हुर्जामा संस्थापक अध्यक्षको स्मरण

काठमाडाैं | साउन ३१, २०८०

हुर्जामा संस्थापक अध्यक्षको स्मरण

मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।


साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो ।

 

समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे ।


समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेहरूको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको धारणा राखे । समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् ।


यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु परेको पीडाबोध भएको धारणा व्यक्त गरे । संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको  ज्ञवालीको सञ्चारकर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।


हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र मानवअधिकार आवाजको आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पणलगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने बताए ।
कार्यक्रममा अनु बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् । 
 

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्

मनाङ:  मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ ।  यस वर्...

थप पढ्नुहोस्