गण्डकीमा अझै भेटिएनन् गतवर्ष हराएका ५ सय ३१ जना
११ जिल्लाबाट २ हजार ८३ जना हराएका थिए
पाेखरा | साउन २८, २०८०
पोखरा: गण्डकी प्रदेश प्रहरीको गत वर्षको तथ्याङ्क अनुसार गण्डकी प्रदेशमा ५ सय ३१ जना मानिस बेपत्ता भएका छन् ।
गण्डकी प्रदेशको हिमाल पारीको जिल्ला मनाङ र मुस्ताङबाट हराएका पुरुष, महिला, बालक र बालिका सबै भेटिएका छन् । बाँकी अन्य जिल्लाबाट हराएका केही मानिस भने अझै भेटिन नसकेको प्रदेश प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेशको गत आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ हजार ८३ जना मानिस हराउँदा १ हजार ५ सय ५२ जना मात्र भेटिएका छन् ।
प्रदेश प्रहरीका अनुसार गण्डकीबाट ५ सय ७३ जना पुरुष हराएको निवेदन पर्दा ३ सय ४३ जना मात्र भेटिएका छन् भने २ सय ३० जना अझै हराइरहेका छन् ।
यस्तै गण्डकीबाट ९ सय ५२ जना महिला हराएको निवेदन अनुसार ७ सय १६ जना भेटिएका छन् भने २ सय ३६ जना अझै हराएको सूचीमा छन् ।
एक प्रहरी अधिकृतका अनुसार हराएको सूचना वा निवदेन दिँदा परिवारले दिएको हुलियाको आधारमा खोजी भइरहेको जनाए ।
यस्तै गण्डकी प्रदेशबाट १ सय ५१ जना बालक हराएको निवेदन दर्ता हुँदा १ सय २९ जना भेटिएका छन् भने, २२ जना बालक अझै हराइरहेको सूचीमा छन् ।
गण्डकीमा सबैभन्दा बढी बालक हराउनेको सुचीमा कास्की पहिलो नम्बरमा छ ।
प्रदेश प्रहरीको तथ्याङ्क अनुसार गण्डकीबाट ४ सय ९ जना बालिका हराएका छन् भने ३ सय ६६ जना बालिका भेटिएका छन् र ४३ जना अझै हराइरहेको सूचीमा सुचीकृत छन् ।
कास्की: पोखरामा दलित एकता संजाल नेपाल, कतार र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीले सँयुक्त रुपमा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा महानगरपालिका –१०, रामघाट...
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...

