हुर्जामा संस्थापक अध्यक्षको स्मरण
काठमाडाैं | साउन ३१, २०८०
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी समितिले संस्थाका संस्थापक अध्यक्ष कृष्ण अञ्जान ज्ञवालीको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।
साउन १९ गते दिवंगत भएका संस्थापक अध्यक्षको १३ औं दिनको पुण्यतिथि पारेर संघले पोखरामा आफ्नै सचिवालयमा श्रद्धाञ्जली सभा गरी स्मरण गरेको हो ।
समाजसेवी विश्वमोहन गौचनले साहित्य र पत्रकारिता भनेपछि हुरुक्कै हुने ज्ञवालीको निधनले दुवै क्षेत्रलाई क्षति पु¥याएको बताए । उनले लुम्ले कविता गाउँमा आयोजित कार्यक्रमबाट आफूँले ज्ञवालीको बहुआयामिक व्यक्तित्वलाई चिन्न पाएकोसमेत स्मरण गरे ।
समीक्षक मदन भण्डारीले राज्यमा बाचेर केही गर्नुपर्नेहरूको असमयमा भएको निधनले आफूलाई मर्माहत तुल्याएको धारणा राखे । समाजसेवी सुमित्रा जिसीले गाउँ समाजमा आँखामा राख्दा पनि नबिझाउने व्यक्तित्वका रूपमा ज्ञवालीको स्मरण गरिन् ।
यसकुमारी जिसी स्मृति कोषका संस्थापक सविन जिसीले ज्ञवालीको निधनले आफूले असल अभिभावक गुमाउनु परेको पीडाबोध भएको धारणा व्यक्त गरे । संघका महासचिव सुशील श्रेष्ठले बैंकको जागिर छोडेर पत्रकारितामा समर्पित गरेको ज्ञवालीको सञ्चारकर्मको राज्यबाट उचित सम्मान हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।
हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले संस्थाको मुखपत्र मानवअधिकार आवाजको आगामी अंक संस्थापक अध्यक्षको स्मरणमा समर्पणलगायतका गतिविधि गरेर उनको योगदानलाई चिरस्मरणीय बनाउने बताए ।
कार्यक्रममा अनु बरालले कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेकी थिइन् ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

