पोखरामा लागुऔषधसहित ५ जना पक्राउ, ४ वर्षपछि भेटियो अफिम

पाेखरा | भदौ ३, २०८०

पोखरामा लागुऔषधसहित ५ जना पक्राउ, ४ वर्षपछि भेटियो अफिम

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागुऔषधसहित ५जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका २ का ४१ वर्षीय दिपेश पुन, पुथाउत्तरगंगा गाउँपालिका–१ का ४० वर्षीय विराज पुन र बागलुङको निसीखोला गाउँपालिका–५ का ४६ वर्षीय तेजेन्द्रबहादुर पुन रहेका छन् ।
 

दिपेशले ५ किलो ७०० ग्राम अफिम लिएर पूर्वी रुकुमबाट पोखरा आएका थिए ।

 

कास्की प्रहरीका प्रवक्ता एवम् डिएसपी श्रवण कुमार बिकका अनुसार गोप्य सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कास्कीको संयुक्ती टोलीले गएराति १० बजे दिपेशलाई पोखरा २५ हेम्जाबाट पक्राउ गरेको हो । भने विराज र तेजेन्द्रलाई लेकसाइडबाट पक्राउ गरिएको थियो ।

 

 

पूर्वी रुकुमबाट पोखरा आउने क्रममा दिपेशले बागलुङ–पर्वत–कास्की रुट प्रयोग गरेका थिए ।

 

यस्तै ठुलो  मात्राको लागुऔषधसहित पक्राउ परेका दुई जनालाई पनि कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

 

कास्कीको माछापुच्छ्रे गाउँपालिका ३ घाचोकका ३२ वर्षीय अमृत ज्यू ठकुरी र पोखरा महानगरपालिका २९ भण्डारढिकका ३४ वर्षीय आशिक पौडेललाई आज (आइतबार) सार्वजनिक गरेको हो  ।
 

डिएसपी बिकका अनुसार उनीहरुको साथबाट बुप्रिनर्फिन ३८७ एम्पुल, फेनेरागन ३८५ एम्पुल, डाइजापाम ३८३ एम्पुल र नाइट्रोभ्याट लेखेको ट्याब्लेट २०५ चक्की, मोबाइल सेट २ थान, ग २ च १७६७ नम्बरको टाटा टेल्कोलाईन गाडी बरामद गरेकोे छ ।
 

लागुऔषधसहित पक्राउ परेका पाँचै जनालाई लागुऔषध कसुर मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

 

 


 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्