि स्थगित भएको प्रदेश सभा बैठक दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको हलमा बस्ने सभामुख कृष्ण धि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताउनुभएको छ ।  उहाँले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  ...

थप पढ्नुहोस्