बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

काठमाडाैं | भदौ ३, २०८०

बलात्कार आरोपमा युवा संघ बेलबारीका अध्यक्ष पक्राउ

जबरजस्ती करणीको आरोपमा नेकपा एमाले निकट युवा संघ बेलबारी नगर कमिटीका अध्यक्ष काशीराज तामाङ पक्राउ परेका छन्।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालका अनुसार बेलबारी नगरपालिका- ८ का २८ वर्षीय तामाङ साउन ३२ गते पक्राउ परेका हुन्।

 

उनीविरूद्ध साउन २४ गते एक महिलाले  जबरजस्तीकरणीको जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि साउन ३२ गते तामाङ आफैं इलाका प्रहरी कार्यालय बेलबारीमा उपस्थित भएका डिएसपी दाहाले बताए।

 

अहिले उनीविरूद्ध जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप भई घटनाको अनुसन्धान भइरहेको डिएसपी दाहालले जानकारी दिए। बेलबारी- ८ का वडाध्यक्ष धनपति गौतमका अनुसार तामाङ केहीवर्ष अघिमात्रै विदेशबाट फर्किएर युवासंघमा आवद्ध भएका थिए। उनी क्रसर उद्योगी पनि हुन्।

 

घटनाबारे इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान गरिरहेको छ।

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्