बाग्लुङमा पहिरो जाँदा कालीगण्डकी करिडोर झण्डै १७ घण्टादेखि अवरुद्ध
बाग्लुङ | साउन २६, २०८०
फाइल तस्बिर
बाग्लुङ: राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर १७ घण्टादेखि अवरुद्ध भएको छ । करिडोरको बाग्लुङ खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा बिहीवार हिजो बेलुका साढे ५ बजे माथिबाट झरेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।
सडक खुलाउने प्रयास भइरहे पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । लेदोसहितको पहिरोले सडकमा ठूलो क्षति पुर्याएको हुँदा सफाइ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो ।
सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ। करिडोर अवरुद्ध भएपछि बाग्लुङको कुश्मिसेरा, बलेवा, बरेङ लगायतका ठाउँबाट बाग्लुङ, पोखरा, काठमाण्डौ जाने गाडी सडकमै अलपत्र परेका छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

