बाढी-पहिरोले ६ वटा सडक अवरुद्ध , ४२ वटा एकतर्फी सञ्चालनमा
पाेखरा | साउन २९, २०८०
काठमाडौ: काठमाण्डौसँग जोडिएको मुग्लिन(नारायणगढ सडक खण्डमा सामान्य रुपमा गाडी चलिरहेका छन् ।
तर, पहिरोको जोखिम रहेकाले सुरक्षित भएर यात्रा गर्न प्रहरीको अनुरोध छ ।देशका विभिन्न १९७ सडकमध्ये बाढी पहिरोका कारण ६ वटा सडक अवरुद्ध छन् भने ४२ वटा एकतर्फी सञ्चालनमा छन् ।
तमोर करिडोर अन्तर्गतको चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक, तानसेन–रिडी–कोरलाको म्याग्दी खण्ड, डुम्रे–बेशीसहर–चामे सडकको लमजुङ खण्ड, मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको मौवासे खोलामा, बालाजु–त्रिशूली–धुन्चे –स्याफ्रुबेसी सडक र मध्यपहाडी राजमार्ग अन्तर्गत डडेलधुरा रडुवा खण्डमा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

